×
शनिबार, असार २८, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

१९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !

रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन

रविको पक्षमा मनिषा कोइरालाको हस्ताक्षर,कांग्रेसलाई ४४० भोल्डको झट्का

माओवादीको पदाधिकारी बैठक बस्दै

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्दै

गभर्नर पौडेलको मुद्दा अग्राधिकारमा

रसुवाको बाढी:रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार

लोकप्रिय समाचार

  • १. अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

  • २. कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

  • ३. CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो

  • ४. १९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !

  • ५. रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

  • ६. भोजपुरमा ज्वाइँले एकै ससुराली पक्षका ४ परिवारको हत्या !

  • ७. रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन

  • ८. कुलमानले सुरु गरे बहराइनबाट ‘उज्यालो अभियान’

  • ९. उपमेयर सुनिता डंगोलको अपिल : संयमित भएर हातेमालो गर्दै बजेट ल्याऔं

  • १०. एप्पल लोगो आईफोन १७ प्रो सिरिजमा अर्कै ठाउँमा राखिने !

रवि र छविलाई पाँच करोड ५८ लाख जरिवाना चार देखि ६ वर्ष कैद सजायको माग !


  •   सोमबार, पुष ०१, २०८१ मा प्रकाशित
  • पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई जनही पाँच करोड ५८ लाख रुपैयाँ बिगो कायम हुनुपर्ने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको छ । प्रहरीले सरकारी वकिललाई बुझाएको प्रतिवेदनमा हिरासतमा रहेका रवि र छविलाई जनही पाँच करोड ५८ लाख बिगो कायम हुनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको कास्की प्रहरी स्रोतले जानकारी दिएको छ ।

    Advertisement

    कास्की प्रहरी स्रोतका अनुसार सूर्यदर्शन सहकारीमार्फत् ग्यालेक्सी टेलिभिजनमा आएको रकम बराबरको बिगो रवि र छविको भागमा परेको हो । त्यो बाहेक सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका र फरार प्रतिवादीको हकमा कुल एक अर्ब ५० करोड रुपैयाँ बिगो कायम हुनुपर्ने राय प्रहरीले प्रतिवेदनमा दिएको छ । प्रहरीले सूर्यदर्शन सहकारी प्रकरणमा रवि र छविसँगै कुल ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने प्रहरी निष्कर्ष छ ।

    सूर्यदर्शन सहकारीको रकम अपचलनबारे यसअघि नै मुद्दा अदालत पुगेको थियो । गएको असोज १८ गते सहकारीको रकम अपचलन प्रकरणमा कुल २१ जनालाई प्रतिवादी बनाइएको थियो भने एक अर्ब ३५ करोड बिगो दाबी गरिएको थियो । अहिले पुनः थप ३० जनालाई प्रतिवादी र बिगो थप १५ करोड गरेर कुल एक अर्ब ५० करोड र प्रतिवादी तथा संख्या ५१ पुगेको प्रहरी स्रोतको भनाइ छ । रवि र छविसहित पाँचजनालाई पुरक जाहेरीका आधारमा पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो ।

    अहिले प्रतिवादी बनाएकाहरूमा बाग्लुङग ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसमेत छन् । उनी बागलुङकै अर्को इमेज सहकारी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि जेलमा छन् । कास्की प्रहरीले पक्राउ परेका रवि र छविसहितका आरोपीलाई तीनवटा मुद्दामा कारबाही माग गर्दै अनुसन्धान प्रतिवेदन सोमबार सरकारी वकिल कार्यालय बुझाएको हो ।

    उनीहरुमाथि सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगी मुद्दामा कारबाही माग गरिएको छ । कास्की प्रहरीले रवि र छविको हकमा दाबी गरेको पाँच करोड ५८ लाख अनुसार उनीहरूलाई सहकारी ठगी प्रकरणमा कम्तिमा पनि चार देखि ६ वर्ष कैद सजाय, त्यस्तै संगठित अपराधमा थप तीन वर्ष कैद सजायको माग गरिएको छ ।

    त्यस्तै सम्पत्ति शुद्धकीरण मुद्दामा थप २ देखि १० वर्ष सजाय र बिगो बराबरको जरिबाना हुनुपर्ने कानुनी व्यवस्था छ । कास्की प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरेको ८५ दिनमा अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको हो । उनी असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यस्तै रवि लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । उनीहरू हाल कास्की प्रहरीकै हिरासतमा छन् । जिल्ला सरकारी वकिल कार्यालय पुस ६ गते भित्र मुद्दा अदालत दर्ता गरिसक्ने पर्ने कानुनी व्यवस्था छ । जिल्ला सरकारी वकिल कार्यालयले भने प्रहरीले दाबी गरेको बिगो र प्रतिबादीहरुको हकमा समेत हेरफेर गरेर मुद्दा दर्ता गराउन सक्छ ।

    सोमबार, पुष ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !
    अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !
    १९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !
    रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन
    रविको पक्षमा मनिषा कोइरालाको हस्ताक्षर,कांग्रेसलाई ४४० भोल्डको झट्का
    माओवादीको पदाधिकारी बैठक बस्दै

    Facebook Page

    लोकप्रिय

    • १.
      अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

    • २.
      कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

    • ३.
      CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो

    • ४.
      १९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !

    • ५.
      रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

    • ६.
      भोजपुरमा ज्वाइँले एकै ससुराली पक्षका ४ परिवारको हत्या !

    भर्खरै

    • १.
      रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

    • २.
      अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

    • ३.
      १९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !

    • ४.
      रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन

    • ५.
      रविको पक्षमा मनिषा कोइरालाको हस्ताक्षर,कांग्रेसलाई ४४० भोल्डको झट्का

    • ६.
      माओवादीको पदाधिकारी बैठक बस्दै

    • ७.
      बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्दै

    • ८.
      गभर्नर पौडेलको मुद्दा अग्राधिकारमा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.