• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

  • १०. सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पालाई सम्मान

दुग्ध उत्पादकको बक्यौता भुक्तानीको माग सम्बोधन, आन्दोलन स्थगित

  •   बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
  • काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड, नेपालले दुग्ध उत्पादक कृषकहरुको बक्यौता भुक्तानी सम्बन्धी मागहरु सम्बोधन गर्न सहमति जुटेसँगै आन्दोलनका कार्यक्रमहरु हाललाई स्थगन गरिएको घोषणा गरेको छ ।

    Advertisement

    आन्दोलन स्थगनसँगै संघले दुग्ध उत्पादक सहकारी संस्थाहरू, जिल्ला संघहरू, किसान तथा सरोकारवाला निकायहरूलाई औपचारिक रूपमा जानकारी गराएको हो । संघका अनुसार, केन्द्रीय दुग्ध सहकारी संघ, दुग्ध विकास संस्थान, डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनबीच पटक–पटक भएको वार्तामा किसानको बक्यौता भुक्तानीसहितका प्रमुख ६ बुँदामा सहमति जुटेको छ ।

    सहमति अनुसार अब दुग्ध विकास संस्थानसहित सबै उद्योगहरूले तोकिएको समयभित्र किसानलाई भुक्तानी गर्ने, दूध खरिदमा कटौती नगर्ने तथा न्यूनतम मूल्यमा नै दूध खरीद गर्ने लगायतका बुँदा समेटिएका छन् ।
    सहमतिको मुख्य बुँदाहरूः
    १. दुग्ध उत्पादक कृषकहरुलाई दूधको भुक्तानी बाकि बक्यौता रकम २०८२ असार मसान्त सम्मको २०८२ आश्विन ५ गते भित्र गर्ने र श्रावण मसान्त सम्मको बाँकि बक्यौता रकम २०८२ आश्विन ३० गते भित्र गरी भाद्र मसान्त सम्मको बाँकि बक्यौता रकम कार्तिक मसान्तसम्म भुक्तानी गरी त्यस उप्रान्त नियमित रुपमा भुक्तानी गर्दै जाने र नियमित भुक्तानी गर्ने उद्योगीले सोही बमोजिम गर्ने ।
    २ हाल दुग्ध उत्पादक सहकारी संघ÷संस्थहरुबाट लिइरहेको दूधको परिमाण नघटाई निरन्तर दुध लिनेदिने ।
    ३. नेपाल सरकारले तोकेको कृषकको दूधको न्यूनतम खरीद मूल्यमा देशैभरका उद्योगहरुबाट दूध खरीद गर्ने, गराउने ।
    ४. एसएमपि तथा बटर मौज्दातको विवरण एकमुष्ठ रुपमा उल्लेख गरी सम्झौताको मितिले १० दिन भित्र यस केन्द्रीय दुग्ध सहकारी संघमा पठाउने ।
    ५. उद्योगीले बार्षिक के कति दूध संकलन गरी कन्भर्सन गरेका छन् सोको विवरण उल्लेख गरी एकमुष्ठ रुपमा राख्नुपर्नेछ ।
    ६. सम्झौता बमोजिम भुक्तानी नगर्ने उद्योगी सदस्यहरुको हकमा डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसन साथै दुग्ध विकास संस्थान जबाफदेही हुनेछ ।

    संघले पछिल्लो समय नेपाल दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएकाले आयात प्रतिस्थापनमा समेत प्रगति भएको जनाएको छ । तर, बजारको खपतभन्दा बढी उत्पादन, कोभिडपछिको मन्दी र युवा जनशक्तिको पलायनले बजारमा समस्या उत्पन्न भएको संघको भनाइ छ । यही कारण हाल डेरी उद्योगमा अर्बौको दुग्धजन्य पदार्थ मौज्दातमा रहेको छ । संघले दूध तथा दुग्धजन्य पदार्थको नियमित संकलन, मूल्य सुनिश्चितता, भुक्तानीको पारदर्शिता तथा आयात प्रतिस्थापनमा सरकारको सक्रियता अपेक्षा गरेको छ ।

    बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
    भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.