×
मङ्गलबार, असार २४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

गभर्नर पौडेलको मुद्दा अग्राधिकारमा

रसुवाको बाढी:रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार

कुलमान घिसिङको युएईमा नागरिक अभिनन्दन

जीबी राई पक्रन नसकेको भन्दै ज्ञानेन्द्र शाहीले गरे सरकारको आलोचना

पार्टी अवकाश बारेमा देउवा :’अप्ठ्यारो मान्छे हुँ,अरूले भनेर लिन्न’

१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी भए कारागार चलान

भ्रष्टाचारमा दोषी भए कांग्रेस भएकै कारण उन्मुक्ति पाउन नहुने महामन्त्री थापाको दाबी

प्रधानमन्त्री ओलीसँग स्विट्जरल्यान्डका विदेशममन्त्रीको भेट

उपमेयर सुनिता डंगोलको अपिल : संयमित भएर हातेमालो गर्दै बजेट ल्याऔं

लोकप्रिय समाचार

  • १. हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

  • २. कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

  • ३. भिजिट भिसा प्रकरणमा डिपी अर्याललाई छानविनको माग गर्दै उजुरी

  • ४. आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो

  • ६. अध्यक्ष नेपाललाई मरेको सिनो भनेकी नेतृ रामकुमारी झाँक्रीमाथि नेकपा एसले थाल्यो कारबाही

  • ७. पूर्वराष्ट्रपति भण्डारीको नाम उछालेर एमालेमा विवाद गराउने प्रयास भएको प्रधानमन्त्री ओलीको दाबी

  • ८. संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड

  • ९. कुलिङ पिरियड किर्तेमा छानबिन समिति बनाउन सभामुखले मागे दलहरूसँग नाम

  • १०. LG Nepal ले प्रस्तुत गर्‍यो – Affectionate Intelligence मानव-केंद्रित एआईको नयाँ युगको सुरुवात

नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द !


  •   बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
  • नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । यही माघ ५ गतेदेखि भने दिउँसो १२ बजे देखि ४ बजे सम्म थप ३० दिन बन्द गर्न लागिएको हो ।

    Advertisement

    जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न सरोकारवालाको बैठकले काम नसकिएपछि दिन थप गरेर काम सम्पन्न गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले गाडी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताउनुभयो । यो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन०का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार गाडी रोकेर काम गर्दा प्रभावकारी भएको छ ।

    निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ । यसअघि भएको निर्णय अनुसार माघको ४ गते ३० दिन पुग्छ । पुसको ३० गते र माघको १ गते माघेसङ्क्रान्तिका कारण गाडी रोकिएको छैन ।

    उहाँका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जी र तुईन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ । तुईनको दायाँपट्टीको भित्तो ३० प्रतिशत मात्र काटिएको छ, भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टी दुबै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ । तुईनको भित्तो ४५ मिटर अग्लो चट्टानी भीर रहेकाले काम गर्न कठिन भएको हो ।

    यस्तै अन्य पुल रहेका ठाउँमा २० घरटहरा रहेका छन् । ती हटाउनका लागि रु एक करोड हाराहारी राहात दिनुपर्ने हुन्छ । विसं २०७६ चैत १० गते ३३ महिनामा सम्पन्न गर्ने गरी रु एक अर्ब २५ करोडमा ठेक्का दिइएको थियो । सम्झौताको भोलिपल्टबाट कोभिड देखिएकाले काममा अवरोध पुगेको ठेकेदार कम्पनी अनक कन्ट्रक्सनले बताउँदै आएको छ । पहिलो सम्झौता अनुसार पुस ९ गते सम्झौता अवधि सकिएको छ । निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको छ ।

    यो सडकको चौडाई ९ देखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिला बनाइएको छ ।

    बुधबार, माघ ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गभर्नर पौडेलको मुद्दा अग्राधिकारमा
    रसुवाको बाढी:रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार
    कुलमान घिसिङको युएईमा नागरिक अभिनन्दन
    जीबी राई पक्रन नसकेको भन्दै ज्ञानेन्द्र शाहीले गरे सरकारको आलोचना
    पार्टी अवकाश बारेमा देउवा :’अप्ठ्यारो मान्छे हुँ,अरूले भनेर लिन्न’
    १५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी भए कारागार चलान

    Facebook Page

    लोकप्रिय

    • १.
      हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

    • २.
      कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

    • ३.
      भिजिट भिसा प्रकरणमा डिपी अर्याललाई छानविनको माग गर्दै उजुरी

    • ४.
      आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५.
      CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो

    • ६.
      अध्यक्ष नेपाललाई मरेको सिनो भनेकी नेतृ रामकुमारी झाँक्रीमाथि नेकपा एसले थाल्यो कारबाही

    भर्खरै

    • १.
      गभर्नर पौडेलको मुद्दा अग्राधिकारमा

    • २.
      रसुवाको बाढी:रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार

    • ३.
      कुलमान घिसिङको युएईमा नागरिक अभिनन्दन

    • ४.
      जीबी राई पक्रन नसकेको भन्दै ज्ञानेन्द्र शाहीले गरे सरकारको आलोचना

    • ५.
      पार्टी अवकाश बारेमा देउवा :’अप्ठ्यारो मान्छे हुँ,अरूले भनेर लिन्न’

    • ६.
      १५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी भए कारागार चलान

    • ७.
      भ्रष्टाचारमा दोषी भए कांग्रेस भएकै कारण उन्मुक्ति पाउन नहुने महामन्त्री थापाको दाबी

    • ८.
      प्रधानमन्त्री ओलीसँग स्विट्जरल्यान्डका विदेशममन्त्रीको भेट

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.