• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ९. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

ओलीसँगै १४ बर्ष जेल बसेका डा.भारद्वाज भन्छन् : पाँचबर्ष भित्रै अर्को ‘विद्रोह’ नहोस


  •   शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
  • काठमाडौं । झापा बुधवारेका डा.नारद भारद्वाज झापा आन्दोलनका अगुवा हुन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँगै करिब १४ बर्ष जेल जीवन विताएका भारद्धाज ‘झापा विद्रोह’का क्रममा सबैभन्दा कान्छा आन्दोलनकारी थिए । आन्दोलनमा सहभागि भएका कारण १८ वर्षकै उमेरमा उनलाई २०३० सालमा तत्कालिन सरकारले पक्राउ गरेको थियो ।

    Advertisement

    झापा चन्द्रगढीदेखि वीरगन्ज र काठमाडौंका विभिन्न जेलहरुमा १४ बर्ष जेल बस्नेक्रममा उनले स्वअध्ययन गरी उच्च शिक्षा हासिल गरेका हुन् ।
    भारतको नक्सालवादी आन्दोलनबाट प्रभावित भएर ०२८ सालमा सुरु भएको कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी रूपमा पुनर्गठन गर्ने झापा विद्रोहमा भारद्धासँगै राधाकृष्ण मैनाली, केपी ओली, सिपी मैनाली, मोहनचन्द्र अधिकारीलगायत दर्जन बढी नेताहरु सक्रिय सहभागि थिए ।
    त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन र विभिन्न देशको राजदूतको जिम्मेवारी समेत निर्वाह गरिसकेका डा.भारद्धाजले नेपालमा लोकतन्त्रको मूल्य र मान्यता अनुसार काम नभएको दुखेसो गर्छन् ।

    ०४६ सालमा निरंकुश व्यवस्थाविरुद्ध आन्दोलन गरेर प्रजातन्त्र पुनःस्थापित गरेको स्मरण गर्दै उनले लोकतन्त्रको जग अझै बस्न नसकेको बताए ।
    ‘हामीले निरंकुश व्यवस्था कि लोकतन्त्र भन्ने विषयको एउटा महाजनमत संग्रह जितेर लोकतन्त्र स्थापना गर्यौं । निरंकुश राजतन्त्रलाई विस्थापित गर्यौं । शान्तिपूर्ण र समझदारीमा आधारित राजनीतिक व्यवस्थाहरु विकास गरेका छौं । बहुदलीय व्यवस्था भनेको संसदीय राजनीतिमा आधारित हुन्छ । संसदीय राजनीति भनेको आवधिक चुनावबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले सरकार संचालन गर्ने प्रणाली हो तर पछि माओवादी जनयुद्धका क्रममा सशस्त्र बलबाट सत्ता परिवर्तन गर्ने हिंसात्मक राजनीति सुरु भयो तर असफल भयो,’ उनले अगाडि भने,‘अहिले सबै दलहरु शान्तिपूर्ण राजनीतिको बाटोमा आइसकेका छन् तर संसदीय मूल्य र मान्यतामा जनताको अपेक्षा धेरै हुने भएकाले छिटो विकास एवम समृद्धि चाहेका छन् । सो अनुसार काम हुन नसक्नु दुर्भाग्यपूर्ण छ ।’

    गत भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’ जनताको अपेक्षा अनुसार काम गर्न नसक्नु, भ्रष्टाचार र कुशासन हुनु साथै पुस्तान्तरण हुन नसक्नु महत्वपूर्ण कारण भएको उनको बुझाइ छ ।

    ‘हामीले परिकल्पना गरेको लोकतन्त्र वा व्यवस्था भनेको वहुदलीय नै हो । लोकतन्त्रका मूल्य मान्यता अनुसार नै काम गर्ने हो । तर हाल जेनजी विद्रोहबाट आएको सरकारले जनताको अपेक्षा पूरा गरेन भने फेरि पाँच बर्षमा अर्को विद्रोह हुनसक्छ । तर त्यस्तो अवस्था हुन दिनु हुँदैन्,’ डा.भारद्धाजले अगाडि भने,‘हुनत विकास भनेको रातारात हुने होइन । हाल भएको विकासको अवस्था हेर्ने हो भने पनि निराशाजनक छैन् ।’
    लोकतान्त्रिक व्यवस्था भनेको मर्यादित, जन अपेक्षित र नैतिक आधारमा सुव्यवस्थित भएर स्थापित हुने व्यवस्था भएकाले त्यसको सही सदूपयोग नगरे देश दुषचक्रमा फस्ने र त्यसलाई उपयोग गरेर विदेशीहरुले सार्वभौकिता, स्वतन्त्रतामाथि आक्रमण गर्नसक्ने उनले बताए ।

    बालेन्द्र शाह नेतृत्वको सरकारले ट्रेड युनियन र विद्यार्थी युनियनहरु खारेजी गर्ने घोषणा लोकतान्त्रिक संविधान विरोधी भएको उनले औंल्याए ।
    ‘विद्यार्थी संगठनहरु खारेज गर्ने अनि अमेरिकन युथ काउन्सिललाई चाहीं स्वतन्त्रता दिने, अमेरिकन युथ काउन्सिल खोलेर दुई शक्ति राष्ट्रहरुको शक्ति स्थापित गर्ने प्रयास गर्नु हुँदैन । ति काउन्सिलहरुमा नेपाली युवाहरु आवद्धता गराएर उनीहरुलाई संघर्षमा उतार्ने प्रयास हुनसक्ने भएकाले सचेत रहनुपर्छ । त्यसैले मजदुर र विद्यार्थीहरुको अधिकार कटौतीको कुरा जायज होइन्,’ उनले भने । विद्यार्थी संगठन खारेज गरेर संघर्षलाई फराकिलो पार्ने काम वर्तमान सरकारले गर्न नहुने बताए ।

    झापा आन्दोलनमा संलग्नता
    झापा आन्दोलनका क्रममा पक्राउ परेपछि १४ बर्ष जेल बसेर छुटेपछि विश्वविद्यालयको अध्यापनमा सहभागि भएको हुँ । ०३० सालमा साथीहरु राधाकृष्ण मैनाली, सीपी मैनाली, केपी शर्मा ओली, नरेश खरेल, धनेन्द्र वस्नेतलगायत आन्दोलनमा सहभागि थियौं । झलनाथ खनाल पनि झापा आन्दोलनमा पक्राउ पर्नुभएको हो । तर उहाँ चाँडै छुट्नुभयो । सुवास नेम्बाङ चाहीं विद्यार्थी नेताका रुपमा आन्दोलनमा सहभागी हुनु भएको हो ।
    त्यतिबेला पंचायती व्यवस्थाको चरम दमन थियो । जेलमा पनि अगुवा बन्दीहरुलाई अलग्गै राखेर शारीरिक यातना दिने गरिन्थ्यो । मैंले धेरै पटक यातना सहेको छु । आन्दोलनका क्रममा घर छाडेर भूमिगत भएका हौं । पूर्णकालीन पार्टीको कार्यकर्ता भएर सक्रियता जनाएको पनि हुँ । मलाई ०३० साल साउन २० गते झापाको गरामुनी भन्ने स्थानबाट पक्राउ गरेर चन्द्रगढी कारागार लगिएको थियो ।

    पछि वीरगन्ज जेलमा लगेपछि चाहीं जेल व्रिदोह भएको थियो । त्यहाँ धेरै बन्दीहरुलाई कुटेर मारियो । दुई किसिमका बन्दीहरुको भएकाले दुई पक्षबीच झडप हुँदा धेरै मान्छेहरु मरेका थिए । सोही बेला जेल फोरेर भाग्ने काण्ड पनि मच्चियो । त्यहीबेला हामीलाई काठमाडौं ल्याइएको थियो । मलाई सेन्ट्रल जेलमा राखियो तर पछि छुट्ने बेलामा तत्कालीन प्रधानमन्त्री मरिचमान श्रेष्ठसँग वार्ता भयो । सोही बेला केपी ओली, राधाकृष्ण मैनालीसँग प्रधानमन्त्रीले वार्ता गर्नुभयो र छुट्नेक्रम सुरु भएको हो । सबैभन्दा पहिले ओलीजी छुट्नुभयो । त्यसपछि क्रमश सबै छुटे र एकवर्षपछि झापा आन्दोलनका बन्दीहरुलाई आम माफि दिएर छुटाइयो ।

    त्यसपछि ०४५ सालको चैतमा आन्दोलन सुरु भइहाल्यो । त्यसपछि ०४६ सालको आन्दोलनले पंचायती व्यवस्था ढल्यो । बहुदलीय व्यवस्था स्थापित भयो । यस्ता धेरै राजनीतिक आन्दोलनमा व्यक्तिहरु मरेका छन् ।

    राजनीतिक आन्दोलनको विषय राजनीतिक रुपमै टुग्याउनुपर्छ । तर अहिले जेनजी आन्दोलनका क्रममा मारिएका भाइबहिनीहरुको सन्दर्भमा राजनीतिककर्मीहरुलाई तेजबोद् गर्ने, उनीहरुको छविलाई कलंकित गर्ने, विभिन्न ज्यान मुद्दाहरु लगाउने काम भइरहेको छ त्यो गलत हो । त्यो राजनीतिक प्रतिशोध हो र पूर्वाग्रही सोच हो ।

    शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.