काठमाडौं। विश्वकप लिग २ अन्तरगत जारी श्रृंखलाको अन्तिम म्याचमा नेदरल्यान्ड्सविरुद्ध नेपालले टीममा परिवर्तन गरेको छ । नेपालले ओपनर आसिफ शेखलाई विश्राम दिएर अनिल साहलाई प्लेइङ ११ मा समावेश गरेको हो ।
यस्तै मध्यक्रममा बसिर अहमदले मौका पाएका छन् भने फास्ट बलर नन्दन यादव पनि समेटिएका छन् ।आसिफ राम्रो फर्ममा थिएनन् । लाइक टु लाइक रिप्लेसमेन्ट अन्तरगत उनको ठाउँमा अनिल साह ल्याइएको छ ।
अनिल पनि ओपनर विकेट किपिङ ब्याटर हुन् । यस्तै, घाइते गुल्शन झाको स्थानमा बसिर अहमदले मौका पाएका छन् । उनी मध्यक्रमका प्रतिभाशाली अलराउन्डर हुन्।
यस्तै अर्का घाइते सोमपाल कामीको स्थानमा नन्दन यादवलाई खेलाइएको छ । नन्दन पनि लाइक टु लाइक रिप्लेसमेन्ट हुन् । उनी सोमपाल जस्तै फास्ट बलिङ र तल्लो क्रममा राम्रो ब्याटिङ गर्न सक्छन् ।