• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, चैत २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

उपसभामुख निर्वाचनमा एमालेको नो भोट

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ५. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ६. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ७. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ८. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • ९. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

  • १०. जेनजी आन्दोलनपछि विस्थापित कोशी प्रदेशसभाः दुई महिमा १५ बैठक, आमसञ्चार विधेयक सर्वसम्मत पारित

छोरो कसको हो श्रीमान श्रीमतीको विवादमा,९ वर्षीय छोराको हत्या


  •   बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
  • बाँकेमा ९ वर्षीय बालक कुशल बुढाको हत्या घटनामा उनकै बाबु-आमाको संलग्नता देखिएको प्रहरीले बताएको छ।

    Advertisement

    बैजनाथ गाउँपालिका वडा नम्बर ४ नौलापुरस्थित कुलोमा बालकको शव गाडिएको अवस्थामा भेटिएको थियो। बालक हराएको सातौं दिनमा प्रहरीले सडेगलेको अवस्थामा गत सोमबार अपराह्न ५ बजे शव फेला पारेको हो। घटनाको अनुसन्धानका क्रममा कुशलको हत्यामा उनकै आमा ३२ वर्षीया यशोदा बुढा र उनकी श्रीमान ३३ वर्षीय निरकनाथ योगीको संलग्नता भेटिएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए।

    कुशल कसको छोरा हो भन्ने विषयमा विवाद हुँदा यशोदा र निरकनाथले नै उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। यशोदा र निरकनाथ दुवै अहिले इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा छन्। उनीहरूलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले मंगलबार नै अनुमति दिएको थियो।

    कुशलको हत्याको पृष्ठभूमि बुझ्न यशोदाको विगतमा फर्किनुपर्ने प्रहरी बताउँछ। निरकनाथ यशोदाका दोस्रो श्रीमान् हुन्। पहिलो श्रीमान् कैलालीको जानकी गाउँपालिका ३ का थिए। उनको ७ वर्षअघि नै मृत्यु भएको थियो। उनीबाट यशोदाले कुशललाई जन्म दिएकी थिइन्। पहिलो श्रीमानको निधन भएपछि यशोदाले दैलेखको दुल्लु नगरपालिका– १० का निरकनाथसँग विवाह गरेकी थिइन्। उनी मजदुरी गर्छन्।

    यद्यपि विवाह गरेको कुरा यशोदाले लुकाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। यहाँसम्म कि आफूलाई एकल महिला बताएर उनले जानकी गाउँपालिका वडा १ बाट भत्तासमेत लिँदै आएको भेटिएको छ। पहिलो श्रीमानको घरपरिवारलाई मात्रै होइन, अहिलेको श्रीमान निरकनाथसँग पनि यशोदाले आफू विवाहित भएको कुरा लुकाएकी थिइन्। उनीहरू कोहलपुर नगरपालिका ११ कृषि चोकमा बस्दै आएका थिए।

    इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रेशमलाल पौडेलका अनुसार यशोदाले कुशललाई कोहलपुर माविमा पढाएकी थिइन्। उनी कक्षा ३ मा पढ्थे। विद्यालयमा उनले कुशलको बाबुको नाम सन्तोष खनाल लेखाएकी थिइन्। यद्यपि कुशलको बाबु मुस्लिम समुदायका हुन्। यसले विद्यालयमा पनि यशोदाले छोराको बारेमा गलत विवरण टिपाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    निरकनाथलाई भने अनेक भनेर कुशल आफ्नो छोरा नभएको विश्वास दिलाउँदै आएकी थिइन्। कोहलपुर सरेपछि यशोदा पूर्वपतिको घर फर्किएकी छैनन्। कुशललाई भने इद पर्वमा घर पठाउँथिन्। उनी नेपालगन्जसम्म जान्थिन्। त्यहाँबाट गाडी चढाएर कुशललाई घर पठाएर आफू डेरा फर्किन्थिन्।

    यसपालि पनि इद मनाउन आउनु भनेर यशोदालाई घरबाट खबर आएको थियो। योपटक पनि छोरालाई जानकी गाउँपालिका जाने बस चढाएर आफू फर्किइन्। तर यसपटक भने कुशल पनि फर्किएर डेरामा पुगे। उनी डेरामा पुगेपछि कुशल कसको छोरा हो भन्ने विषयमै यशोदा र निरकनाथबीच विवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    ‘विवादमा निरकनाथले कुशल यशोदाकै छोरा रहेको दाबी गरिरहे, यशोदाले होइन भन्ने अडान लिइरहिन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने।त्यसपछि दुवै मिलेर कुशलको हत्या गरेको प्रहरी निरीक्षक पौडेलले बताए।

    दुई जना मिलेर छोराको हत्या गरेपछि यशोदा आफैले छोरा हराएको भनेर प्रहरीमा निवेदन दिएकी थिइन्। निवेदन दिए पनि उनले त्यति धेरै चासो नदेखाएको अनुसन्धानमै खटिएका प्रहरीले बताए। वैशाख ८ गतेदेखि हराएको भनिएको कुशलको शव नौलापुरमा पानी नआउने कुलोमा गाडिएको अवस्थामा भेटिएको थियो। शव भेटिएको ठाउँ उनीहरूको डेराभन्दा झन्डै १३ किलोमिटर पर हो।

    गोठालो गएकाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अगाडि यशोदाले नै शव कुशलकै रहेको सनाखत गरेकी थिइन्। उनीहरूले कुशललाई घरमै हत्या गरी त्यहाँ लगेर शव गाडेको वा त्यहीँ पुर्‍याएर हत्या गरेको भन्ने विषय अनुसन्धानमै रहेको प्रहरी निरीक्षक पौडेलले बताए।

    कुशल मृत भेटिएको खबर पाएपछि उनका हजुरबुवा सरिखत अली शेखले यशोदाविरूद्ध जाहेरी दिएका थिए। कुशल बेपत्ता भएको जानकारी यशोदाले घर परिवारलाई पनि दिएकी थिइनन्। कुशलको हत्यामा यशोदा र निराकतको भूमिकाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए।

    बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो
    अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो
    नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
    रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग
    उपसभामुख निर्वाचनमा एमालेको नो भोट
    कांग्रेसदवारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    • ५.
      डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

    • ६.
      ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

    भर्खरै

    • १.
      सुनचाँदीको मूल्य बढ्यो

    • २.
      काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    • ३.
      संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

    • ४.
      कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

    • ५.
      मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

    • ६.
      अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

    • ७.
      नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

    • ८.
      रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.