अप्सरा धमला, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का उमेद्वार रवि लामिछानेले तनहुँ १ मा स्वर्णिम वाग्लेको जितपछि अब संसदलाई स्वर्णिम आयाम दिने बताउनु भएको छ ।
सामाजिक सञ्जालमा पोष्ट राख्दै लामिछानेले ‘यात्राको नयाँ तर अब सधैँ सँगै रहने साथी’ भन्दै वाग्लेलाई बधाई दिनु भएको हो । ‘यात्राको नयाँ तर अब सधैं सँगै रहने साथीलाई बधाई । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई संसदमा तपाईंको प्रतिनिधित्वले स्वर्णिम आयाम दिने छ भन्ने कुरामा म विश्वस्त छु। प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकोमा बधाई छ।’ उहाँले लेख्नु भएको छ । कांग्रेसमा रहनु भएका अर्थशास्त्री वाग्लेले रास्वपा प्रवेश गरी तनहुँ १ बाट उपनिर्वाचनमा विजयी हासिल गर्नु भएको हो । उहाँले ३४ हजार ९ सय १९ मत प्राप्त गर्नु भएको छ ।