• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल


  •   आइतबार, चैत २९, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपालमा पछिलो समय मोहीको माग बढ्दै गएको छ । पछिल्लो समय पार्टी एवम भोजहरुमा पनि बजारी सामान जुस (कोक, फेन्टा) भन्दा पनि मोहीको प्रयोग बढी हुन थालेको छ । जसका कारण रैथाने उत्पादन मोहीको माग बढ्दै गएको छ ।

    Advertisement

    यसै सन्दर्भमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा नेपाल डोरी एशोसिएनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले अहिले देशभर करिब एकसय वटा डेरीले ब्रान्डिङ गरी मोही बजारमा ल्याइरहेको बताए ।
    उनले भने, ‘अहिले देशभर करिब १०० वटा डेरीले ब्रान्डिङ गरी मोही बजारमा ल्याइरहेका छन् । लेबलिङ र प्याकेजिङसहित दैनिक २० देखि २५ हजार लिटर मोही बिक्री हुने गरेको छ भने कुल खपत ३०–३५ हजार लिटरसम्म पुगेको छ ।’

    उनले बजारमा मोहीको माग बढ्दै गएको बताए । उनले मोहीको एक लिटरको खुद्रा मूल्य ८० रुपैयाँ र आधा लिटरको ४५ रुपैयाँ रहेको बताए । उनले मोहीमा कुनै पनि केमिकल प्रयोग नगरिकन उत्पादन हुने गरेको बताए । उनले भने, ‘लाइफ बढाउन केमिकल प्रयोग गर्नुपर्ने हुनसक्छ । तर पूरानो स्वाद जोगाउन प्रयास हुने गरेको छ ।’ मोही उत्पादनबाट व्यक्तिगत व्यवसायको लागि मात्र होइन अर्थतन्त्रमा नै थोरै भएपनि टेवा पुग्ने गरेको उनले बताए ।

    उनले भने, ‘सानो प्रयासले एउटा ठूलो परिवर्तन भएको छ । अहिले मोहीका कारण बाह्यबाट आउने वा आयतित पेय पदार्थमा विगतको तुलनामा २५ प्रतिशतले घटेको तथ्यांकमा नै देख्न सक्छौं । यो भनेको देशको लागि ठूलो उपलब्धि हो । यसले एउटा व्यवसायका लागि मात्र होइन त्यसको अर्थतन्त्रमै थोरै भएपनि टेवा पुर्याएको छ ।’ बाइ प्रडक्ट भएकाले बजारमा यसको माग अझैबढ्ने क्रममा रहेको बताए ।
    उनले भने, ‘अहिले १०० वटा डेरीले महीको उत्पादनमा जोड दिएका छन् । बाइ प्रडक्ट भएकाले यो बढ्ने क्रममा छ ।

    सबै डेरीले प्रडक्टहरु बनाउँदा मोही पनि एड गर्ने गरेका छन् । बिशेष गरि काठमाडौँमा हालै नवप्रभा डेरी, प्रभात मोही भनेर आएको छ । अर्को हिमालयन डेरी काभ्रेले दर्शन मोही भनेर लिएर आएको छ । ग्लोबल डेरी बुटवलले पनि काठमाडौंमा बजार बढाएको छ ।’

    नेपालमा मोही खपत बढाउन विगत एक वर्षदेखि चैत २८ गते मोही दिवस मनाउन सुरु गरिएको उनले बताए । यो दिवस मनाउनुको उद्देश्य भनेको प्रचार—प्रसार गर्नु रहेको बताए । हामीले नेपालमा मोही खपत बढाउन विगत एक वर्षदेखि चैतको २८ गते प्रथम मोही दिवस मनाउन सुरु गर्यौं,’ उनले उल्लेख गरे, ‘नेपाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयका राजेन्द्र मिश्र सचिव हुँदा नै मनाउन सुरु गरेका हौं । मोही सेवन गरौं स्वस्थ रहौं भन्ने लक्ष्य हो ।

    मोही स्वस्थ्यका लागि राम्रो हुने भएकाले र बिना केमिबल उत्पादन हुने भएकाले मोही जुनसुकै उमेर समूहकाले सेवन गर्न मिल्ने बताए । तर सरकारले मोही उत्पादनमा खासै सहयोग गरेको छैन् । तर भ्याट हटाउने सन्दर्भमा सरकारले सहजीकरण गरिरहेको उनले जानकारी दिए । उनले मोहीको उत्पादन राम्रो भएकाले बिवाह, भोज, भतेर, पार्टी र घरमा विशिष्ट कुनै कार्यक्रममा अन्य पदार्थको ठाउँमा सँगसँगै मोहीले स्थान पाएकोमा खुसी व्यक्त गरे ।

    आइतबार, चैत २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    बाढीपहिरोले सात जिल्लाका प्रमुख सडक अवरुद्ध
    आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना पुरुष मृत भेटिए

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.