काठमाडौँ । प्रतिनिधिसभाको उपनिर्वाचन अन्तर्गत बारा–२ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहाले अग्रता लिनु भएको छ । जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले सुरुवाती अग्रता लिए पनि अहिले भने जनमतका कुशवाहा अगाडि आउनु भएको छ । उहाँले ८९५ मत पाउनु भएको छ ।
दोस्रो नम्बरमा झर्नु भएका यादवले ७८७ मत पाउनु भएको छ । नेकपा (एमाले)का उम्मेदवार पुरुषोत्तम पौडेलले ५२३ मत पाउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल चौथो नम्बरमा हुनुहुन्छ । खरेलले २३९ मत पाउनु भएको छ ।