रास्वपा का तर्फबाट सभासद माननिय श्री ढाका कुमार श्रेष्ठ ज्यु बाट पोखरा अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन गरि विमानस्थलका समस्या समाधानका लागी पहल सुरु गर्नु भएको छ।पोखरा विमानस्थललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान गर्न गराउन चाहिने आवश्यक प्रयोजन का विषयमा विमानस्थल निर्देशक श्री बिक्रम राज गौतमलाई कार्यकक्षमा भेट गरि द्रुत गतिका काम अघि बढाउन आवश्यक कदम चाल्ने प्रतिबद्दता समेत माननिय ज्युले व्यक्त गर्नु भएको छ।
देशकै प्रमुख पर्यटकिय गन्तव्यको रुपमा विकास हुदै गरेको पोखरा तथा देशकै गौरव पोखरा विमानस्थललाई आपसम साथ साथै स्तरउन्नति गर्न माननिय ज्यु कटिबद्द रहेको जानकारि समेत उँहाले गराउनु भयो।माननिय श्री ढाका कुमार श्रेष्ठ ज्यु ले केहि दिन भित्रै प्रकृया अघि बढाउने तथा नियमित अनुगमनमा रहने गरि आजै बाट काम सुरु गर्नु भएको छ।




 
                                                             
         
         
         
         
         
         
         
    
                           
                                                       
    
    
    
    
   

