• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, पुष ०४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ५. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ६. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ७. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • ८. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ९. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

  • १०. एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

दसैंमा ट्राफिक प्रहरीले गर्यो झन्डै चार हजार चालकलाई कारबाही !


  •   शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
  • काठमाडौं उपत्यकामा दसैंमा मात्रै ट्राफिक नियम उल्लंघन गर्ने झन्डै चार हजार जना कारबाहीमा परेका छन्।दसैं सकिएसँगै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विभिन्न युनिटबाट काठमाडौंमा भएका घटना र कारबाही गरिएको विवरणको रिपोर्ट लिएको थियो।त्यसअनुसार काठमाडौं उपत्यकामा मात्रै झन्डै चार हजार जना ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन्।

    Advertisement

    असोज २४ गतेदेखि कात्तिक २ गते बिहान ६ बजेसम्मको तथ्यांक अनुसार ३ हजार ८४३ जना ट्राफिक कारबाहीमा परेका हुन्।यसमा सबैभन्दा धेरै मादक पदार्थ सेवन (मापसे) गरी चलाउनेहरू कारबाहीमा परेका हुन्।

    तथ्यांक अनुसार मापसे गर्नेहरू ७५५ जना, तिव्रगतिमा सवारी चलाउने ६६० जना, रेडलाइटमा सवारी चलाउने ४५० जना, सिसिटिभी फुटेजमार्फत ६७२ जना कारबाहीमा परेका छन्।त्यसैगरी लेनमा १७७ जना, हर्नमा १८० जना क्षमता भन्दा बढी यात्रु राख्ने ११६ जना, बढी भाडा असुल्ने १३ जना, लगायत अन्य विभिन्न प्रकारको कारबाही गरी जम्मा ३ हजार ८४३ जना कारबाहीमा परेका हुन्।

    कार्यालयकी प्रमुख एआइजी किरण बज्राचार्यका अनुसार यसपालि अनावश्यक रूपमा हर्न बजाउनेहरूको संख्या पनि वृद्धि भएको हो। यसलाई नियन्त्रण गर्न कारबाही गरिने उनले बताइन्।पहिले नो हर्न अभियान चलाएर एकदमै धेरै नियन्त्रणमा आइसकेको थियो। तर अहिले अनावश्यक रूपमा हर्न बजाउने वृद्धि भएको देखिन्छ,’ उनले सेतोपाटीसँग भनिन्, ‘यसलाई पुन: नियन्त्रण गर्न जरूरी छ। हामी अनावश्यक रूपमा हर्न बजाएर ध्वनी प्रदूषण गर्नेलाई कारबाही गर्छौं।’

    यसैगरी असोज १७ गतेदेखि २८ गतेसम्म काठमाडौं उपत्यकाबाट १२५ वटा मोटरसाइकल चोरी भएका छन्।धेरैजसो शुक्रबारको समयमा र राति ९ बजेदेखि मध्यराति १२ बजेभित्रमा चोरी भएको प्रहरीको विश्लेषण छ।त्यस्तै, विशेषगरी सडकपेटीमा पार्किङमा राखिएका मोटरसाइकलहरू अत्यधिक चोरी भएको देखिन्छ। अत्यधिक चोरी हुनेमा पल्सर २२० सिसीको मोटरसाइकल रहेको पनि प्रहरीले जनाएको छ।पालिकाको हिसाबले काठमाडौं महानगरभित्र धेरै चोरीको घटना भएको देखिन्छ भने क्षेत्रको हिसाबले बौद्ध क्षत्रेमा भएको प्रहरीले जनाएको छ।

    शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता
    केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने
    चाबहिलबाट फरार कैदीबन्दी पक्राउ
    प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द
    एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ५.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    भर्खरै

    • १.
      एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

    • २.
      अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

    • ३.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ४.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    • ५.
      प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

    • ६.
      एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    • ७.
      भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

    • ८.
      कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.