• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
मङ्गलबार, भदौ २३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग

नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ५. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. बाढी प्रभावितलाई सोनु सूदको सान्त्वना: नेपाल, तिमी एक्लो छैनौँ

  • १०. ठूला होटल, रेस्टुरेन्ट तथा उद्योगहरूलाई ग्यास दिन सरकारले लगायो रोक

सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन


  •   मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जनतालाई सुशासनको अनुभूति गराउन सकिएन भने संसदमा दुई तिहाइ बहुमत हुनुले कुनै अर्थ नराख्ने बताएकी छन् । उनले जेन–जी आन्दोलन एक वर्ष पूरा गरेको सन्दर्भमा यस्तो प्रतिक्रिया दिएकी हुन् ।

    Advertisement

    उनले एक वर्षअघि भएको जेन–जी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई सुशासनका लागि स्पष्ट सन्देश दिएको बताइन् ।

    यस्तो छ उनले सामाजिक सञ्जालमा राखेका धारणा–
    आज भदौ २३ । एक वर्षअघि आजकै दिन देशको इतिहासमा एउटा पीडादायी घटना भएको थियो । नवयुवाहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक र डिजिटल सञ्जालबाट आवाज उठाउँदा त्यो आवाज दबाउने नाममा निर्दोष नवयुवाहरूको ज्यान लिइएको थियो । कयौँ युवाहरूले जीवनभर अपांगताको पीडा बेहोर्नुपर्ने गरी घाइते हुनुपर्‍यो ।

    उक्त घटनामा सहिद भएका सम्पूर्ण योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

    त्यस क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भयो । हाम्रा कयौँ राष्ट्रिय सम्पदा र धरोहर गुमे । राष्ट्रको जीवनमा लागेको यो घाउ सायदै कहिल्यै पुरिनेछ । अब त्यस्तो दिन कदापि दोहोरिनुहुँदैन । सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन आ-आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौँ ।

    जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको छ- सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन । राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ । त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सकोस् भन्ने अपेक्षा गर्दछु ।

    जेनजी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै हामी अहिले भोटेकोसी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेका छौँ । यस दुःखद घडीमा हामी अझ बढी धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुनुपर्छ । एकअर्काको सहारा बन्दै, दुःखमा मल्हम लगाउँदै ऐक्यबद्ध भएर विपद्को सामना गरौँ ।

    धन्यवाद।

    मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन
    मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग
    नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप
    देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा
    आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा
    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    • ५.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न काँग्रेसको माग

    • ३.
      नुवाकोटमा पनि पठाइयो हैजाविरुद्धको खोप

    • ४.
      देशको कल्याण कामनासहित राष्ट्रपतिले गरे पशुपतिमा पूजा

    • ५.
      सुशीला कार्कीको सन्देश : सुशासन नभए दुई तिहाइले पनि स्थिरता दिन सक्दैन

    • ६.
      आज ‘जेन-जी’ सहिद दिवसः सार्वजनिक विदा

    • ७.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • ८.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.