• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

बैंककै कर्मचारीबाट हुने जोखिमको पनि बिमा


  •   आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
  • बैंक तथा वित्तीय संस्थाका कर्मचारीले काउन्टरबाट नगद अपचलन (चोरी) गर्नेजस्ता अपराधबाट हुने नोक्सानीलाई पनि बिमाले रक्षावरण गर्ने भएको छ । नेपाल बिमा प्राधिकरणले शुक्रबार ‘मौद्रिक क्षति बिमासम्बन्धी निर्देशन, २०८१’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । त्यस्ता अपराध गर्ने व्यक्ति तथा समूहलाई कानुनी कारबाही त प्रचलित कानुनअनुसार हुनेछ । तर, त्यस्ता घटनाबाट बैंकलाई हुने क्षतिको भने बिमा गर्न मिल्ने सुविधा प्राधिकरणले ल्याएको हो ।

    Advertisement

    बैंकहरूले नगद, नगदजन्य उपकरण र सुरक्षण (सुनलगायत)मा हुने जोखिमको बिमा गर्छन्, जसलाई ‘मौद्रिक क्षति बिमा’ भनिन्छ । पहिला यस्तो बिमाले बाह्य पक्षबाट हुने जोखिमको मात्रै रक्षावरण गथ्र्याे । अब नयाँ निर्देशनमार्फत बैंकहरूमा भएका नगद, नगदजन्य उपकरण र सुरक्षणमा बैंककै कर्मचारीबाट हुने सम्भावित जोखिमलाई पनि बिमाले रक्षावरण गर्ने व्यवस्था गरिएको हो । अर्थात्, कर्मचारीको बेइमान तथा अपराधाका कारण बैंकहरूमा भएको नगद, नगदजन्य उपकरण र सुरक्षणमा कुनै नोक्सानी भएमा बिमा कम्पनीले आर्थिक रूपमा क्षतिपूर्ति (दाबी भुक्तानी) दिनेछन् ।

    ‘बिमित (बैंक)का कर्मचारीले एक्लै वा अन्य व्यक्तिसँगको मिलेमतोमा गरेको बेइमानी वा आपराधिक कार्यबाट बिमित (बैंकको) नगद, नगदजन्य उपकरण, सुरक्षण तथा धितोका लागि राखिएका सुरक्षणहरूमा हानि–नोक्सानी पुग्न गएको अवस्थामा यस बिमालेखअन्तर्गत रक्षावरण हुनेछ,’ निर्देशनमा भनिएको छ ।

    नेपाली बैंकिङ क्षेत्रमा कर्मचारीबाट पनि बैंकको नगद अपचलन भएका घटना बाहिरिएका छन् । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकमा कर्मचारीबाटै एक अर्ब २६ करोड अपचलन भएको देखिएको छ । बैंकको कोर बैँकिङ प्रणालीमा देखिएको कुल रकममा बैंकसँग त्यसबराबरको रकम थिएन । अहिले उक्त बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी आफैँले व्यवस्थापनको कामसमेत गर्दै आएको छ ।

    यसैगरी, कृषि विकास बैंकको स्वयम्भू शाखाका एक कर्मचारीले ०७१ सालमै नक्कली खाता बनाएर बैंकको झन्डै २४ करोड रुपैयाँ स्थानान्तरण गरेका थिए । यस्ता घटना नेपाली बैंकिङ क्षेत्रमा भइरहेका छन् । तर, पहिला यस्ता जोखिमलाई बिमाले रक्षावरण गर्ने थिएन । तर, अहिले नयाँ निर्देशनमार्फत त्यस्ता जोखिम पनि रक्षावरण हुने व्यवस्था गरिएको हो । यद्यपि, अपराध गर्ने कर्मचारीलाई कारबाही भने हुने प्राधिकरणका एक उच्च अधिकारीले बताए ।

    नेपाल बिमा प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदी भन्छन्–
    बैंकमा हुने नगद, नगदजन्य उपकरण र सुरक्षणमा हुने सबै जोखिमलाई रक्षावरण गर्ने गरी यो निर्देशन ल्याएका छौँ । बैंकका कर्मचारीले काउन्टरबाट नगद अपचलन गरेमा पनि त्यसलाई बिमाले रक्षावरण गर्नेछ । कसैले झुक्याएर बैंकमा नक्कली नोट पठाएमा पनि बिमाले कभर गर्नेछ । यो व्यवस्थासम्बन्धी निर्णयलाई हामीले ऐतिहासिक रूपमा लिएका छौँ ।

    नेपाल बिमा प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले बैंकमा हुने नगद, नगदजन्य उकरण र सुरक्षणमा हुने सबै खाले जोखिमलाई बिमाले रक्षावरण गर्ने गरी निर्देशन ल्याइएको बताए । ‘बैंकमा हुने नगद, नगदजन्य उपकरण र सुरक्षणमा हुने सबै जोखिमलाई रक्षावरण गर्ने गरी यो निर्देशन ल्याएका छौँ । बैंकका कर्मचारीले काउन्टरबाट नगद अपचलन गरेमा पनि त्यसलाई बिमाले रक्षावरण गर्नेछ,’ नयाँ पत्रिकासँग उनले भने, ‘कसैले झुक्याएर बैंकमा नक्कली नोट पठाएमा पनि बिमाले कभर गर्नेछ । यो व्यवस्थासम्बन्धी निर्णयलाई हामीले ऐतिहासिक रूपमा लिएका छौँ ।’

    मौद्रिक क्षति बिमालाई थप व्यवस्थित गर्न खोजेको पनि उनको भनाइ छ । ‘पहिला यससम्बन्धी व्यवस्था स्पष्ट थिएन । अहिले निर्देशनमार्फत यसलाई मार्गदर्शन गर्दै यस्तो बिमालाई व्यवस्थित गर्न खाजेको हो,’ उनले भने, ‘एउटै प्याकेजमा सबै जोखिमको बिमा गर्न सकिनेछ । अब बैंक र वित्तीय संस्थामा हुने नगदमा भएका सबै जोखिमलाई एउटै प्याकेजमा बिमा गर्न सकिन्छ ।’

    बैंकको घुम्ती कार्यालय, शाखारहित कार्यालय र एटिएममा भएको नगद, नगदजन्य उपकरण र धितोमा राखिएको सुरक्षण जुनसुकै व्यक्तिले चोरी–डकैती गरेमा पनि बिमाले रक्षावरण गर्ने प्रस्ताव गरिएको छ । यसैगरी, आगलागी वा प्रतिरोध–बलजफ्तीका कारण नोक्सानी भएमा पनि बिमाले रक्षावरण गर्ने निर्देशनमा उल्लेख छ ।

    नगद, नगदजन्य उपकरण र सुरक्षणको ढुवानीका क्रममा कर्मचारीको हेलचेक्र्याइँ वा धोकाापूर्ण कार्यबाट हुने नोक्सानीलाई पनि बिमाले रक्षावरण गर्ने व्यवस्था गरिएको छ ।

    ‘बिमित (बैंक)का कर्मचारीको हेलचेक्र्याइँ वा धोकाापूर्ण कार्य वा अन्य कुनै कारणबाट त्यस्तो कर्मचारीको साथ लगाएर पारवहन (ढुवान) भइरहेको अवस्थामा कुनै नगद तथा नगदजन्य उपकरण वा धितोस्वरूप लिइएको सुरक्षण नष्ट भए, हराए, गलत स्थानमा राखिए वा हिनामिना भएको अवस्थामा रक्षावरण हुनेछ,’ निर्देशनमा भनिएको छ ।

    जालसाजी, किर्ते वा हेरफेर गरिएको चेकलगायतका आधारमा भुक्तानी दिएर भएको नोक्सानीलाई पनि बिमाले रक्षावरण गर्ने व्यवस्था गरिएको छ । ‘काउन्टरमा बुझेको वा क्लियरिङ वा हुलाक–कुरियरबाट प्राप्त भएको नक्कली, काल्पनिक, जाली वा किर्ते गरी बनाएको चेक वा ड्राफ्ट, बिमितले जारी गरेको वास्तविक चेक वा यात्रु चेक वा दान–उपहारमा दिएको चेक, मुद्दती निक्षेपको पुर्जामा जालसाजीका रूपमा दरपिठ भएको वा त्यस्ता लिखत निस्साहरू सक्कली मानी भुक्तानी गरिएको अवस्थामा यस बिमालेखअन्तर्गत रक्षावरण हुनेछ,’ निर्देशनमा भनिएको छ ।

    यस्ता जोखिमको बिमा बैंकर क्षतिपूर्ति बिमालेखअन्तर्गत गरिनेछ । अर्थात्, बैंककै कर्मचारीबाट हुने जोखिमको बिमा यसमार्फत गरिने प्राधिकरणको भनाइ छ ।

    यस्तो जोेखिम बहन गर्न बैंकले एकमुष्ठ २.७५ प्रतिशत बिमाशुल्क तिर्नुपर्नेछ । भूकम्प, बाढीपहिरोलगायतका माध्यमबाट हुने जोखिम रक्षावरण गर्न अतिरिक्त १ प्रतिशत (प्रतिरक्षावरण)को दरमा बिमाशुल्क लाग्नेछ । निष्ठा जमानीबापत भने प्रतिकर्मचारी १० रुपैयाँ बिमाशुल्क लाग्नेछ । यस्तै, हुलदंगा, हडताल, द्वेषपूर्ण कार्य र आतंकवादसम्बन्धी क्रियाकलापबाट हुने जोखिमका लागि भने थप ०.६५ प्रतिशतका दरमा बिमाशुल्क लाग्नेछ ।

    आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.