काठमाडौं । ग्लोबल आईएमई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
शनिबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कर सहित ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले बोनस सेयर दिने छैन ।
सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात तथा आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । बैंकले साधारणसभा तथा बुक क्लोजको मिति भने तय गरिसकेको छैन । बैंकको सेयर मूल्य प्रतिकित्ता २३८ रुपैयाँ हाराहारीमा छ ।

