काठमाडौँ। चीनले भव्यताका साथ सैन्य परेड सम्पन्न गरेको छ ।
बिहान ६:४५ बजेदेखि सुरू भएको परेड साढे ८ बजे सकिएको हो । जापानमाथि विजय प्राप्त गरेको दिनलाई स्मरण गर्दै चीनले ३ सेप्टेम्बरमा विशेष कार्यकमको आयोजना गर्दै आएको छ । यस कार्यक्रमलाई चीनले ‘जापानी आक्रमणविरुद्ध चिनियाँ जनयुद्ध र विश्व फासिस्टविरोधी युद्धको विजयको वार्षिकोत्सव’ भनेको छ ।
जापानसँगको युद्ध अन्त्य भएको खुसीयाली मनाउन चीनले नेपालसँगे दर्जनौं मुलुकका राष्ट्रप्रमुख सरकार प्रमुखहरूलाई बोलाएको थियो । हजारौं सैनिक सहभागी परेडको सुरुमा राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेका थिए । चीनले सैन्य परेडका साथै अत्याधुनिक हतियारहरू पनि सार्वजनिक गरेको छ ।
जापानले सन् १९३० को सुरुवातमा चीनमाथि आक्रमण गरेको थियो । जर्मनी, इटाली र जापानको एक्सिस गठबन्धन दोस्रो विश्वयुद्धमा खतरनाक गठबन्धनका रूपमा अघि बढेको थियो । चीनको सशक्त प्रतिरोध र अमेरिकाको भीषण हमलापछि परास्त भएको जापानले सन् १९४५ मा मात्रै चीन छाडेको थियो । त्यसैको खुसीयालीमा चीनले सैन्य परेड बनाउँदै आएको छ ।

