• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

एनपीएलको दोस्रो दिनमा विदेशी र नेपाली खेलाडीको सन्तुलित प्रदर्शन


  •   बुधबार, मङि्सर ०३, २०८२ मा प्रकाशित
  • काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा मंगलबार दुई खेलहरू सम्पन्न भए । पहिलो खेल डे लाइटमा खेलिएको थियो भने दोस्रो खेल डे-नाइट म्याचका रूपमा रह्यो ।

    Advertisement

    पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्समाथि जित दर्ता गर्दा दोस्रो खेलमा विराटनगर किङ्स पोखरा एभेन्जर्समाथि हावी बन्यो ।

    आजको दुवै खेलमा विदेशी खेलाडी र नेपाली खेलाडीको सन्तुलित प्रदर्शन रह्यो । हरेक टोलीमा विदेशी खेलाडीसँगै नेपाली खेलाडी पनि स्टेप अप गरेर खेलेका थिए । पहिलो खेलमा पनि नेपाली युवा खेलाडीले राम्रो प्रदर्शन गरेका थिए ।

    चितवन राइनोजको जितमा दीपक बोहराले राम्रो ओपनिङ दिलाएका थिए भने भेट्रान रवि बोपाराले जितको आधार तय गरे । यता कर्णाली याक्सका लागि प्रियांक पान्चालले शानदार ओपनिङ गर्दा पवन सर्राफले फिनिसिङको भूमिका निभाएका थिए।

    यता दोस्रो खेलमा नेपाली ब्याटर लोकेश बमसँगै मार्टिन गप्टिलको ब्याटिङ तथा कप्तान सन्दीप लामिछानेको म्याच विनिङ प्रदर्शन रह्यो । शुभम रन्जानले अलराउन्ड प्रदर्शन गरे ।

    पराजित भएपनि पोखराका लागि कप्तान कुशल भुर्तेलले राम्रो खेले ।

    चितवनको जित, अघिल्लो संस्करणको बदला

    गत संस्करणमा चितवन राइनोज र कर्णाली याक्स दुईपटक खेलेका थिए । लिग चरण र प्लेअफ दुवैमा कर्णाली याक्सले नै बाजी मारेको थियो ।

    यसपटक भने नतिजा फेरियो । अघिल्लो संस्करणमा बेहोरेको दुवै हारको बदला चितवनले आजको खेलमा लियो, जहाँ नेपाली खेलाडीदेखि विदेशी खेलाडी नायक बने ।

    टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ३ विकेट मात्र गुमाएर १६६ रन बनाएको थियो । कर्णालीका लागि भारतका प्रियांक पान्चालले ९० रन बनाएपनि जितका लागि भने पर्याप्त भएन ।

    चितवनले २०औं ओभरको पहिलो बलमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । चितवनका लागि ओपनर दीपक बोहराले ३६ बलमा ४२ रनको संयमित पारी खेले । कप्तान कुशल मल्लले पनि १५ बलमा २ छक्कासहित २० रनको क्यामिण खेले ।

    यद्यपी जितका नायक भने इंग्लिस खेलाडी रवि बोपारा बने । उनले अर्धशतक बनाएर जितको आधार तय गरेका थिए । ३६ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरेर ५४ रन बनाए र जितका लागि २ रन आवश्यक हुँदा क्याचआउट भए ।

    सेफ जैबले पनि ८ रनमा पाएको जीवनदानको फाइदा उठाउँदै १६ बलमा २ चौका र ४ छक्कासहित ३८ रन बनाएर आउट भएका थिए । जैबले लङअफमा प्रहार गरेको मिसटाइम शट नन्दन यादवले छाड्दा छक्का भएको थियो ।

    खेलपछि कर्णालीका कप्तान सोमपाल कामीले क्याच ड्रप हुनु खेलको एउटा हिस्सा भएको बताउँदै त्यसलाई बिर्सेर अब आगामी खेलहरूमा राम्रो गर्नुपर्ने बताए ।

    सोमपालले प्रतियोगिता लामो भएको बताउँदै पुनरागमन गर्न समय रहेको पनि उल्लेख गरे ।

    पोखरामाथि विराटनगरको एकपक्षीय जित

    आजको दोस्रो खेल भने एकपक्षीय जस्तै रह्यो । विराटनगरले पोखरामाथि ५३ रनको फराकिलो जित हासिल गर्‍यो ।

    विराटनगरले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा १६७ रनमा अलआउट भयो । पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।

    भुर्तेलले अर्का ओपनर एडम रोसिङटनसँग मिलेर अर्धशतकीय साझेदारी गर्दै पावरप्लेभित्रै टोलीको स्कोर ७७ सम्म पुर्‍याएको भएपनि त्यसपछि निरन्तर विकेट गुमायो ।

    सातौं ओभरको अन्तिम बलमा रोसिङटनलाई रन्जानेले ३९ रनमा आउट गरेलगत्तै अर्को ओभरमा कप्तान सन्दीपले ३ बलको अन्तरमा २ विकेट लिएपछि पोखरा खेलमा पछि परेको थियो ।

    गत सिजन शानदार प्रदर्शन गरेका जिमी नीशमलाई सन्दीपले गोल्डेन डकआउट गरे भने तृतराज दास पनि एक बल खेलेर अर्को बलमा डकआउट भए ।

    सन्दीपको यो ओभरपछि विराटनगरले पोखराको मोमेन्टम ब्रेक भएको थियो । कप्तान कुशल भुर्तेल एउटा एन्डमा टिकिरहेको भएपनि उनलाई साथ दिने कोही भएनन् ।

    खेलपछि कुरा गर्दै भुर्तेलले पनि निरन्तर विकेट गएका कारण प्रेसर भएको बताए । ‘हामी राम्रो पार्टनरसिप गरिरहेका थियौं, एडम आउट भएपछि त्यस्तो साझेदारी बन्न सकेन’ भुर्तेलले भने, ‘तर म भइन्जेल जिताउँछु भन्ने नै थियो, सम्भव हुन सकेन।’

    विराटनगरका लागि नेपाली पेसर प्रतिश जीसीले २ विकेट लिँदा दक्षिण अफ्रिकी पेसर मर्चेन्ट डे लाङले २ विकेट लिए । यद्यपी उनी महंगो साबित भएका थिए ।

    कप्तान सन्दीपले पनि २ विकेट लिँदा रन्जानेले पनि २ विकेट लिए । बसिर अहमद सूर्य तामाङको नाममा पनि १ विकेट रह्यो ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर २२० रनको विशाल योगफल खडा गरेको थियो । यस योगफल प्रतियोगिताकै सबैभन्दा उच्च योगफल थियो ।

    यसअघि विराटनगरले नै गत संस्करणमा लुम्बिनी लायन्सविरुद्ध १९३ रनको योगफल बनाएको सबैभन्दा उच्च थियो ।

    विराटनगरका लागि ओपनर लोकेश बम र मार्टिन गप्टिलको शानदार प्रदर्शन रह्यो । लोकेशले ४८ बलमा १ चौका र ७ छक्कासहित ७२ तथा गप्टिलले ३५ बलमा ६१ रन बनाए । शुभम रन्जानेले १६ बलमा ३८ रन बनाए । बसिर अहमदले एक चौका र एक छक्कासहित २३ रन बनाए ।

    विशाल योगफल बेहोरेपछि पोखरा खेलमा पछि परिसकेको थियो । यद्यपी डिउ आएकाले ब्याटिङ केही सहज हुने अनुमान थियो तर पोखराका लागि जित भने सम्भव हुन सकेन ।

    कप्तान भुर्तेलले पनि १९०-२०० सम्म चेज गर्न सकिने अवस्था रहेको तर १५ देखि २० रन बढी भएको बताए ।

    यता विराटनगरका कप्तान सन्दीपले पनि डिउ आउने भएकाले राम्रो योगफल खडा गर्ने योजना बनेको बताए । ‘यो मैदानमा पहिलोपटक लाइटमा खेल खेल्दै थियौं, डिउ केकस्तो हुने हो धेरै थाहा थिएन त्यसैले राम्रो योगफल बनाउने योजना त बनेको थियो, लोकेश र गप्टिलले पनि त्यही अनुसार राम्रो ब्याटिङ गरे’ सन्दीपले भने ।

    समग्रमा हेर्दा आजका दुवै खेलमा विदेशी खेलाडीले पार्नेजस्तै प्रभाव नेपाली खेलाडीको पनि रह्यो, जसका कारण मैदानमा सन्तुलित प्रदर्शन देखिएको थियो ।

    बुधबार, मङि्सर ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता !
    सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
    कीर्तिपुरमा पार्किङ गरेर राखिएको कारमा अचानक आगलागी,भित्र भेटियो एक जना पुरुषको शव
    ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.