• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पालाई सम्मान

  • १०. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

आठपहरिया समुदायले मनाए बैशाखे बिसु पर्व

  •   सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
  • मोरङ । किरात आठपहरिया समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व बैशाखे बिसु यस वर्ष पनि उर्लाबारी–९ इन्द्रेझोडामा परम्पराअनुसार विभिन्न धार्मिक तथा सांस्कृतिक विधिसहित सम्पन्न भएको छ । परम्परा, संस्कार र सामुदायिक एकतालाई जोड्ने यो पर्व बहुदिनसम्म मनाइने विशेषता बोकेको छ । बिसु पर्वको सुरुवात भूमिपूजाबाट गरिन्छ । यसलाई प्रकृतिप्रति आस्था र सम्मानको प्रतिकका रूपमा लिने गरिन्छ । दोस्रो दिन मार्गाथान (पूजास्थल) को सरसफाइ तथा लिपपोत गरिन्छ, जसले पवित्रता र धार्मिक तयारीको संकेत गर्दछ । तेस्रो दिन मार्गाथानमै कुखुरा र सुँगुरको बलि चढाउने चलन रहिआएको छ, जसलाई देवीदेवताप्रति श्रद्धा अर्पण गर्ने विधिका रूपमा लिइन्छ।

    Advertisement

    चौथो दिन ‘भेजो’ अर्थात् राँगा र सुँगुरको सामूहिक भोज आयोजना गरिन्छ, जहाँ गाउँलेहरू एकै ठाउँमा भेला भई परिकार बाँडेर खाने परम्परा छ । पाँचौँ दिन पितृपूजा गरी आफ्ना पुर्खाहरूको सम्झना गरिन्छ भने छैटौँ दिन गाउँका बुढापाका र युवायुवतीहरू मिलेर सामूहिक वनभोज आयोजना गर्ने चलन रहेको छ । यद्यपि पछिल्लो समय जीवनशैलीको परिवर्तनसँगै वनभोजको प्रचलन क्रमशः घट्दै गएको स्थानीयहरू बताउँछन् ।

    यसैबीच, इन्द्रेझोडामा आयोजित बिसु कार्यक्रममा ‘तारा आप्पन’ (तिर–धनुष बाण) प्रतियोगिता मुख्य आकर्षणका रूपमा रहेको थियो । प्रतियोगिताले परम्परागत खेलकुदलाई संरक्षण गर्नुका साथै नयाँ पुस्तामा सांस्कृतिक ज्ञान हस्तान्तरण गर्ने काम गरेको सहभागीहरूले बताएका छन्। कार्यक्रम किरात आठपहरिया नेपाल, मोरङका अध्यक्ष गजेन्द्र आठपहरियाको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथिका रूपमा धुब्र आठपहरिया, केन्द्रीय सदस्य निरुपा आठपहरिया, केन्द्रीय सदस्य तथा उर्लाबारी–९ का जनप्रतिनिधि गणेश किम्दाङ आठपहरिया, तथा भाषा तथा साहित्य विभागका संयोजक बिक्षा आठपहरियाको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन मोहन कुमारी राईले गरिन । प्रतियोगिताका पुरस्कारको सौजन्य गणेश किम्दाङले गरेका थिए ।

    आठपहरिया समुदायले बिसु पर्वपछि भदौरे (न्वागी) र मंसिरे (वाडाङ्मेट) पर्वसमेत विशेष रूपमा मनाउने गर्दछन्। तीमध्ये वाडाङ्मेटलाई सबैभन्दा ठूलो चाडका रूपमा लिइन्छ । यी पर्वहरूले कृषि चक्र, प्रकृतिप्रति श्रद्धा र सामुदायिक जीवनशैलीसँग गहिरो सम्बन्ध राख्छन्। फरक पहिचान, भाषा र संस्कार बोकेको आठपहरिया समुदायले आफूलाई आदिवासी जनजातिमा सूचीकृत गर्न माग गर्दै आए पनि हालसम्म त्यसतर्फ पर्याप्त सुनुवाइ हुन सकेको छैन । समुदायका अगुवाहरूले आफ्नो मौलिक पहिचान संरक्षण र राज्यस्तरबाट मान्यता प्राप्त गर्नुपर्ने आवश्यकता औंल्याउँदै आएका छन्। समग्रमा, बैशाखे बिसु पर्वले केवल धार्मिक आस्था मात्र नभई सामाजिक एकता, सांस्कृतिक संरक्षण र पुस्तान्तरणको सशक्त माध्यमका रूपमा आफूलाई स्थापित गर्दै आएको छ।

    सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.