• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • १०. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुने/नहुने डिल्लीबजारले गर्छ !


  •   मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
  • धनगढी : सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुने/नहुने विषयमा डिल्लीबजार कारागारबाट निर्देशन तथा निर्णय आउने जनाएको छ। उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले एमाले नेतृत्वको सरकार बनाउन गठबन्धनलाई समर्थन गर्ने बारे अहिलेसम्म कुनै निर्णय नभएको जानकारी दिए। उनका अनुसार आज बेलुकासम्म पार्टीका संस्थापकसमेत रहेका टीकापुर घटनामा दोषी ठहर भइ जेल जीवन बिताइरहेका रेशमलाल चौधारीले सो विषयमा निर्णय गर्नेछन्। ‘सुदूरपश्चिममा हामी निर्णायक छौ, सरकार निर्माणबारे विभिन्न दलहरूसंग छलफल भैरहेको छ। तर सहमति कतै भएको छैन। हाम्रो पार्टीले सरकारमा जाने/नजाने र एमाले नेतृत्वको गठबन्धनलाई सुदूरपश्चिममा समर्थन गर्ने वा नगर्ने विषयमा निर्णय लिइसकेका छैनौ। यसको निर्णय हाम्रो पार्टीका संस्थापक रेशमलाल चौधरीले लिनुहुन्छ’,उनले भने।

    Advertisement

    सरकारमा जाने अथवा नजाने र समर्थन दिने विषयमा अहिले पार्टीमा छलफल नै नभएको र डिल्लीबजार कारागारबाटै सो निर्णय हुने उनको भनाइ छ यसअघि नेकपा एमाले नेतृत्वको सत्तारूढ गठबन्धनले सुदूरपश्चिम सरकारको नेतृत्वबारे आलो-पालोको सहमति गरेको थियो। आइतबार बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने र नागरिक उन्मुक्ति पार्टीलाई उपसभामुख दिने प्रस्तावसहितको सहमति गरेको थियो।

    जसअनुसार सुदूरपश्चिममा प्रदेश सरकारको नेतृत्व पहिलो चरणमा नेकपा एमाले र दोस्रो चरणमा नेकपा माओवादी केन्द्रले गर्नेछन्। तर, उन्मुक्तिका नेताहरू भने अहिले पनि आफूहरूको अडान नेतृत्व दाबीमै कायम रहेको र दलहरूबीच छ्लफल गरिरहेको बताउँछन्। सोही कारण यहाँ सरकार निर्माणमा ढिलाइ भइरहेको बताइन्छ। यद्यपि नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावलले भने अहिले सत्ता गठबन्धनमा रहेका सबै दलहरूबिच साझा सहमतिको वातावरण बनाउन छलफल चलिरहेको बताएका छन्। यस्तै उनले सहमति गरेर भोलि बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी रहेको पनि बताए।

    त्यसका लागि उनले नागरिक उन्मुक्ति पार्टीलाई मिलाउनुपर्ने देखिन्छ। यस्तै एमालेले उन्मुक्तिको आधिकारिक निर्णय कुरिरहेको जनाएको छ। सुदूरपश्चिममा नागरिक उन्मुक्तिले जसलाई समर्थन गर्छ उसैको सरकार बन्ने देखिन्छ। सुदूरपश्चिममा (भोलि) पुस २७ गते साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ। ५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन चाहिन्छ। यहाँ सबैभन्दा ठूलो नेपाली कांग्रेससँग १९ सिट, माओवादी केन्द्रसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक जना स्वतन्त्र सांसद छन्।

    • रेशमलाल चौधरी
    मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.