• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, पुष ०४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ५. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ६. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ७. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ८. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • ९. एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

  • १०. एमालेको बन्दसत्र फेरि सर्‍यो, १ बजेदेखि सुरु हुने

विपद्का बेलामा सबै मिलेर पीडितलाई सहयोग गरौ – प्रचण्ड


  •   बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
  • धुलिखेल -नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले विपद्का बेलामा सबैले मिलेर सहयोग गर्नुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका–१२ भूमेडाँडा रोशी बजार क्षेत्रको स्थलगत निरीक्षण गर्दै अध्यक्ष दाहालले विपद्का बेलामा सबै मिलेर जनताका पक्षमा काम गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । भुमेडाँडा रोशी बजार क्षेत्रका बाढी प्रभावित स्थानीय नागरिकको अवस्थाका बारेमा जानकारी लिनुहुँदै उहाँले सत्ता र प्रतिपक्ष भनेर एकअर्कालाई दोषारोपण गर्नुभन्दा सबै मिलेर जनताको पीरमर्कामा मल्हमपट्टी लगाउनेगरी खोज, उद्धार, राहत र पुनःस्थापनाको काममा केन्द्रित हुन सबैमा आग्रह गर्नुभयो ।

    Advertisement

    रोशी बजार क्षेत्रमा मानवीय र भौतिक क्षति बढी नै रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताका पीडाबारे जानकारी लिन तथा दसैँ, तिहारको मुखमा जनताको घाउमा मल्हमपट्टी के–कसरी लगाउन सकिन्छ भनेर बुझ्न आएको बताउनुभयो । विगतमा विनाशकारी भूकम्पका बेलामा पनि आफू प्रतिपक्षी दलको नेताको हैसियतले सरकारलाई सक्दो सहयोग गरेको उहाँले स्मरण गर्नुभयो । उहाँले सरकारलाई जनताका पक्षमा काम गर्न आग्रह गर्दै सरकारले थालेका सकारात्मक काममा आफ्नो पार्टीले साथ दिने बताउनुभयो ।

    “मौसमविद्हरुले अविरल वर्षा हुँदैछ है भनेर सचेत गराएका थिए । सरकारलाई पूर्वानुमानअनुसार खोज, उद्धार र राहतको सबै तयारी गर्न आग्रह गरेको थिए । अहिले क्षति भइसकेपछि पनि खोज, उद्धार, राहत र पुनःस्थापनाको काममा लाग्नका निम्ति ढिला गर्न हुँदैन”, अध्यक्ष दाहालले भन्नुभयो । यसबारेमा सरकार र राजनीतिक दलहरुबीच छलफल गर्ने उहाँको भनाइ थियो ।

    अध्यक्ष दाहालले रोशी क्षेत्रमा बढी क्षति हुनुको कारण यहाँका खानी र क्रसर उद्योग रहेको उल्लेख गर्दै क्रसर उद्योग र खानीबारे नीतिगतरुपमा नै सोच्नुपर्ने सरकारलाई सुझाव दिने बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयबाट जिल्लाको समग्र मानवीय र भौतिक क्षतिका विषयमा जानकारी लिनुका साथै धुलिखेल अस्पतालमा उपचाररत बिरामीलाई भेटेर उहाँहरुको उपचारका बारेमा भइरहेको प्रयास र बिरामीको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

    अध्यक्ष दाहालक साथमा यहाँ आउनुभएका सांसद सूर्यमान दोङले खोज, उद्धार, राहत र अस्थायी बासस्थान निर्माणका साथै पुनःस्थापनाका लागि काम गर्न आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले तत्काल ठाउँ ठाउँमा खाद्यान्न, स्वास्थ्य, खानेपानी र पुनःस्थापनाका लागि विद्युत्, सञ्चार र सडक सञ्जालको आवश्यक रहेकाले बिपी राजमार्गलाई अस्थायीरुपमा सञ्चालन गर्न आवश्यक पहलकदमीका साथ काम भइरहेको बताउनुभयो ।

    बागमती प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले तत्कालका लागि खानेपानी, खाद्यान्नको अभाव र क्षति भएकालाई अस्थायी बासस्थानका लागि सङ्घीय सरकारले पहल गर्न आवश्यक रहेको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले अस्थायी रुपमा बाटो जोड्न उपकरण ठाउँ ठाउँमा भए पनि इन्धन पुर्‍याउन गाह्रो भइरहेकाले त्यसका लागि पहलकदमी लिन आग्रह गर्नुभयो ।

    प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घाइते र समस्यामा परेकाको उद्धारको काम जारी रहेको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जिल्लामा हालसम्ममा घाइते तथा अन्य समस्यामा परेका गरी सात सय ७१ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत र अन्य तीन हजार दुई सय ९९ जनाको समेत उद्धार गरिएको, ६ सय घर जोखिममा रहेकामा त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा सारिएको, राहत तथा स्वास्थ्योपचारको व्यवस्था गर्ने लगायतका काम भइरहेको जानकारी दिनुभयो ।

    यही असोज ११ र १२ गते आएको बाढी पहिरोबाट हालसम्म जिल्लामा ६९ जनाको मृत्यु, ७२ जना घाइते तथा सातजना बेपत्ता भएका सहायक प्रजिअ पौडेलले बताउनुभयो । घाइतेमध्ये ५० जना उपचारपछि घर फर्किसकेका छन् बाइस जना अझै अस्पतालमा उपचाररत छन् । जिल्लाका पनौती नगरपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका, बेथानचोक गाउँपालिका, चौँरीदेउराली गाउँपालिका र मण्डनदेउपुर नगरपालिका बाढीपहिरोबाट बढी प्रभावित भएका छन् । रासस

    बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता
    केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने
    चाबहिलबाट फरार कैदीबन्दी पक्राउ
    प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द
    एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ५.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    भर्खरै

    • १.
      एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

    • २.
      अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

    • ३.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ४.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    • ५.
      प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

    • ६.
      एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    • ७.
      भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

    • ८.
      कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.