• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, भदौ २४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

गृहमन्त्रीको भाषणमा रास्वपा नेताहरूकै असन्तुष्टि

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ३. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ४. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ५. रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

  • ६. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ७. रास्वपाले राहत वितरणमा छुट्टै संयन्त्र नबनाउने

  • ८. रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो

  • ९. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

  • १०. बाढीपछि केरुङमै रोकिएकामध्ये ११३ जना आज नेपाल फर्किँदै

रोशी कटानको जोखिममा अदिर्लिङ्ग कुशेश्वर महादेव मन्दिर


  •   बिहिबार, चैत २६, २०८२ मा प्रकाशित
  • रामेछाप । रोशी खोलाको कटानको कारण ऐतिहासिक धार्मिक तीर्थस्थल सिन्धुलीको अदिर्लिङ्ग कुशेश्वर महादेव मन्दिर जोखिममा परेको छ ।
    मन्दिरको दुवै तर्फ खोलाले कटान गरेर मन्दिर क्षेत्रलाई टापु बनाएको छ । गएको वर्ष र यस वर्षको वर्षामा रोशीमा आएको बाढीले मन्दिर क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । बाढी मन्दिरमा पसेर मन्दिर क्षेत्र नै डुबाएको थियो । मन्दिर परिसरमा रहेका बटुक तथा शिक्षकहरू २ दिनसम्म मन्दिरमा नै थुनिएका थिए ।

    Advertisement

    बाढीले मन्दिरको वारिपट्टि रहेका घर टहराहरू बगाएर बगर बनाएको छ । घरहरू भएको ठाउँमा अहिले रोशीखोलो बगेको छ । खोलाले कटान गरेको क्षेत्रमा तटबन्धको काम नहुँदा कुनै पनि बेला मन्दिर बगाउने जोखिम बढेको छ ।

    कुशेश्वर महादेवलाई धार्मिक एवं सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । कुशेश्वर महादेवका बारे हिमवतखण्डमा विस्तृत व्याख्या गरिएको पाइन्छ । हिमवतखण्डमा सो क्षेत्रको वर्णन गरिएको आधारमा पनि कुशेश्वर महादेव क्षेत्रलाई ऐतिहासिक महान् तीर्थस्थल धार्मिक आस्थाको केन्द्र र सांस्कृतिक धरोहरको रूपमा लिन सकिन्छ ।

    भोटेकोशी, इन्द्रावती, सुनकोशी, चौँरीखोलालगायत असंख्य हिमाली पहाडी खोला छाँगा-छहरा समेटेर पूर्व बगेकी पवित्र सुवर्णकौशिकी अर्थात् सुनकोसीमा मिसिन पुगेकी रोशीखोला, लीलावती, रोहमतीको दोभानमा पवित्र कुशेश्वर मन्दिर रहेको छ । काठमाडौँबाट ८३ किलोमिटरको दूरीमा रहेको दुम्जा फाँट रामेछाप काभ्रे र सिन्धुली जिल्लाको सङ्गमस्थल पनि हो । सोही फाँटमा कुशेश्वर महादेव मन्दिर रहेको छ ।

    यो स्थानमा आदिर्लिङ्ग कुशेश्वर महादेवको साथै दुर्गाघाट तथा विश्वामित्र ऋषिले तपस्या गरेको विश्वामित्र गुफा समेत रहेको छ । कुशेश्वर महादेव मन्दिर सिन्धुली पट्टी छ भने विश्वामित्र गुफा रामेछाप पट्टी रहेको छ ।

    हिमवतखण्डमा वर्णित ६४ लिङ्गहरूमध्ये सबैभन्दा पहिला दर्शन गर्नुपर्ने आदिर्लिङ्ग कुशेश्वर भएको बताइन्छ । हिमवतखण्डका अनुसार ब्रह्माजीले विश्वसृष्टिको लागि तपस्या गर्दा उत्पन्न भएको लिङ्ग भएकाले यसलाई आदिर्लिङ्ग भनिएको हो ।

    शुम्भ—निशुम्भ नाम गरेका दैत्यले पनि यस क्षेत्रमा धेरैकाल तपस्या गरेर शिवजीको वरदान पाई त्रिलोक विजय गरेको कुरा हिमवत खण्डमा उल्लेख छ । शुम्भ निशुम्भद्वारा पराजित भएका देवताहरूले ब्रह्माजीसमेत भएर कुशेश्वर आदिर्लिङ्गको समीपमा आई देवीको आराधना गर्दा अष्टादश भुजा जलदेवी प्रकट भई देवताहरूको दुःख हरण गर्ने आश्वासन दिइएको र राक्षसहरूको वध गरी देवताहरूको उद्धार गरेर रामेछापको खाँडादेवीमा खड्ग गाडी दोलखाको कालिञ्चोकमा अन्तध्र्यान भएको धार्मिक मान्यता रहेको छ । त्यसैले दुर्गा तीर्थको रूपमा पनि कुशेश्वर क्षेत्रलाई महत्त्वपूर्ण मानिन्छ ।

    नेपाल संवत् ८९१ मा भक्तपुरका राजा जगज्जय मल्लले कुशेश्वरनाथको भक्तिभावले राज्य सिंहासन पाएको कथन छ ।

    राजा भएपछि जगज्जय मल्लले कुशेश्वर महादेव मन्दिरमा पूजा चलाउन दण्डी बाबामार्फत झाँगाझोली खहरेको ५६० मुरी खेत सिमले बुँ र फलफूल बारीको व्यवस्था गरिदिएको इतिहासमा उल्लेख छ ।

    राजा जगज्जयले झाँगाझोली सन्यासी गाउँको बारी र पाखोसमेत गुठी राखी ताम्रपत्रसमेत गरी सो ताम्रपत्र बमोजिमको गुठी कमाई नीत्यपूजा चलाउन गिरी खानदानका बाजे बलभद्र गिरीलाई जिम्मा लगाई दिएका थिए ।
    विक्रम संवत् १८६२ मा ५ सय मुरी खेत रेकर्ड भयो । विसं १९१३ मा २ सय २० मुरी खेत सुनकोसीले बगायो । भूमिसुधारको समयमा फलफूल बारी बलभद्र गिरीका सन्तानले आफ्नो नाममा दर्ता गरे ।

    अहिले झाँगाझोली गुठी खेत १ सय ४० मुरी बाँकी रहेकोमा हाल नदी कटानबाट क्षति भएर र बारी रहेको २ सय २० मुरी माटो भएको खेतमा खेती भइरहेको छ । तर खेत कमाउने मोहीहरूले मन्दिरलाई तिर्नु पर्ने कुत तिरेका छैनन् ।

    कुशेश्वर महादेवको नाममा झाँगाझोलीमा ११ रोपनी ६ आना बारी पिठौलीडाँडा आबाद रहेको छ भने करिब २० रोपनी खेत रहेको छ ।
    भक्तपुरका मल्ल राजाले ढुङ्गाको खम्बामाथि ढुङ्गाकै बसाहा राखी कुशेश्वर महादेवस्थानमा अर्पण गरेका थिए । उनले चाँदीका मुकुट र गहना चढाएका थिए । यो इतिहास शिलालेख शिलापत्रमा देखिन्छ ।

    तीनै राजाले मन्दिरको वरिपरि गिर्जा क्याम्पा र सानो धर्मशाला पनि बनाएका थिए । अहिले सो धर्मशालालाई पुरातत्त्व विभाग मार्फत जीर्णोद्धार गरी बटुकको पढाई सञ्चालन हुँदै आएको छ ।

    विसं १८३६ मा शाहवंशीय श्री ५ राजेन्द्र लक्ष्मी देवी शाहले कुशेश्वर नाथमा दुमजेश्वरी अङ्कित चाँदीको बेलपत्र र धुतुरा पुण्यको माला पनि चढाएको शिलालेखमा उल्लेख छ । श्री ५ पृथ्वीवीरविक्रमकी बुबुधाई दुम्जाकी बिर्तावाला जनककुमारीले विसं १९४५ मा रुद्राक्षको माला जडिएको चाँदीको ठुलो चँदुवा र तामाको जलहरी चढाई एउटा धर्मशाला बनाइन् ।

    त्यसैगरी विसं १९९६ मा श्री १०८ परमहंस बाबा गोपाल दास तीर्थाटन गर्दै कुशेश्वर महादेवस्थान दुम्जा पुगे । उनले बेवारिसे अवस्थामा रहेको झाँगाझोलीको गुठी सुधार गरी दुम्जामा नै ६० मुरी खेत गुठीको व्यवस्था गरेका थिए ।

    उनले नै शिवलिङ्ग मुनि ढुङ्गाका खापैखाप लागेको जलहरी भएको कुरा मन्दिरको जीर्णोद्धारको समयमा पत्ता लगाए । उनले भिक्षाटन गरेर एउटा यज्ञशाला शिव, सरस्वती मन्दिर र बटुक भैरवको तीन पाखे पर्खाल बनाइदिए । त्यसपछि रुद्र महायज्ञ गराई आफ्ना चेला नारायण दाशलाई मठ जिम्मा लगाई विसं २०१८ मा समाधिस्थ भएको इतिहास छ ।

    आजभन्दा लगभग चार सय वर्षअघि दुम्जामा बसोबास गर्ने दगु डङ्गोल परिवारको कुल देवता कुशेश्वर महादेव भएकोले पनि दुम्जा बसोबासको हिसाबले पुरानो बस्ती हो भन्ने थाहा लाग्छ । अहिले पनि भक्तपुरका नेवारहरूले कुशेश्वरलाई आफ्नो इष्ट देवता मान्ने गर्दछन्

    बिहिबार, चैत २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
    चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ३.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ४.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ५.
      रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

    • ६.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    भर्खरै

    • १.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • २.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ३.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ४.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ७.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    • ८.
      प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.