• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, कार्तिक १३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

१२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • २. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ३. १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

  • ४. विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

  • ५. संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

  • ६. सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

  • ७. सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

  • ८. जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

रौनकको शतक, भुटानमाथि नेपालको जित

  •   मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
  • काठमाडौं। रौनक श्रीवास्तवको शानदार शतकपछि बलरहरूको शानदार प्रदर्शनमा नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानमाथि फराकिलो जित निकालेको छ ।

    Advertisement

    नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाएर ६० रन मात्र बनाएपछि नेपालले २९८ रनको जित निकालेको हो । नवौं विकेट खसेपछि पानी पनि पर्न थालेको थियो भने अन्तिम ब्याटर ब्याटिङमा नआउने भएपछि खेल सकिएको घोषणा गरियो ।

    भुटानका सेजाङ दावाले सर्वाधिक १४ रन बनाए । उगेन केल्जाङले १० रन बनाए । नेपालका लागि कप्तान बिपिन प्रसाद शर्माले १० ओभरमा ६ मेडन राख्दै ७ रन मात्र दिएर ४ विकेट लिए ।

    सचिन भट्टले ८ ओभरमा ५ मेडन राख्दै १५ रन दिएर २ विकेट लिए । सुयोग भट्टराईले पनि २ विकेट लिएका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल खडा गरेको थियो । यो प्रतियोगितामा यो दोस्रो सर्वाधिक स्कोर हो । यसअघि नेपालले नै इन्डोनेसियाविरुद्ध ४२० रनको योगफल बनाएको थियो ।

    रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाए । नेपाली खेलाडीले कुनैपनि प्रतियोगितामा बनाएको यो सर्वाधिक व्यक्तिगत स्कोर हो । यसअघि सन् २०२३ अक्टोबरमा भएको एसीसी यू-१९ प्रिमियर कपमा अर्जुन कुमालले साउदी अरेबियाविरुद्ध १४३ रन बनाएका थिए ।

    जोय थापा ६१ रनमा अविजित रहे भने शिवांश बजगाइले ५४ रन बनाए । आजको खेलमा नेपालका २ ओपनर चाँडै आउट भएका थिए । १७ रनमा २ विकेट गुमाएपछि रौनकले शिवांशसँग मिलेर ९१ रनको साझेदारी गरेका थिए भने चौथो विकेटका लागि सुगम बुढाथोकीसँग ७२ रनको साझेदारी गरे । सुगमले ३५ रन बनाए ।

    त्यसपछि १८०-४ को अवस्थाबाट रौनकले जोयसँग मिलेर १७० रनको साझेदारी गरे । भुटानका सन्जय दोर्जीले ३ विकेट लिए भने तेन्जिन लोदेले १ विकेट लिए ।

    नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा जापानलाई ९ विकेटले पाखा लगाएको थियो भने तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको थियो ।

    समूह ए मा नेपालको ४ खेलमा ८ अंक भएको छ भने सिंगापुरको ४ खेलबाट ३ जितसहित ६ अंक छ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् । नेपाल अब सेमिफाइनलमा मलेसियासँग खेल्नेछ ।

    मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन
    सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !
    गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,
    विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !
    सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की
    सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

    Facebook Page

    लोकप्रिय

    • १.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • २.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ३.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • ४.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ५.
      संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    • ६.

    • ७.
      सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

    • ८.
      जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.