• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

ट्रम्पले भने युक्रेनले रूससँग युद्ध सुरू गर्न हुँदैनथ्यो, सम्झौता गर्नुपर्थ्यो


  •   बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले नै रूससँग युद्ध सुरू गरेको झुटो दाबी गरेका छन्।
    मंगलबार फ्लोरिडाको मार-आ-लागोस्थित उनकै निवासमा पत्रकारहरूले सोधेको प्रश्नको उत्तरमा ट्रम्पले युक्रेनले युद्ध सुरू गरेको भनेका हुन्। जबकि युक्रेनमा रूसले आक्रमण गरेपछि तीन वर्षअघि युद्ध सुरू भएको थियो।
    ट्रम्पको अभिव्यक्तिलाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उनको आलोचना गरेका छन्।
    मंगलबार पत्रकारहरूले युक्रेन युद्ध रोक्ने विषयमा साउदी अरेबियामा भएको छलफल र त्यसमा युक्रेनलाई स्थान नदिएको भनेर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गरेको गुनासोबारे ट्रम्पको प्रतिक्रिया मागेका थिए।
    ‘तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्ने छलफलमा सहभागी गराइएन भनेर युक्रेनले गुनासो गरेको सुनेँ,’ ट्रम्पले पत्रकारहरूसँग भने, ‘तीन वर्षदेखि त्यो अवसर उनीहरूसँगै थियो। उनीहरू तीन वर्षदेखि त्यहीँ छन्, त्यही युद्धमा छन्। उनीहरूले त्यो युद्ध सुरू नै गर्नु हुँदैनथ्यो, सुरू भएपछि रोक्नका लागि प्रयास गर्नुपर्थ्यो, सम्झौता गर्नुपर्थ्यो।’
    उनले यो युद्ध रोक्ने शक्ति केवल आफूसँग भएको पनि बताए।
    ‘मलाई लाग्छ यो युद्ध अन्त्य गर्ने शक्ति मसँग छ र त्यो प्रक्रिया राम्रोसँग अगाडि बढिरहेको छ,’ उनले भने।
    ट्रम्पले पटक पटक त्यतिबेला अमेरिकाको राष्ट्रपति आफू भइदिएको भए रूस र युक्रेनबीच युद्ध नै नहुने दाबी गर्दै आएका छन्।
    मंगलबार पनि पत्रकारहरूसँग उनले त्यही कुरा दोहोर्‍याए।
    ‘म युक्रेनका लागि सम्झौता गर्न सक्थेँ,’ उनले भने, ‘त्यसले उनीहरूको लगभग सबै जमिन फिर्ता गर्थ्यो। कोही पनि मानिस मारिने थिएनन् र कुनै पनि शहर ध्वस्त हुने थिएन।’
    क्रूरता र बर्बरता रोक्ने चाहना रूसमा देखिएको पनि ट्रम्पले बताए।
    ट्रम्पले यसअघि राष्ट्रपतिको चुनावको र्‍यालीमा पनि युद्ध युक्रेनले गरेको भन्दै जेलेन्स्कीको आलोचना गरेका थिए। त्यतिबेला रूसको आक्रमण रोक्नका लागि किभले मस्कोसँग सम्झौता गर्न सक्ने बताएका थिए।
    त्यतिबेला युद्ध सुरू भएपछि सहयोगको नाममा अमेरिकाबाट अर्बौं डलर लिएको भनेर ट्रम्पले जेलेन्स्कीलाई ‘पृथ्वीकै महान् बिक्रेता’ भनेका थिए।
    त्यतिबेला ट्रम्पले शान्ति खोज्नका लागि किभले आफ्नो केही भूमि रूसलाई सुम्पनुपर्ने हुनसक्ने समेत बताएका थिए। जुन युक्रेनले अस्वीकार गर्दै आएको छ।
    युक्रेनलाई सजिलै परास्त गर्न सकिने आकलन गरेर तीन वर्षअघि रूसले आक्रमण गरेको थियो। लगत्तै युक्रेनलाई अमेरिका र युरोपेली मुलुकहरूले सहायता उपलब्ध गराएका थिए। अमेरिका र युरोपेली मुलुकहरूको सहयोगमा युक्रेन अहिलेसम्म रूसविरूद्ध डटिरहेको छ।
    ट्रम्प भने सुरूदेखि नै रूसविरूद्धको युद्धमा युक्रेनलाई सहायता गर्न नहुने पक्षमा थिए। परिणाम नआउने युद्धमा खर्च हुने अर्बौं डलर खेर जाने उनको दाबी थियो।
    राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्ने आफ्नो कार्यकालको महत्त्वपूर्ण योजनामध्येको एक रहेको बताएका थिए।
    उनले युक्रेनसँग हालसम्मको सहायता र भविष्यमा प्राप्त हुने सहायताका लागि त्यहाँको आधा खनिजमा स्वामित्व दिनुपर्ने प्रस्तावसमेत राखेका थिए।
    किभ भ्रमण गरेका ट्रम्पका वित्तमन्त्री स्कट बेसेन्टले जेलेन्स्कीलाई त्यसबारेमा लिखित प्रस्ताव नै दिएका थिए। जेलेन्स्कीले भने ट्रम्पको प्रस्ताव अस्वीकार गरिदिएका थिए।
    प्रस्तावमा अमेरिकी सहयोगको क्षतिपूर्तिका रूपमा ग्रेफाइट, लिथियम र युरेनियमसहित युक्रेनका सबै खनिज स्रोतहरूमा ५० प्रतिशत स्वामित्व प्रदान गर्ने सर्त थियो।
    प्रस्ताव हेरेपछि जेलेन्स्कीले त्यसमा भएको विवरणको समीक्षा गर्ने र युक्रेनले अर्को प्रस्ताव प्रदान गर्ने भनेका थिए। उक्त प्रस्ताव जेलेन्स्कीले म्युनिख सुरक्षा सम्मेलनमा सहभागी हुँदा आदान-प्रदान गर्ने भनिएको थियो।
    शुक्रबार म्युनिख सुरक्षा सम्मेलनमा जेलेन्स्की र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबीच भेटवार्ता भएको थियो। तर उक्त भेटमा खनिज पदार्थबारेको प्रस्ताव आदान-प्रदान भयो कि भएन भन्ने सार्वजनिक नभएको न्युयोर्क टाइम्सले लेखेको छ।
    गत शनिबार म्युनिखमा पत्रकारहरूसँग बोल्दै जेलेन्स्कीले ट्रम्प प्रशासनको उक्त प्रस्ताव अस्वीकार गरेको बताएका थिए। प्रस्तावमा के थियो भनेर नखुलाए पनि वाशिङ्टनले सुरक्षाको ग्यारेन्टी नगरेको उनले बताएका थिए।
    पछि ट्रम्प प्रशासनले युक्रेनलाई कस्तो ग्यारेन्टी चाहिएको हो भनेर पत्राचार नै गरेको रोयटर्सको समाचारमा उल्लेख छ।
    त्यसबीच ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरी युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल गरेका थिए।
    उनीहरूले टेलिफोन संवाद गरेको एक सातामै युक्रेन युद्ध अन्त्यबारे साउदीमा रुसी र अमेरिकी अधिकारीहरु छलफलमा बसेका हुन्।
    जेलेन्स्की र युरोपेली नेताहरूले युक्रेनको सहभागिताबिना भएको वार्ताका कुनै पनि निर्णय मान्य नहुने भनेका छन्।

    Advertisement

    बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.