• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, भदौ १६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

१५ भदौ २०८२, आइतवार August 31, 2025

अफगानिस्तानमा भूकम्पमा परेर ८ सयभन्दा बढीको मृत्यु

नक्कली कागजात बनाएको भन्दै सामाखुसीबाट तीनजना पक्राउ

नयाँ जनवादी मोर्चा, नेपालले राष्ट्रिय भेला गर्ने

अगस्तमा मात्रै नेपालमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक आए

मन्त्रीले खोसे सचीवको चाबी

वडामा चुनाव जिताउन नसक्नेहरु पनि एमालेमा नेता भए : एमाले उपमहासचीव ज्ञवाली

कर्णाली नदीले तटबन्ध बगाउदा पुरै गाउ नै जोखिममा

एकै मंचमा मोदी, सी र पुटिन

लोकप्रिय समाचार

  • १. हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

  • २. भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने रास्वपाको दाबी

  • ३. कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

  • ४. रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

  • ५. रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

  • ६. पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

  • ७. प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय

  • ८. झिंगा भेटिएपछि ‘मुस्ताङ गोल्ड’ उत्पादकमाथि कारबाही, २ लाख जरिवाना

  • ९. ऊर्जा मन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता

  • १०. मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन

गृहमा मन्त्रालयमा पाँच महिनादेखि सहसचिवहरू जिम्मेवारीविहीन, तीन जिल्लामा सिडिओ खाली


  •   सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
  • आइतबार साँझ खोटाङको हलेसी बजारमा भीषण आगलागी भयो । यस्तो घटना हुँदा तत्कालै प्रमुख जिल्ला अधिकारीले सबै निकायसँग समन्वय गरेर परिचालन गर्नुपर्ने हुन्छ । तर, खोटाङमा दुई सातादेखि सिडिओ नहुँदा आगलागीका वेला समयमै समन्वय हुन सकेन । जिल्ला प्रशासन कार्यालयको वेबसाइटमा खोटाङको सिडिओमा शिवबहादुर कार्कीको नाम छ । तर, उनले दुई साताअघि उमेरहदका कारण अवकाश पाइसकेका छन् । रिक्त पदमा मन्त्रालयले तत्कालै सिडिओ पठाउन नसक्दा आइतबार आगलागीको विपत्मा नागरिकले समस्या झेल्नुपर्‍यो ।

    Advertisement

    खोटाङ मात्र होइन, ओखलढुंगा र मकवानपुरमा पनि हाल सिडिओ पद खाली छ । विपत्को समयमा सिडिओलाई जिल्ला छाड्नसमेत अनुमति हुँदैन । तर, आगलागीका घटना बढ्न थालेका वेलामा गृह मन्त्रालयले नै सिडिओ पद खाली राखेको छ । ओखलढुंगाका सिडिओ डा. नारायण ढकालले गत १६ पुसमा अवकाश पाएयता जिल्लामा सिडिओ पद रिक्त भएको हो ।
    रामचन्द्र तिवारी, प्रवक्ता, गृह मन्त्रालय
    केही जिल्लामा सिडिओ पद खाली छ । त्यहाँ मन्त्रालयले सिडिओ खटाउने तयारी गरिरहेको छ ।
    मकवानपुरमा सिडिओ तीर्थराज चिलुवालको गत २८ माघमा अर्थ मन्त्रालयमा सरुवा भएकोमा नयाँ सिडिओ पठाइएको छैन । मकवानपुरमा सहायक सिडिओ रहेका धोलकराज ढकाल सहसचिवमा बढुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गएका छन् । जसकारण जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृतको कमान्डमा पुगेको छ । गृह मन्त्रालयमा कर्मचारी नभएर सिडिओ नपठाइएको भने होइन । मन्त्रालयमा पाँच सहसचिव महिनौँदेखि जिम्मेवारी नपाएर बसेका छन् । सहसचिवहरू शशिधर घिमिरे र सूर्यप्रसाद सेढाईं पाँच महिनादेखि मन्त्रालयमा हाजिर गर्दै फर्कने गरेका छन् ।
    त्यस्तै, सहसचिवहरू बन्धु बास्तोला, प्रेम भट्टराई पनि डेढ महिनादेखि ‘बरन्डा’मा छन् । हालै मन्त्रालयमा सरुवा भएका सहसचिव नारायण रिसाल पनि जिम्मेवारीविहीन छन् । जिम्मेवारी नपाउने उपसचिवको संख्या पनि ठूलो छ । तर, सेवाग्राहीको चाप हुने जिल्लामा भने सिडिओ तथा कर्मचारी नहुँदा सेवाप्रवाह अस्तव्यस्त हुँदै गएको छ । सरुवामा अत्यधिक चलखेल हुँदा सरुवासम्बन्धी निर्णय हुन नसकेको मन्त्रालय स्रोत बताउँछ । ‘असल नियतले पठाउने हो भने मन्त्रालयका जिम्मेवारविहीन कर्मचारीलाई तत्कालै पठाउन सकिन्छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘तर, अनेक चलखेलका कारण निर्णय हुन सकेको छैन, जसको दुःख जनताले भोग्ने अवस्था आएको छ ।’
    गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले रिक्त रहेका तीन जिल्लामा सिडिओ खटाउने तयारी भइरहेको बताउँछन् । ‘केही जिल्लामा सिडिओ पद खाली छ,’ उनले भने, ‘त्यहाँ मन्त्रालयले सिडिओ खटाउने तयारी गरिरहेको छ ।’ मन्त्रालयले केही सिडिओलाई तीन महिनामै हटाएको थियो । तर, कतिपय जिल्लामा भने १४ महिनासम्म राखिएको छ । कपिलवस्तुका सिडिओ विश्वप्रकाश अर्यालको अवधि १४ महिना नाघ्दा पनि सरुवा भएको छैन । सामान्यतया एक वर्षको अवधिमा सरुवा गर्ने प्रचलन छ । त्यस्तै, स्याङ्जाकी सिडिओ सुनिता नेपालको अवधि पनि १४ महिना पुग्न लागिसकेको छ ।

    सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अफगानिस्तानमा भूकम्पमा परेर ८ सयभन्दा बढीको मृत्यु
    नक्कली कागजात बनाएको भन्दै सामाखुसीबाट तीनजना पक्राउ
    नयाँ जनवादी मोर्चा, नेपालले राष्ट्रिय भेला गर्ने
    अगस्तमा मात्रै नेपालमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक आए
    मन्त्रीले खोसे सचीवको चाबी
    वडामा चुनाव जिताउन नसक्नेहरु पनि एमालेमा नेता भए : एमाले उपमहासचीव ज्ञवाली

    Facebook Page

    लोकप्रिय

    • १.
      हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

    • २.
      भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने रास्वपाको दाबी

    • ३.
      कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

    • ४.
      रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

    • ५.
      रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

    • ६.
      पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

    भर्खरै

    • १.
      १५ भदौ २०८२, आइतवार August 31, 2025

    • २.
      अफगानिस्तानमा भूकम्पमा परेर ८ सयभन्दा बढीको मृत्यु

    • ३.
      नक्कली कागजात बनाएको भन्दै सामाखुसीबाट तीनजना पक्राउ

    • ४.
      नयाँ जनवादी मोर्चा, नेपालले राष्ट्रिय भेला गर्ने

    • ५.
      अगस्तमा मात्रै नेपालमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक आए

    • ६.
      मन्त्रीले खोसे सचीवको चाबी

    • ७.
      वडामा चुनाव जिताउन नसक्नेहरु पनि एमालेमा नेता भए : एमाले उपमहासचीव ज्ञवाली

    • ८.
      कर्णाली नदीले तटबन्ध बगाउदा पुरै गाउ नै जोखिममा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.