• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

मन्त्री साह र अष्ट्रेलियाली राजदूतबीच भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

ईजीपी पदबाट हटाइएपछि न्याय माग्दै सर्वोच्च पुगे कार्की

विपद् र महँगीले जनता पीडित, सरकारको ध्यान प्रहरी नेतृत्व परिवर्तनमा : आङदेम्बे

वायु प्रदूषण नियन्त्रण र जोखिम न्यूनीकरणमा सतर्कता अपनाउन आग्रह

राष्ट्रिय स्तरको प्रत्यायन केन्द्र स्थापना

अमेरिका–चीन सम्बन्ध सुधार्ने प्रयास, सैन्य हटलाइन प्रभावकारी बनाउने सहमति

लोकप्रिय समाचार

  • १. नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

  • २. भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

  • ३. जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

  • ४. प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

  • ५. भुटानमा बाढीको त्रास, हिमताल विस्फोट भएको हुनसक्ने अनुमान

  • ६. बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने जनकपुरधाम–अयोध्या विशेष रेल सेवा, सञ्चालनको तयारी अन्तिम चरणमा ।

  • ७. जडीबुटी बेचेर कर्णाली प्रदेशले संकलन गर्यो चार करोड भन्दा बढी राजस्व

  • ८. हामी नै स्टेट हौँ र मेरो इच्छा नै कानुन हो भन्ने भ्रम सरकारले नपाले हुन्छ : गगन थापा

  • ९. गाँजा खेती खुला गर्ने कानुनी व्यवस्था बनाउन सर्वोच्चको आदेश

  • १०. पृथ्वी राजमार्ग सोमबार दिउँसो ३ घण्टा बन्द रहने

कांग्रेसलाई समाजमुखी बनाउँदै सबै नेतालाई साथमा लिएर अघि बढ्न तयार छु : सभापति थापा


  •   आइतबार, जेठ ०३, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय शक्ति भएको दलले क्षणिक लाभ–हानिको आधारमा निर्णय गर्न नहुने बताएका छन् । प्रजातान्त्रिक विचार समाजको ३१औँ स्थापना दिवसका अवसरमा ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक छलफल कार्यक्रममा बोल्दै सभापति थापाले नेपाली कांग्रेस निर्वाचनको नतिजाले मात्र राष्ट्रिय शक्ति नहुने स्पष्ट पारे ।

    Advertisement

    उनले नेपाली कांग्रेस चुनाव जित्दा, हार्दा वा चुनावमा सहभागी नभए पनि राष्ट्रिय शक्ति नै रहने उल्लेख गर्दै राष्ट्रिय राजनीतिमा उठ्ने विषयमा प्रतिक्रिया दिनेभन्दा दिशा निर्देशन दिने क्षमता पार्टीले राख्नुपर्ने बताए । उनले भने, ‘नेपाली कांग्रेस पार्टी एउटा राष्ट्रिय शक्ति हो । राष्ट्रिय पार्टी हो की होइन भन्ने कुरा चुनावको नतिजाले मापन हुने कानुनी व्यवस्था छ । तर मेरो लागि नेपाली कांग्रेस पार्टी निर्वाचन जित्दा, हार्दा र नलड्दा पनि राष्ट्रिय शक्ति नै हो । राष्ट्रिय शक्ति भएकोले यसले हेडलाइनमा के निस्क्यो भनेर त्यसलाई पछ्याउँदै हिड्ने होइन । क्षणिक लाभ र हानीको कुराबाट प्रभावित भएर आफ्ना निर्णयहरु पनि गर्ने होइन र सटकटहरु खोज्ने पनि होइन । राष्ट्रिय राजनीतिमा उठेका कुराहरुमा प्रतिक्रिया व्यक्त गर्ने होइन डिरेक्शन दिने हो, त्यो सामथ्र्य राख्नुपर्छ ।’

    थापाले निर्वाचित सरकारसँग शक्ति हुने भए पनि संविधानले त्यसको सीमा निर्धारण गरेको उल्लेख गरे । उनले सरकारलाई कानुन बनाउने अधिकार भए पनि के विषयमा र कुन उद्देश्यका लागि कानुन बनाउने भन्ने कुरा संविधानले परिभाषित गरिसकेको बताए । उनले भने, ‘चुनावबाट जितेर आएको सरकासँग शक्ति हुन्छ तर त्यो शक्तिको पनि सीमा हुन्छ । संविधानले सीमाहरु कोरिदिएको हुन्छ । कानुन बनाउन पाउने उसको अधिकार हुन्छ तर कानुन पनि के मा बनाउने र के का लागि बनाउने भन्ने कुरा पनि परिभाषित भएको हुन्छ ।’

    साथै उनले कांग्रेसलाई समाजमुखी बनाउँदै पार्टीलाई संगठनभित्र मात्र सीमित नराख्ने बताए । उनले पार्टीलाई समाजको सेवामा केन्द्रित गर्न चाहेको बताए । उनले पार्टीभित्रका आन्तरिक विषयहरू पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसमा समेत काम गरिने स्पष्ट पारे । थापाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूको ठूलो समूह अहिले पार्टीको सक्रिय भूमिकाभन्दा बाहिर रहेको भन्दै इच्छुक नेताहरूलाई सम्मानजनक जिम्मेवारीसहित पुनः सक्रिय बनाउनुपर्ने धारणा राखे । थापाले वरिष्ठ नेता बनाउनुपर्ने व्यक्तिलाई वरिष्ठ नेता तथा आवश्यक स्थानमा उपयुक्त जिम्मेवारी दिएर सबैलाई साथमा लिएर अघि बढ्ने आफ्नो प्रस्ताव रहेको बताए ।

    उनले भने, ‘म पार्टीलाई समाजमा लिएर जान चाहन्छु । समाजको सेवामा लिन चाहन्छु । पार्टीलाई पार्टी कार्यालय भित्र वा संगठनभित्र मात्र केन्द्रित गर्न चाहन्न । पार्टीभित्रका आन्तरिक कुराहरु पनि कम महत्वका छन् भन्न खोजेको होइन । ती महत्वका छन्, त्यसमा काम गर्ने छौं । पार्टीको केन्द्रिय समितिको १४ औँ महाधिवेशनबाट निर्वाचित हुनुभएको नेताहरुको थुप्रै ठूलो पंक्ति बाहिर छ । जति नेताहरु हुनुहुन्न उहाँहरु चाहनु हुन्छ भने ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जुन ठाउँमा राख्नुपर्ने हो सँगै लिएर काम गर्न चाहन्छु म, मेरो प्रस्ताव हो ।’

    यसैगरी उक्त कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वैचारिक स्पष्टतामा नेपाली कांग्रेस अन्य दलभन्दा फरक देखिनुपर्ने बताए । पौडेलले नेपाली कांग्रेस शान्तिपूर्ण परिवर्तनको पक्षमा उभिनुपर्ने उल्लेख गर्दै पार्टीमाथि उठ्ने प्रश्नहरूलाई उत्तरविहीन छोड्न नहुने बताए । उनले विचार नै कांग्रेसको मुख्य हतियार भएको भन्दै इतिहासदेखि नै पार्टी वैचारिक रूपमा स्पष्ट रहेको धारणा व्यक्त गरे ।

    उनले भने, ‘वैचारिकताको पक्षमा नेपाली कांग्रेस अरु भन्दा फरक हुनुपर्छ । हामी शान्तिपूर्ण ढंगबाट परिवर्तनको पक्षबादी हुनुपर्छ । अरुले हामीप्रति गर्ने प्रश्नहरुलाई हामीले त्यस्तै छोड्नु हुँदैन । हाम्रो हतियार भन्ने या साधन भन्ने त्यो विचार नै हो । इतिहासमा विचारको पक्षबाट हामी प्रस्ट भएको स्थिती छ । त्यसको निरन्तरता नै हामीले आफूलाई उभ्याँउने एउटा बलियो ठाउँ हो । वैचारिक पक्षबाट कांग्रेसलाई स्पस्ट बनाउने सवालमा प्रजातान्त्रिक विचार समाज हामीलाई महत्वपूर्ण सहयोग पुर्याउँदै आएको छ ।’

    उनले प्रजातान्त्रिक विचार समाजले कांग्रेसलाई वैचारिक रूपमा स्पष्ट र सुदृढ बनाउन महत्वपूर्ण सहयोग गर्दै आएको पनि बताए । उनले नेपाली कांग्रेसलाई वैचारिक रूपमा थप धारिलो बनाउन लोकतान्त्रिक विचार बोकेका सबै पक्षसँग निरन्तर संवाद आवश्यक रहेको उल्लेख गरे । उनले भने, ‘नेपाली कांग्रेस पार्टीलाई वैचारिक रुपमा धारिलो बनाउने सन्दर्भमा हामीहरु सबै लोकतान्त्रिक विचार बोक्ने, नेपाली कांग्रेसको स्थापनादेखि अहिलेसम्म निरन्तर कांग्रेसको अभियानलाई साथ सहयोग गर्नहुने सबैसँग निरन्तर संवाद गरेर अगाडि बढ्नुपर्छ ।’

    आइतबार, जेठ ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार
    समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक
    ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
    मन्त्री साह र अष्ट्रेलियाली राजदूतबीच भेट, द्विपक्षीय सम्बन्धबारे छलफल
    ईजीपी पदबाट हटाइएपछि न्याय माग्दै सर्वोच्च पुगे कार्की
    विपद् र महँगीले जनता पीडित, सरकारको ध्यान प्रहरी नेतृत्व परिवर्तनमा : आङदेम्बे

    Facebook Page

    लोकप्रिय

    • १.
      नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

    • २.
      भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

    • ३.
      जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

    • ४.
      प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

    • ५.
      भुटानमा बाढीको त्रास, हिमताल विस्फोट भएको हुनसक्ने अनुमान

    • ६.
      बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने जनकपुरधाम–अयोध्या विशेष रेल सेवा, सञ्चालनको तयारी अन्तिम चरणमा ।

    भर्खरै

    • १.
      लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

    • २.
      समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

    • ३.
      ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

    • ४.
      मन्त्री साह र अष्ट्रेलियाली राजदूतबीच भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

    • ५.
      ईजीपी पदबाट हटाइएपछि न्याय माग्दै सर्वोच्च पुगे कार्की

    • ६.
      विपद् र महँगीले जनता पीडित, सरकारको ध्यान प्रहरी नेतृत्व परिवर्तनमा : आङदेम्बे

    • ७.
      वायु प्रदूषण नियन्त्रण र जोखिम न्यूनीकरणमा सतर्कता अपनाउन आग्रह

    • ८.
      राष्ट्रिय स्तरको प्रत्यायन केन्द्र स्थापना

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.