• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, कार्तिक १७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

१४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

१३ कार्तिक २०८२, बिहिवार October 30,Thursday, 2025

लोकप्रिय समाचार

  • १. १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

  • २. रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

  • ३. सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

  • ४. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • ५. खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

  • ६. खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

  • ७. संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

  • ८. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ९. नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

  • १०. खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

उच्चस्तरीय समितिले किट संस्थापकलाई बोलायो


  •   शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
  • नयाँ दिल्ली । छात्रावासमा नेपाली विद्यार्थीको आत्महत्या र त्यसपछि अन्य नेपाली विद्यार्थीहरूलाई निष्कासन गरेको मामिलामा ओडिशामा छानविन तीव्र पारिएको छ । ओडिशा सरकारको उच्चस्तरीय समितिले कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) का संस्थापक अच्युत सामन्तलाई शुक्रबार सरकारसामु उपस्थित हुन भनेको छ ।

    Advertisement

    उच्च शिक्षा विभागले सामन्तलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंलाई फेब्रुअरी २१ मा साँझ ६ः ३० बजे स्टेट गेस्ट हाउसमा उच्चस्तरीय समितिसमक्ष उपस्थित हुन अनुरोध गरिएको छ ।’ समितिले प्रमाणको रूपमा पर्याप्त कागजातहरू पेस गर्न सामन्तलाई भनेको छ ।

    गृह विभागका अतिरिक्त मुख्य सचिव सत्यव्रत साहूको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । आत्महत्याको परिस्थिति, संस्थानका अधिकारीहरूले गरेको मनमानी कारबाही, विद्यार्थीहरूको विशेष समूहलाई मात्र सूचना जारी गर्ने, उनीहरूका लागि संस्थान अनिश्चितकालका लागि बन्द गर्ने र अन्य सम्बन्धित मामिलाहरूको अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ ।

    यसअघि समितिले बुधवार किटको भ्रमण गरेको थियो । यस क्रममा समितिका सदस्यहरूले प्रकृति लम्सालको आत्महत्या प्रकरणमा क्याम्पसमा विरोध गर्दा त्यहाँका कर्मचारीहरूको दुर्व्यवहारमा परेका नेपाली विद्यार्थीहरूसँग कुराकानी पनि गरेका थिए ।

    ‘उच्चस्तरीय समितिलाई यस विषयमा छानबिन गर्न जो कोहीलाई पनि बोलाउने अधिकार छ । समितिले कानुनको आधारमा काम गरिरहेको छ’ उच्च शिक्षा मन्त्री सूर्यवंशी सुरजले भने ।

    प्रदेश सरकार विद्यार्थीहरूको हितको रक्षा गर्न प्रतिबद्ध भएको पनि उनले बताएका थिए । प्रदेश सरकारले नेपाली दूतावासका अधिकारीहरूसँग पनि छलफल गरेको र घटनाका बारेमा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराएको पनि बताइएको छ ।

    २० वर्षीय प्रकृति लम्सालको आत्महत्यापछि किटमा हङ्गामा भएको थियो । नेपाली विद्यार्थीहरूले घटनाको विरोध गर्दै न्यायको माग गरेका थिए । विरोध प्रदर्शनबाट आक्रोशित किट व्यवस्थापनले करिब हजार नेपाली विद्यार्थीहरूलाई निलम्बन गरेको सूचना जारी गरी सोमबार नै क्याम्पस छोड्न आदेश दिएको थियो ।

    आरोपी हिरासतमा छात्रालाई आत्महत्या गर्न उक्साएको आरोपमा २१ वर्षीय इन्जिनियरिङ छात्रलाई पक्राउ गरिएको प्रहरी आयुक्त एस देवदत्ता सिंहले बताएका छन् । आरोपीलाई प्रहरीले तीन दिनको हिरासतमा लिएको छ ।

    प्रकृतिको मृत्यु भएको केही घण्टापछि आइतबार साँझ शहरबाट भाग्ने प्रयास गरिरहेको अवस्थामा ती छात्रलाई बिजू पटनायक अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको थियो । उनीमाथि प्रकृतिलाई ब्ल्याकमेल गरेको र दुर्व्यवहार गरेको आरोप छ ।

    थप पाँच कर्मचारी पक्राउ
    यसैबिच, नेपाली विद्यार्थीहरूमाथि आक्रमण गरेको आरोपमा ओडिशा प्रहरीले बिहीबार किटका थप पाँच कर्मचारीहरूलाई पक्राउ गरेको छ । संस्थानको निर्देशनपछि होस्टेल खाली गर्दै गर्दा आक्रमण भएको थियो । योसँगै किट विवादमा पक्राउ पर्नेको सङ्ख्या ११ पुगेको छ, जसमा एक इन्जिनियरिङ छात्र पनि छन् ।

    शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !
    सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप
    नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य
    खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी
    खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने
    खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

    Facebook Page

    लोकप्रिय

    • १.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • २.
      रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    • ३.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • ४.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • ५.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ६.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    भर्खरै

    • १.
      रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

    • २.
      १४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

    • ३.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • ४.
      नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

    • ५.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    • ६.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ७.
      खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

    • ८.
      रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.