• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

कैलालीको चौकीडाँडा–फल्टूडे सडक अलपत्र, ठेकदारले सहमति पालना नगरेको आरोप


  •   सोमबार, चैत २३, २०८२ मा प्रकाशित
  • धनगढी । कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिका जोड्न चौकीडाँडा–फल्टूडे सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय आक्रोसित बनेका छन् ।
    २०८१ चैतमा निर्माण सम्पन्न हुनुपर्ने सडक एक बर्षसम्म पनि कालोपत्रे नभएपछि स्थानीय आक्रोसित बनेका हुन् । यस अघि २०८२ भदौ २३ गते मा स्थानीले सडक अवरुद्ध गरेका थिए ।

    Advertisement

    जिल्ला प्रशासन कार्यालय कैलालीका तत्कालिन प्रमुख जिल्ला अधिकारी, निर्माण व्यवसायी र स्थानीयको छलफलपछि ठेकेदारले फागुन मसान्तसम्म सडक कालोपत्रे गर्ने लिखित सहमति गरेका थिए । तर तोकेको समयमा काम सम्पन्न नभएपछि स्थानीयले फेरी सडक अबरुद्ध गर्न थालेका छन् । ‘स्थानीय र जनप्रतिनिधिको आन्दोलन बिच भदौ २३ गते ठेकेदार सँग काम गर्ने समयसीमा तोकेर तमसुक नै बनाइएको थियो,’ कैलालीको गोदावरी नगरपालिका–१० का प्रेम महराले भने, ‘तर ठेकेदारले लिखित सम्झौताको वेवास्ता गरेको छ, सडक अहिले पनि अलपत्र छ, त्यसैले हामीले शनिबार एक दिन सडक अबरुद्ध गरेर छौं, काम सुरु नभए केही दिनमै अनिश्चितकालका लागि सडक अबरुद्ध गर्न हामी बाध्य हुने छौं ।’

    सुदूरपश्चिम प्रदेश पूर्वाधार विकास कार्यालय कैलालीमा पूर्वाधार विकास कार्यालय पहिलो पक्ष र ठेकेदार कम्पनी दोस्रो पक्ष रहने गरी गोदावरी नगरपालिकाका नगरप्रमुख, वडाध्यक्षको रोहबरमा समयसीमा तोकेर तमसुक गरिएको उनले बताए ।
    लिखित सहमति अनुसार चौकीडाँडा फल्टुडे सडक अन्तरगतको अढाई किलोमिटर सडक निर्माणको ठेक्का पाएको सनलाइट थेगिम एडभेन्चर जेभीले फागुन ३० गतेभित्र सडक कालोपत्रे गर्ने सम्झौता गरेको थियो । आर्थिक वर्ष २०७६÷०७७ देखि निर्माणको काम सुरु गरिरहेको उक्त कम्पनीले असोज ३० सम्म सब बेसको काम गर्ने, कार्तिक ३० सम्म बेसको काम गर्ने, मंसिर १५ सम्म पहिलो लेयरको कालोपत्रे गर्ने, फागुन ३० सम्म दोस्रो लेयरको कालोपत्रे गरेर चैत ३० सम्म अन्य काम सकेर हस्तान्तरण गर्ने सम्झौता भएको थियो । तर, हाल उक्त कम्पनीले पहिलो लेयरको कालोपत्रेको आधा काम पनि गरेको छैन भने बाँकी सडक अझै धुलाम्मे अवस्थामै रहेको छ ।

    आर्थिक वर्ष २०७९÷०८० देखि उक्त सडक निर्माणको काम सुरु गरेको तेडी निर्माण सेवाले पनि ३ किलोमिटर सडक कालोपत्रे गरेर पुस ३० मा हस्तान्तरण गर्ने तमसुक गरेको थियो । भदौ २३ मा भएको तमसुक अनुसार असोज ३० सम्म सब बेसको काम गर्ने, कार्तिक ३० सम्म बेसको काम गर्ने, मंसिर १५ सम्म पहिलो लेयरको कालोपत्रे गर्ने, मंसिर ३० सम्म दोस्रो लेयरको कालोपत्रे गर्ने र पुस ३० मा हस्तान्तरण गर्ने सम्झौता भएको थियो । उक्त कम्पनीले भने हालसम्म कालोपत्रेको काम सुरु समेत गरेको छैन ।

    सडक निर्माणमा चरम ढिलासुस्तीपछि सो सडक क्षेत्रमा पर्ने वडा नम्बर ३, १०, ११ र १२ का वडाध्यक्षहरूले भदौ १९ गते देखि सडकबाटै सेवा दिँदै चरणबद्ध आन्दोलनका कार्यक्रम गरेपछि पूर्वाधार विकास कार्यालय, ठेकेदार बिच तमसुक भएको थियो । तर, तमसुक अनुसार काम नहुँदा पनि जनप्रतिनिधिले पनि वास्ता नगरेको स्थानीयको भनाइ छ ।
    चौकिडाँडा फल्टुडे सडक अन्तरगत दुवै ठेकेदारले करिब साढे ५ किलोमिटर सडक अलपत्र पार्दा स्थानीयले भने सास्ती खेपिरहेका छन् । लामो समय देखि सडक अलपत्र छोडिदा बर्खामा हिलाम्मे र सुख्खा मौसममा सडक धुलाम्मे हुने गरेको छ ।

    सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरेपछि आजित स्थानीयले शनिवार (चैत २१) सडक बन्द गरिदिएका छन् । स्थानीयले सडक धुलाम्मे भएर समस्या भएको भन्दै उक्त सडकमा सवारी साधनमा रोक लगाएका हुन ।

    स्थानीय कृष्ण जोशीले सडक चाँडो निर्माण होस भनेर दाबाव दिन सडक बन्द गरिएको बताए । उनले एक महिना अघिपनि दबाब दिँदा सडक निर्माणको काम सुरु गरिएको भए पनि पुनः ५÷७ दिनमै ठेकेदार गायब भएको बताए । धुलाम्य सडकका कारण स्थानीयले सास्ती खेप्नु परेको उनको गुनासो छ ।

    सोमबार, चैत २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
    यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    बागमती सरकारबाट एमालेको समर्थन फिर्ता ६ मन्त्रीले दिए राजीनामा,
    पूर्व महानिर्देशक अधिकारीविरुद्ध १ करोड ७१ लाखको भ्रष्टाचार मुद्दा

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.