• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, फागुन १२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला

लोकप्रिय समाचार

आफैं समय तोकेर बैठक बहिष्कार संसदमा रास्वपाको नयाँ शैली


  •   शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले संसद बहिष्कारमा नयाँ शैली प्रयोग गरेका छन् । संसदको पाँचौं अधिवेशनको पहिलो दिन रास्वपा सांसदले समय तोकेरै १५ मिनेट संसद बहिष्कार गरेका हुन् ।

    Advertisement

    सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ गर्दै राष्ट्रपतिबाट संसद आह्वान भएको पत्र वाचन गर्न लाग्दा रास्वपाका सांसदहरु उभिएका थिए । सभामुख घिमिरेले उनीहरुलाई पटक पटक बस्न आग्रह गरे । ‘दलीय आधारमा समय निर्धारण गरेर दलको प्रतिनिधिको हिसाबले पनि विचारहरु राख्ने व्यवस्था गरेका छौं । माननीयहरुले त्यही कार्यसूचीलाई साथ दिनुहुन आग्रह गर्दछु,’ सभामुख घिमिरेले भने । उनको आग्रहलाई रास्वपा सांसदले अस्विकार गरे ।

    रास्वपाले सुरुमा आफ्ना धारणा राख्न माग गरिरहेका थिए । दलीय आधारमै तय गरिएको समयमै आफ्नो धारणा राख्न पुनः सभामुख घिमिरेले आग्रह गरे । आफ्नो अनुकूल मात्रै सभा सञ्चालन कार्यविधिको व्याख्या नगर्न सभामुख घिमिरेले सुझाव दिए ।

    दलीय व्यवस्था अनुसार निर्धारण गरेको समयमा मात्रै धारणा राख्न पाउने ध्यानाकर्षण पटक–पटक गराए । सभामुख घिमिरेले बस्न आदेश नै दिए । ‘आग्रहले नपुगेर आदेश दिन्छु, यहाँहरु बस्नुस्,’ घिमिरेले भने । प्रतिनिधि सभा सञ्चालन विधिको व्यवस्था समेत सुनाउँदै दलीय आधारमा बोल्दा केही समय थप उपलब्ध गराउन सकिने सभामुख घिमिरेले आश्वासन दिए ।

    राष्ट्रपति कार्यालयका पत्रहरु पढेर सभामुख घिमिरेले सुनाउने बताएसँगै रास्वपाका सांसदहरुले टेबल ठोकेर विरोध जनाए । रास्वपाका सांसदहरुले विरोध जारी रहँदै सभामुख घिमिरेले सभा सञ्चालन गरे ।

    विषयसूचीमा जानकारी लागि सहयोगको अपेक्षा सभामुखले गरिरहे । तर, रास्वापका सांसदले उठेर विरोध जनाइरहे । सभामुखले बोल्न दिएपछि मात्रै बोल्न पाउने सञ्चालन कार्यविधि जानकारी गराए ।

    रास्वपालाई चेतावनी शैलीमा ‘आफूलाई लागेको मात्रै उपयुक्त नहुने’ भन्दै सभाुमखले सभा सञ्चालन गरे ।

    उहाँले (सभामुखले) समय हामीलाई दिनुभएन । त्यसको विरोधस्वरुप १५ मिनेट सदन बहिष्कार गर्ने निर्णय गरेका थियौं-सोविता गौतम, रास्वपा सांसद

    सभामुख घिमिरेले सभा सञ्चालन गरेपछि रास्वपाका सांसदहरुले सदन बहिष्कार गरे । १५ मिनेटका लागि भन्दै उनीहरु बैठक कक्षबाट बाहिरिए । त्यसपछि सभामुख घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधनको समय दिए ।

    प्रधानमन्त्री ओलीले बोल्न सुरु गर्दा रास्वपाका सांसदहरु बैठक कक्षमा थिएनन् । प्रधानमन्त्रीले करिब १५ मिनेट बोलिसक्दा रास्वपाका सांसदहरु पनि बैठक कक्षमा प्रवेश गरेर आ–आफ्नो स्थानमा बसे ।

    संसद भवन प्राङ्गणमा निस्केर बोल्ने क्रममा रास्वपा सांसद सोविता गौतमले विशेष कुराहरु राख्न चाहेर सभामुखसँग समय मागेको बताइन् । तर समय नपाएकाले बैठक बहिष्कार गरेको उनले बताइन् । ‘उहाँले (सभामुखले) समय हामीलाई दिनुभएन । त्यसको विरोधस्वरुप १५ मिनेट सदन बहिष्कार गर्ने निर्णय गरेका थियौं,’ गौतमले भनिन् ।

    सामान्यतया संसदमा बैठक चलिरहेका बेला एकजना मात्रै उभिए पनि बैठक अघि नबढाउने अभ्यास छ । बेलायतको संसदको यो अभ्यास नेपालमा पनि अनुसरण हुँदै आएको छ । तर

    आज रास्वपाका सांसदहरु उभिरहँदा सभामुख घिमिरेले बैठकको कारबाही अघि बढाए । उनीहरुले बैठक बहिष्कार गर्दा पनि संसद बैठकको कारबाही सभामुखले रोकेनन् ।
    संसदीय मामिलाका जानकारहरु यो शैलीलाई शोभनीय मान्दैनन् । संसद सचिवालयका पूर्व सचिव सोमबहादुर थापा भन्छन्, ‘यो शोभनीय कुरा होइन ।’

    शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ
    जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद
    रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल
    काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी
    ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला
    सुनको मूल्य घट्यो,कारोबार कतिमा?

    Facebook Page

    लोकप्रिय

    भर्खरै

    • १.
      अपराध नियन्त्रण र राजस्व संकलनमा रौतहट प्रहरीको सफलताः एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ

    • २.
      जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कुखुराको खोरबाट बरामद

    • ३.
      रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल

    • ४.
      निष्पक्ष भएर निर्वाचनमा सहभागी हुन सरोकारवालाहरुलाई निर्वाचन आयुक्त जवराको आग्रह

    • ५.
      नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

    • ६.
      काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

    • ७.
      कालीगण्डकीका पुलहरूको निर्माण वर्षौंसम्म अधुरै

    • ८.
      सेतोपाटी अनलाइनलाई कारवाही गर्न प्रेस काउन्सिललाई आयोगको पत्राचार

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.