• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • ९. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • १०. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

नेपालमा अनलाइन मिडिया छाडा भए, नियमन गर्न जरुरी छ : सञ्चारमन्त्री


  •   बुधबार, माघ २३, २०८१ मा प्रकाशित
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले अनलाइन मिडियाहरूको नियमन गर्न जरुरी रहेको बताएका छन् ।

    Advertisement

    बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाहरू नियमन गर्न जरुरी रहेको बताएका हुन् ।

    नेपाली अनलाइन मिडिया क्षेत्र छाडा र अराजकता उन्मुख रहेको उनको भनाइ थियो ।

    प्रेस स्वतन्त्रताको नाममा जे मन लाग्यो त्यही लेख्ने प्रवृत्तिको विकास भएको भन्दै उनले यसको नियमन गर्न जरुरी रहेको बताए ।

    सांस्कृतिक सहअस्तित्व र धार्मिक सहिष्णुताको हिसावले नेपाल विश्वमै नमुना भए पनि पछिल्लो समय सामाजिक सद्भाव भड्काउने क्रियाकलाप भइरहेको उनको भनाइ थियो ।

    अनलाइन मिडियाले सामाजिक सद्भाव, आपसी एकता र धार्मिक सहिष्णुता प्रवर्द्धनमा सहयोग नगरेको उनको जिकिर थियो ।

    हेट स्पिचको माध्यमबाट व्यक्ति विषेश र समाजकै बद्नाम गरेर लोकतन्त्र बलियो नहुने भन्दै उनले अनलाइन क्षेत्रलाई नियमन गर्न सरकार लागि परेको बताए ।

    ‘अनलाइन क्षेत्र निकै छाडा छ । सबैले महसुस गर्नुपर्ने विषय होइन ? अराजकतालाई प्रश्चय दिएर हाम्रो लोकतन्त्र बलियो हुन्छ, हुँदैन होला ? प्रेस स्वतन्त्रताको अर्थ जे मन लाग्यो त्यही भन्न पाउने र जे मन लाग्यो त्यही गर्न पाउने हो र ? त्यो त होइन होला नि,’ मन्त्री गुरुङले प्रश्न गरे ।

    पत्रिका, रेडियो, टेलिभिजन आचारसंहिताभित्र बस्नुपर्ने तर अनलाइन चलाउने चाहिँ बस्न नपर्ने भन्ने दुनियाँमा नहुने मन्त्री गुरुङको तर्क थियो ।

    ‘पत्रिका, रेडियो, टेलिभिजन आचारसंहिताभित्र बस्नु पर्ने तर अनलाइनले आचारसंहितामा नबस्ने भन्ने छ र दुनियामा ? त्यसकारण अहिले फेक न्युजदेखि लिएर बुलिङ गर्नेसम्मका कामहरू भइरहेका छन्,’ उनले भने ।

    नेपालमा धेरै धर्म मान्ने मानिस भए पनि अहिलेसम्म धार्मिक द्वन्द्व नभएको भन्दै धार्मिक सहिष्णुताका लागि एउटा नमुना मुलुक भएको उनले बताए ।

    ‘सामाजिक सद्भाव कायम गरेर बसेको मुलुक हो हाम्रो । सांस्कृतिक सहअस्तित्व, सामाजिक सदभावको हिसावले नेपाल साँच्चै नमुना र सुन्दर मुलुक हो । के यसलाई प्रवर्द्धन गर्ने कुरामा अनलाइन मिडियाले सहयोग गरेको छ ? गरेको छैन नि,’ मन्त्री गुरुङले भने ।

    दुर्गा प्रसाईंलाई प्रयोग गरेर अराजकता सिर्जना गर्ने काम भएको भन्दै उनले त्यो काम राम्रो नभएको बताए ।

    राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनता, स्वतन्त्रताको कुरामा असाध्यै कमजोर बनाइरहे भन्दै उनले भने, ‘राष्ट्रिय एकता बलियो बनाउनका लागि पनि अनलाइन मिडिया नियमन गर्न जरुरी छ ।’

    हेट स्पिचको माध्यमबाट गलत कुराहरू भनेर कुनै व्यक्ति, पार्टी, समाज र समुदायको बदनाम गर्ने प्रवृत्तिले सभ्य समाज निर्माण हुननसक्ने भन्दै उनले यसले लोकतन्त्र बलियो नहुने बताए ।

    बुधबार, माघ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.