काठमाडौँ । चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । दिउँसो १ बजेबाट मतगणना गर्ने सहमति भए पनि दुई बजेपछि मात्र सुरु भएको हो । आज बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेबाट मत गणना गर्ने सहमति भएको थियो । इच्छाकामना गाउँपालिका १ र ३ वडाबाट मतगणना सुरु भएको छ ।
चितवनको मतगणना भरतपुरस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा भइरहेको छ । चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ प्रतिस्पर्धी उम्मेदवारका रुपमा रहनु भएको छ ।