• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, कार्तिक १८, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरियो

राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा

रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

१४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

लोकप्रिय समाचार

  • १. १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

  • २. रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

  • ३. सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

  • ४. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • ५. खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

  • ६. खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

  • ७. संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

  • ८. नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

  • ९. खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

  • १०. विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै


  •   सोमबार, असोज २१, २०८१ मा प्रकाशित
  • काभ्रेपलाञ्चोक – गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ । आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत खाद्यान्न सामग्री पठाउन थालेको हो ।

    Advertisement

    आइतबारदेखि पहिला परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल र सामग्री पठाइएको टिम नेपालका स्वयंसेवक परीक्षण हुमागाईँले बताउनुभयो । उहाँका अनुसार आज उक्त गाउँका लागि तयारी गरिएको सामग्री पठाइनेछ । भौगोलिक विकटता एवं ग्रामीण सडक अवरुद्ध भएपछि उक्त गाउँका ८५ परिवारका लागि उक्त संस्थाले ड्रोनको सहयता लिएको हो ।

    बाढीपहिरोबाट पीडित उक्त गाउँका ८५ परिवारमा खाद्यान्नलगायत राहत सामग्री आवश्यक छ भन्ने खबर पाएपछि सडक नबन्दासम्म ड्रोनमार्फत पठाइने उपाय निकालिएको हुमागाईँले बताउनुभयो । उहाँका अनुसार त्यस गाउँमा खाद्यान्न, बिजुली तथा पोषणको समस्या देखिएको छ । आज ड्रोनमार्फत चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, बालबालिकाका लागि ल्याक्टोजिनलगायतको राहत सामग्री पठाइने हुमागाईँले बताउनुभयो ।

    पनौती बजारबाट उक्त गाउँ पुग्ने सडक क्षतिग्रस्त भएकाले १२ नं वडास्थित भूमिडाँडाबाट ड्रोन उडाइ सामग्री पठाउन थालिएको हो । सामाजिक अभियन्तासमेत रहेका हुमागाईँका अनुसार ड्रोनमार्फत एकपटकमा ६५ किलोग्रामसम्म खाद्यान्न सामग्री ढुवानी गर्न सकिनेछ । “हावाको बहाव सामान्य रहे ६५ केजीसम्म राहत पठाउन सकिन्छ, नभए एकपटकमा २० किलोका दरले भए पनि राहत पठाउनेछौँ”, उहाँले भन्नुभयो । उहाँले आइतबार कानुनी प्रक्रिया पूरा गर्ने क्रममा सामग्री पठाउन ढिलो भएको बताउँदै आज ड्रोनमार्फत सामग्री पठाइने बताउनुभयो ।

    संस्थाले अन्यत्र यस्तै अवस्थाको खबर आएकाले त्यस्ता स्थानमा प्राथमिकताका आधारमा ड्रोनमार्फत नै खाद्यान्न सामग्री पठाउने योजना बनाएको छ । त्यसका लागि सबैभन्दा बढी क्षति भई सडक सम्पर्क नभएको बस्ती, घरपरिवारको तथ्याङ्क सङ्कलनसमेत भएको हुमागाईँले बताउनुभयो ।

    गत साताको बाढीपहिरोका कारण काभ्रेमा हालसम्म मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ । घटनामा ७५ जना घाइते भएका छन् । यो सङ्ख्या गत साताको विपद्मा परी देशभर मृत्यु हुने सङ्ख्यामध्ये ३१ दशमलव ५६ प्रतिशत हो । तथ्याङ्कअनुसार देशभर बाढीपहिरोबाट हालसम्म दुई सय ४४ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभे्रमा ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको हो ।

    सोमबार, असोज २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरियो
    राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान
    कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा
    रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !
    नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य
    खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    Facebook Page

    लोकप्रिय

    • १.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • २.
      रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    • ३.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • ४.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • ५.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ६.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    भर्खरै

    • १.
      ‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरियो

    • २.
      राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

    • ३.
      कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्य छुट्टै छलफलमा

    • ४.
      रास्वपाले सुरु गर्यो वृहत् राजनीतिक संवाद बाबुराम देखि रेशम सम्म सहभागी !

    • ५.
      १४ कार्तिक २०८२, शुक्रवार October 31, Friday,2025

    • ६.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • ७.
      नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

    • ८.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.