• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, माघ ०९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह,आगामी चुनाबमा रास्वपाको पनि साथ रहने

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

एमालेलाई प्रचण्डको आह्वान- कुनै भ्रममा नपरी एकता गरौ

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी सर्वोच्चमा

कांग्रेस सभापतिको कुर्सीमा गगन थापा

देशभर ४९ जना उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

रुपन्देही ३ : रास्वपालाई बागीको डर, मुख्य प्रतिस्पर्धामा तीन उम्मेदवार

बाँके मालपोतका हाकिमसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सानेपा बैठकले गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने

लोकप्रिय समाचार

  • १. प्रधानमंत्रीले निर्वाचनबारे छलफल गर्न मन्त्रीहरूसहितको बैठक बसाल्दै

  • २. रौतहट–४ निर्वाचन रोचक बन्ने अनुमान, ऋषि धमला पनि बने उम्मेदवार

  • ३. जेन्जी आन्दोलनको घटना छानबिन उच्चस्तरीय जाँचबुझ आयोगको आज म्याद सकिँदै

  • ४. घण्टीघरमा बालेनको पहिलो पाइला

  • ५. महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं

  • ६. यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

  • ७. महासचिव शंकर पोखरेलले गरे दाङ–२ बाट उम्मेद्वारी मनोनयन दर्ता

  • ८. एमाले बाजुराको पार्टी कार्यालयमा ताला, युवापुस्तालाई अवसर नदिएको आक्रोश

  • ९. इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको आग्रह

  • १०. इलाममा बालेनको घरदैलो

श्रीलंकामा बाढीपहिरोबाट १३२ जनाको मृत्यु, आपतकाल घोषणा


  •   आइतबार, मङि्सर १४, २०८२ मा प्रकाशित
  • श्रीलंकामा ‘दितवा’ नामको तूफानका कारण भिषण वर्षासँगै आएको बाढीपहिरोबाट कम्तिमा १३२ जनाको मृत्यु भएको छ । १७६ जना बेपत्ता छन् । यो प्राकृतिक विपत्तीपछि राष्ट्रपति अनुरा कुमारा दिशानायकेले आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् । श्रीलंका सरकारले विदेशमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश पैसा पठाउन आह्वान गरेको छ ।

    Advertisement

    श्रीलंकामा पछिल्ला आठ वर्षमा आएको सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो । यसअघि २०१७ मा आएको बाढी–पहिरोमा परी २०० जनाको मृत्यु भएको थियो भने लाखौं मानिस बेघर भएका थिए ।

    श्रीलंका विपद् व्यवस्थापन विभागका अनुसार पछिल्लो प्राकृत्तिक विपत्तिमा १५ हजारभन्दा बढी घर नष्ट भएका छन् भने ७८ हजार मानिसलाई सरकारी अस्थायी शिविरहरूमा राखिएको छ ।

    श्रीलंका विपद् व्यवस्थापन विभागका महानिर्देशक सम्पत कुतोवेगोदाले भनेका छन्, ‘हाम्रोमा १३२ जनाको मृत्युको पुष्टि भएको छ भने १७६ जना बेपत्ता छन् । राहत तथा उद्धारका काममा सेना, वायुसेना र नौसेनाको सहारा लिइएको छ ।’

    मध्य श्रीलंकामा पर्ने बादुल्ला जिल्ला सडक सम्पर्क विच्छेद भएको छ, जसका कारण धेरै ग्रामीण बस्तीसम्म राहत सामग्री पुर्‍याउन समस्या भइरहेको छ ।

    सबैभन्दा प्रभावित मध्येको एक मास्पान्ना गाउँका बासिन्दा समन कुमाराले एक स्थानीय मिडियासँग भनेका छन्, ‘हामी गाउँ छोड्न सक्दैनौं र कोही यहाँ आउन पनि सक्दैन, किनकि पहिरोले सडकहरू भत्किएका छन् । यहाँ खाना छैन र पिउने पानीको पनि समस्या छ ।’श्रीलंकाका प्रधानमन्त्री हारिनी अमारासूर्या कोलम्बोमा रहेका विभिन्न देशका राजदूतहरुसँग भेट्दै उनीहरूलाई देशको गम्भिर अवस्थाबारे जानकारी गराइरहेका छन् र सहयोग गर्न आग्रह गरिरहेका छन् ।

    सबै कुरा अस्तव्यस्त

    अधिकारीहरूका अनुसार श्रीलंकाको एक तिहाइ भूभागमा न त बत्ती छ, न त पानीको धारा चलिरहेको छ, किनकि विद्युत् लाइनहरू ध्वस्त भएका छन् । पानी शुद्धीकरण केन्द्रहरू समेत बाढी र डुबानबाट प्रभावित भएका छन् । धेरै क्षेत्रमा इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ ।यसबीच, राजधानी कोलम्बोबाट करिब ११५ किलोमिटर पूर्व क्यान्डीमा पनि पहिरोले सडकहरू भत्किएको खबर छ, जसका कारण धेरै ठाउँसम्म पुग्न सम्भव छैन ।

    सबैभन्दा पहिले भारतले पठायो सहयोग

    श्रीलंकामा परेको विपत्तीमा भारतले सबैभन्दा पहिलो सहयोग सामग्री पठाएको छ ।दुईवटा विमान राहत सामग्री लिएर त्यहाँ पुगेका छन् भने पहिले नै कोलम्बोमा रहेको एउटा भारतीय जहाजले आफ्ना खाद्यान्न प्रभावित क्षेत्रमा उपलब्ध गराएको छ ।
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै थप सहयोग गर्ने आश्वासन दिएका छन् ।यसबीच दितवा तूफान शनिबार श्रीलंका पार गर्दै भारततर्फ अघि बढिरहेको छ । त्यसलाई ध्यानमा राख्दै चेन्नई विमानस्थलमा ५४ उडानहरू रद्द गरिएको छ । भारत मौसम विभागले आगामी ४८ घण्टामा भीषण वर्षा र तूफानको चेतावनी दिएको छ ।

    आइतबार, मङि्सर १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशभर ४९ जना उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
    भारतले निर्वाचनको लागि नेपाललाई दियो ६१ वटा गाडी !
    फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने
    भक्तपुरमा छोराले गरे आमाको धारिलो हतियारले हानेर हत्या !
    देशलाई लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ : बालेन
    नेपाली कांग्रेसका पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था

    Facebook Page

    लोकप्रिय

    • १.
      प्रधानमंत्रीले निर्वाचनबारे छलफल गर्न मन्त्रीहरूसहितको बैठक बसाल्दै

    • २.
      रौतहट–४ निर्वाचन रोचक बन्ने अनुमान, ऋषि धमला पनि बने उम्मेदवार

    • ३.
      जेन्जी आन्दोलनको घटना छानबिन उच्चस्तरीय जाँचबुझ आयोगको आज म्याद सकिँदै

    • ४.
      घण्टीघरमा बालेनको पहिलो पाइला

    • ५.
      महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं

    • ६.
      यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

    भर्खरै

    • १.
      महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह,आगामी चुनाबमा रास्वपाको पनि साथ रहने

    • २.
      यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    • ३.
      एमालेलाई प्रचण्डको आह्वान- कुनै भ्रममा नपरी एकता गरौ

    • ४.
      उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी सर्वोच्चमा

    • ५.
      कांग्रेस सभापतिको कुर्सीमा गगन थापा

    • ६.
      देशभर ४९ जना उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

    • ७.
      रुपन्देही ३ : रास्वपालाई बागीको डर, मुख्य प्रतिस्पर्धामा तीन उम्मेदवार

    • ८.
      बाँके मालपोतका हाकिमसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.