राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सरकारलाई समर्थन गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा दिएका हुन् ।आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिएका थिए ।
राजिनामा दिए लगतै श्रम तथा रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आजै सरकारी निवास समेत छाडेको जानकारी श्रोतले बतायो,राजिनामा दिएका तिनै जना मन्त्रीहरुले भोलि रास्वपाको केन्द्रिय कार्यालयमा पत्राकर सम्मेलन गरि जानकारी दिने समेत बताएका छन्। सरकार बाट बाहिरिदै गर्दा आफुहरु जति दिन मन्त्रालयमा रहदा जनता र देशको लागी काम गरेको र आगामी दिनमा पनि जनताको सेवामा तल्लिन भएर लाग्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल ले बताउनु भएको छ।
 
                                                             
         
         
         
         
         
         
         
    
                           
                                                       
    
    
    
    
   

