• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

गृहमन्त्री लेखकमाथि छानबिन गर्न संसदीय समिति गठनको माग


  •   सोमबार, माघ २८, २०८१ मा प्रकाशित
  • प्रहरीले उजुरी नलिएपछि सरकारी वकिलमार्फत गृहमन्त्रीविरुद्ध जाहेरी, मानव अधिकार आयोग र दलित आयोगमा पनि उजुरी
    सांसदहरूले अन्तरजातीय विवाह गरेको जोडीमाथि राज्यसंयन्त्रबाटै भएको अत्याचारका विषयमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेका छन् । यता अधिकारकर्मीहरूले सरकारी वकिल कार्यालयमार्फत गृहमन्त्रीविरुद्ध जाहेरी दिएका छन् । प्रहरीले जाहेरी लिन नमानेपछि उनीहरू सरकारी वकिल कार्यालय पुगेका हुन् । त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोग र दलित आयोगमा पनि उजुरी परेको छ ।

    Advertisement

    आइतबारको संसद् बैठकमा माओवादी सांसद रणेन्द्र बरालीले संसदीय छानबिन समिति गठनको माग गरे । ‘अन्तरजातीय विवाह गर्ने सर्लाहीका सत्येन्द्र राम र नेहा रौनियार अझै सुरक्षित छैनन् । कतिवेला अजित मिजारको हालत हुने हो थाहा छैन । यो अत्याचारबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दछु,’ उनले भने, ‘अन्तरजातीय विवाह गर्नेलाई ३० हजार धरौटी लिने जिल्ला न्यायाधीश, गैरकानुनी रूपमा विदेश गएर पक्रने एसपी रुगम कुँवर, निर्देशन गर्ने प्रहरी महानिरीक्षकलगायतलाई कारबाही गर्न नसक्ने गृहमन्त्रीलाई सडकबाट ‘राजीनामा दे’ भन्दा हुन्न भनेर हामीले कसरी भन्ने ?’
    गृहमन्त्रीविरुद्ध छानबिनको माग गर्दै जाहेरी दिन सरकारी वकिल कार्यालय पुगेका अधिकारकर्मी यसअघि शुक्रबारको संसद् बैठकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले पनि गृहमन्त्री लेखक र अन्य संलग्नमाथि छानबिनको माग गरेका थिए । ‘सत्येन्द्र–नेहाको विवाहलाई सर्वोच्च अदालतले वैधता दिएको छ । सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्न चाहन्छु । नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भएको छ । तर, मुम्बईबाट पक्राउ गरी यातना दिन निर्देशन दिने गृहमन्त्री र अन्य संलग्न व्यक्तिमाथि छानबिन गरी कारबाही गर्नुपर्छ,’ उनले भनेका थिए ।

    अधिकारकर्मीहरू गृहमन्त्रीविरुद्ध जाहेरी दिन सुरुमा प्रहरीकहाँ पुगेका थिए । तर, प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि आइतबार उनीहरूले सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी दिएका हुन् ।

    प्रहरीले जाहेरी बुझ्न निमाने सरकारी वकिलको कार्यालयमा दर्ता गर्न सकिने नियम छ । सरकारी वकिलले प्रहरीलाई पत्र नै पठाएर छानबिनको आदेश दिन सक्छ । यो अवस्थामा प्रहरीले छानबिन अघि बढाउनुपर्छ ।

    ‘प्रहरीले जाहेरी नलिएपछि सरकारी वकिलकोमा दिएका हौँ,’ दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले भने, ‘गृहमन्त्रीकै कारण दलित युवक र उनीसँग विवाह गर्ने युवतीमाथि ज्यादती भएको छ, यो जातीय विभेद हो, गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्छ ।’

    अभियानले आइतबारै राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगमा पनि गृहमन्त्रीमाथि छानबिनको माग राखेर उजुरी दिएको छ । मानव अधिकार आयोगले यो घटनामा पीडितले दिएको उजुरीका आधारमा एक महिनाअघिदेखि नै अनुसन्धान गरिरहेको छ ।

    ‘हाल प्रहरी अधिकारीको बयान लिइरहेका छौँ,’ आयोगका एक उच्च अधिकारीले भने, ‘आवश्यक पर्‍यो भने गृहमन्त्रीलाई पनि बोलाउँछौँ ।’
    गत शुक्रबार दलित अधिकारकर्मीले सत्तारूढ कांग्रेसको केन्द्रीय कार्यालयमा पुगेर प्रदर्शन गर्दै गृहमन्त्री लेखकमाथि छानबिनका लागि ‘चेतावनीपत्र’ बुझाएका थिए । तर, अझै यसमा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले छानबिनका लागि चासो दिएका छैनन् । गृहमन्त्री र प्रहरी महानिरीक्षक नै मुछिएकाले छानबिन हुन नसकेको हो ।

    प्रहरीले पटक–पटक पक्राउ गरी यातना दिएको सत्येन्द्र र नेहा स्वयंले बताउँदै आएका छन् । दुई प्रहरीलाई भारतको मुम्बईसम्म पठाएर आफूहरूलाई पक्राउसँगै कुटपिट गरेको, नेहाका बुबासँग गृहमन्त्रीले बैठक गरेको, प्रहरीले शैक्षिक प्रमाणपत्रदेखि गरगहनासम्म खोसेर अहिलेसम्म गायब पारेको उनीहरूले बताएका छन् । गृहमन्त्रीकै निर्देशनमा मुम्बईसम्म प्रहरी पठाएर उनीहरूलाई पक्राउ गरिएको मानव अधिकार आयोगको प्रारम्भिक छानबिनमा पनि खुलिसकेको छ ।

    गृहमन्त्री लेखक, आइजिपी वसन्तबहादुर कुँवर र अपराध अनुसन्धान कार्यालय टेकुका तत्कालीन एसएसपी सानुराम भट्टराईको निर्देशनमा सोही कार्यालयका तत्कालीन डिएसपी रुगम कुँवर र सहायक हवल्दार इन्द्रमणि पोखरेल मुम्बई पुगेर सत्येन्द्र र नेहालाई पक्राउ गरेका थिए । गृहमन्त्री लेखक भने घटनाको विषयमा आफूलाई सामान्य जानकारीसमेत नभएको प्रतिक्रिया दिएर पन्छिदै आएका छन् ।

    विवाह दर्ता गरिसकेको अवस्थामा उनीहरूविरुद्ध मुद्दा दर्ता गरी पक्राउ गरिएको पनि मानव अधिकार आयोगको छानबिनमा खुलेको छ । प्रहरीले सत्येन्द्रलाई मात्र होइन, नेहालाई पनि पक्राउ गरेको थियो । नेहालाई पक्राउ गरी परिवारको जिम्मा लगाइएकोमा गत २० माघमा सर्वाेच्च अदालतको आदेशपछि मात्र उनी सत्येन्द्रसँग बस्न पाएकी छिन् । राजीखुसीसाथ उमेर पुगेर उनीहरूले बिहे गरेको भन्दै सर्वाेच्चले नेहालाई सत्येन्द्रको जिम्मा लगाएको थियो । तर, असुरक्षाका कारण उनीहरू अझै भूमिगत बस्न बाध्य छन् । उनीहरूको सर्लाहीको बरहथवास्थित घरमा समेत ताला लागेको छ । सुरक्षाका लागि प्रहरीले कुनै चासो दिएको छैन ।
    दलित अधिकारकर्मीहरूले घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरी देशव्यापी रूपमा विरोध प्रदर्शन गरिरहेका छन् ।

    सोमबार, माघ २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.