काठमाण्डाै । हिजो पानी परे पनि आज भने काठमाण्डौमा घाम लागेको छ । अहिले काठमाण्डौको मौसम आंशिक बदली रहेको मौसमविद्ले बताएका छन् । अन्य क्षेत्रमा पनि अहिले घाम लागिरहेको छ ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले धेरै ठाउँको मौसम आंशिक बदली छ । दिउँसो पछि भने सामान्य बदली भइ काठमाण्डौसहित देशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको अनुमान गरिएको छ ।
स्थानीय वायुसँगै पश्चिमी वायु सक्रिय रहेकाले दिउँसो पछि भने बदली हुने मौसमविद्ले जानकारी दिएका छन् ।