• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

दुबई पुगेका उपेन्द्रले भने- विभेदकारी राज्य ध्वस्त पार्न अन्तिम लडाइँ लड्नुपर्छ


  •   आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
  • जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेदकारी राज्यसत्तालाई ध्वस्त गर्न एकपटक अन्तिम लडाइँ लड्नुपर्ने बताएका छन् ।
    यादव दुबई भ्रमणमा छन्। त्यहाँ रहेको मधेशी एकता समाजले आयोजना गरेको अन्तर्क्रियामा उनले यस्तो बताएका हुन् । ‘एकपटक क्रान्तिमा जानुबाहेक अर्को विकल्प छैन, एक पटक आन्दोलन भएपछि राणा शासन फालियो, दोस्रो आन्दोलन भएपछि निरकुंश पंचायत फालियो, तेस्रो आन्दोलन भएपछि राजतन्त्र फालियो,’ उनले भने, ‘चौथो आन्दोलन गरेर विभेदकारी राज्य व्यवस्था फ्याल्नुपर्छ र त्यसका लागि मधेशीहरू एक जुट हुनुपर्छ।’

    Advertisement

    आर्थिक रूपमा सबैभन्दा पिछडिएको समुदाय रहेको बताएका यादवले सबैभन्दा पिछडिएको प्रदेश मधेश र सबैभन्दा पिछडिएको जिल्ला रौतहट रहेको पनि बताए । मधेशको चेतनास्तर निकै पछाडि रहेकाले मधेशी असंगठित पनि रहेका उनको भनाइ थियो।
    अन्तर्क्रियामा उनले शासन प्रशासनको अवसरबाट वञ्चित रहेका कारण मधेशी समुदाय अपहेलित जीवन जिउन बाध्य भएको पनि बताए ।

    ‘मधेश गोरखा शासकद्वारा कब्जा गरिएको भूमि हो, केही भूमि अंग्रेजले दिएको छ भने केही कब्जा गरिएको छ,’ उनले भने, ‘कब्जा गरिएका भूमिका मान्छे शासित हुन्छन्, देशको ७० प्रतिशत राजस्व मधेशबाट आउँछ तर मधेशलाई विकास गर्न दिने बजेट हो १२ प्रतिशत छ, यसले त सयौं वर्षमा पनि मधेशले विकास गर्न सक्दैन । किनभने बजेट बनाउने ठाउँमा मधेशी छैन ।’

    यी समस्याहरू गैरराजनीतिक तरिकाले समाधान नहुने उनको भनाइ थियो। राजनीति गरे पनि नगरे पनि राजनीति चेतना हुनु सबैमा आवश्यक रहेको उनले बताए । ‘त्यही चेतनाले शक्तिमा पुर्‍याउँछ र अधिकार दिलाउँछ,’ उनले भने, ‘सत्ता, शाक्ति र राज्य स्रोतमा मधेशीको पहुँच पुर्‍याउनुपर्छ।’

    वैदेशिक रोजगारीमा गएका देशमध्ये सबैभन्दा बढी मधेशीको खराब अवस्था साउदी, मलेसिया र कतारमा रहेको उनको बुझाइ थियो। मधेशीले पठाएको रेमिटेन्स मधेशमा खर्च नगरेर अन्यत्र खर्च गरेको पनि उनले त्यहाँ गुनासो गरे।

    आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.