• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, कार्तिक २०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

ओलीलाई भेट्न गुण्डु पुगे झलनाथ

पार्टीबाट बिदा मागेका नेता जनार्दनलाई फर्कन प्रचण्डको अपिल !

रास्वपा केन्द्रीय कार्यालयका घरबेटीले छाडे पार्टी !

ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा लापरबाही गरेपछि ७ दिनका लागि बन्द

‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरियो

राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा

रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

१४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

लोकप्रिय समाचार

  • १. सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

  • २. रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

  • ३. खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

  • ४. खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

  • ५. खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

  • ६. नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

  • ७. १४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

  • ८. कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा

  • ९. रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

  • १०. पार्टीबाट बिदा मागेका नेता जनार्दनलाई फर्कन प्रचण्डको अपिल !

दुबई पुगेका उपेन्द्रले भने- विभेदकारी राज्य ध्वस्त पार्न अन्तिम लडाइँ लड्नुपर्छ


  •   आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
  • जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेदकारी राज्यसत्तालाई ध्वस्त गर्न एकपटक अन्तिम लडाइँ लड्नुपर्ने बताएका छन् ।
    यादव दुबई भ्रमणमा छन्। त्यहाँ रहेको मधेशी एकता समाजले आयोजना गरेको अन्तर्क्रियामा उनले यस्तो बताएका हुन् । ‘एकपटक क्रान्तिमा जानुबाहेक अर्को विकल्प छैन, एक पटक आन्दोलन भएपछि राणा शासन फालियो, दोस्रो आन्दोलन भएपछि निरकुंश पंचायत फालियो, तेस्रो आन्दोलन भएपछि राजतन्त्र फालियो,’ उनले भने, ‘चौथो आन्दोलन गरेर विभेदकारी राज्य व्यवस्था फ्याल्नुपर्छ र त्यसका लागि मधेशीहरू एक जुट हुनुपर्छ।’

    Advertisement

    आर्थिक रूपमा सबैभन्दा पिछडिएको समुदाय रहेको बताएका यादवले सबैभन्दा पिछडिएको प्रदेश मधेश र सबैभन्दा पिछडिएको जिल्ला रौतहट रहेको पनि बताए । मधेशको चेतनास्तर निकै पछाडि रहेकाले मधेशी असंगठित पनि रहेका उनको भनाइ थियो।
    अन्तर्क्रियामा उनले शासन प्रशासनको अवसरबाट वञ्चित रहेका कारण मधेशी समुदाय अपहेलित जीवन जिउन बाध्य भएको पनि बताए ।

    ‘मधेश गोरखा शासकद्वारा कब्जा गरिएको भूमि हो, केही भूमि अंग्रेजले दिएको छ भने केही कब्जा गरिएको छ,’ उनले भने, ‘कब्जा गरिएका भूमिका मान्छे शासित हुन्छन्, देशको ७० प्रतिशत राजस्व मधेशबाट आउँछ तर मधेशलाई विकास गर्न दिने बजेट हो १२ प्रतिशत छ, यसले त सयौं वर्षमा पनि मधेशले विकास गर्न सक्दैन । किनभने बजेट बनाउने ठाउँमा मधेशी छैन ।’

    यी समस्याहरू गैरराजनीतिक तरिकाले समाधान नहुने उनको भनाइ थियो। राजनीति गरे पनि नगरे पनि राजनीति चेतना हुनु सबैमा आवश्यक रहेको उनले बताए । ‘त्यही चेतनाले शक्तिमा पुर्‍याउँछ र अधिकार दिलाउँछ,’ उनले भने, ‘सत्ता, शाक्ति र राज्य स्रोतमा मधेशीको पहुँच पुर्‍याउनुपर्छ।’

    वैदेशिक रोजगारीमा गएका देशमध्ये सबैभन्दा बढी मधेशीको खराब अवस्था साउदी, मलेसिया र कतारमा रहेको उनको बुझाइ थियो। मधेशीले पठाएको रेमिटेन्स मधेशमा खर्च नगरेर अन्यत्र खर्च गरेको पनि उनले त्यहाँ गुनासो गरे।

    आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलीलाई भेट्न गुण्डु पुगे झलनाथ
    पार्टीबाट बिदा मागेका नेता जनार्दनलाई फर्कन प्रचण्डको अपिल !
    रास्वपा केन्द्रीय कार्यालयका घरबेटीले छाडे पार्टी !
    ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा लापरबाही गरेपछि ७ दिनका लागि बन्द
    ‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरियो
    राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

    Facebook Page

    लोकप्रिय

    • १.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • २.
      रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    • ३.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ४.
      खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

    • ५.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    • ६.
      नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

    भर्खरै

    • १.
      ओलीलाई भेट्न गुण्डु पुगे झलनाथ

    • २.
      पार्टीबाट बिदा मागेका नेता जनार्दनलाई फर्कन प्रचण्डको अपिल !

    • ३.
      रास्वपा केन्द्रीय कार्यालयका घरबेटीले छाडे पार्टी !

    • ४.
      ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा लापरबाही गरेपछि ७ दिनका लागि बन्द

    • ५.
      ‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरियो

    • ६.
      राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

    • ७.
      कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा

    • ८.
      रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.