×
बिहिबार, भदौ १२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय

रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

झिंगा भेटिएपछि ‘मुस्ताङ गोल्ड’ उत्पादकमाथि कारबाही, २ लाख जरिवाना

रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

ऊर्जा मन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता

कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

आफूलाई मूलधार ठान्नेहरु जनयुद्धलाई आतंक भनेर पढाउन रमाउँछन् :प्रचण्ड

लोकप्रिय समाचार

  • १. कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

  • २. कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

  • ३. पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

  • ४. सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

  • ५. संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

  • ६. जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

  • ७. धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न

  • ८. रौतहटमा सुटकेसभित्र युवतीको शव फेला

  • ९. आजको फलफूलको थोक मूल्य यस्तो छ ?

  • १०. मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण

श्रीमतीको उमेर बढाएर सामाजिक सुरक्षा भत्ता हडप्ने वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर


  •   मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
  • मोरङ – मोरङ जिल्लाको रतुवामाई नगरपालिका ६ का वडाध्यक्ष तुलाराम लुइँटेललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले ९ महिनाको जेल सजाय सुनाएको छ । उनले श्रीमती भक्तकुमारी लुइँटेलको नागरिकता बनाउँदा सरकारी कागजात किर्ते गरेको अभियोगमा यो सजाय पाएका हुन् ।

    Advertisement

    लुइँटेलमाथि श्रीमतीको उमेर बढाएर सामाजिक सुरक्षा भत्ता अपचलन गरेको आरोप थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त मुद्दा दायर गरेको थियो, जसमा विशेष अदालतले दोषी ठहर गर्दै उनलाई भ्रष्टाचार निवारण ऐन २०६९ को दफा ९ र १७ अनुसार ९ महिना कैद र १ लाख ६० हजार रुपैयाँ जरिवाना सुनाएको हो ।

    गलत लिखत तयार गरेकोमा ३ महिना जेल र १० हजार जरिवाना तोकिएको छ भने सार्वजनिक सम्पतिको हानि गरेकोमा थप ६ महिना जेल सजाय र १ लाख ६० हजार जरिवाना थपिएको छ ।

    वडाध्यक्ष लुइँटेलले पहिलो कार्यकालमा नक्कली कागजात राखेर श्रीमतीको उमेर बढाएर सामाजिक सुरक्षा भत्ताका लागि सिफारिस गरेका थिए । अख्तियारले गरेको अनुसन्धानले उनलाई सामाजिक सुरक्षा भत्ता दिन अयोग्य रहेको व्यक्तिलाई लाभग्राही सूचीमा राखेको पाइएको थियो ।

    साथै, वडाध्यक्ष लुइँटेलमात्र होइन, उनका सहयोगीहरू, जस्तै तत्कालीन वडासचिव र इलाका प्रशासन कार्यालय मोरङका कर्मचारीविरुद्ध पनि मुद्दा दायर गरिएको थियो, तर उनीहरूले सफाइ पाएका छन् ।

    विशेष अदालतले मेघदीप पोखरेल र उनकी श्रीमती तुलसादेवी पोखरेललाई पनि दोषी ठहर गरेको छ, जसमा पोखरेलले श्रीमतीको उमेर सच्याएर सामाजिक सुरक्षा भत्ता पाएका थिए ।

    अख्तियारले यो प्रकरणमा अन्य व्यक्तिहरूलाई पनि कारवाहीको दायरामा ल्याएको छ, विशेषत: वडासचिव र इलाका प्रशासन कार्यालयका कर्मचारीहरूमाथि मुद्दा दर्ता भएको थियो ।

    मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद
    मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन
    प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय
    रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै
    झिंगा भेटिएपछि ‘मुस्ताङ गोल्ड’ उत्पादकमाथि कारबाही, २ लाख जरिवाना
    रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

    Facebook Page

    लोकप्रिय

    • १.
      कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    • २.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ३.
      पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

    • ४.
      सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

    • ५.
      संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

    • ६.
      जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

    भर्खरै

    • १.
      हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

    • २.
      मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन

    • ३.
      प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय

    • ४.
      रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

    • ५.
      झिंगा भेटिएपछि ‘मुस्ताङ गोल्ड’ उत्पादकमाथि कारबाही, २ लाख जरिवाना

    • ६.
      रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

    • ७.
      ऊर्जा मन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता

    • ८.
      कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.