• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

लोकप्रिय समाचार

  • १. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ५. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ६. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ७. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ८. रसुवा बाढीमा पर्यटन क्षेत्रमा मात्रै ५० अर्ब बढीको क्षति

  • ९. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

तरकारीमा विषादीको व्यापक प्रयोग, एकै पालिकाका ६४ जनामा क्यान्सर र मिर्गौला रोग


  •   शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
  • काठमाडौं – गोरखा जिल्लाको गण्डकी गाउँपालिकाका ६१ जनामा क्यान्सर र १५ जनामा मिर्गौला फेल भएको कारण खोज्न सरकारले कार्यदल गठन गरेको छ । ती सबै २०६५/६६ देखि आधुनिक तरकारी खेती गरिरहेका किसान रहेका कारण तरकारी खेतीमा हालिएको विषादीका कारण त्यस्तो रोग लागेको प्रारम्भिक अनुमान छ ।

    Advertisement

    यो समाचार गोरखापत्र दैनिकमा छ, खेतीमा प्रयोग हुने अधिक विषादी नै त्यसको कारण रहेको दाबी गरिएपछि कृषिमन्त्री रामनाथ अधिकारीले प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलको संयोजकत्वमा कार्यदल गठन गरेका छन् । अहिले कार्यदलले गण्डकी गाउँपालिकामा अध्ययन गरी प्रतिवेदन तयार गर्दै छ । उक्त घटनालाई नै पुष्टि गर्ने आधार देखाउने गरी गण्डकी प्रदेशकै नवलपुरको हुप्सेकोटमा त्यस्तै खेती गर्नेमा क्यान्सरका रोगी अधिक फेला परेका छन् ।

    हुप्सेकोट गाउँपालिकामा मात्र व्यावसायिक तरकारी खेती गर्ने ६४ जनामा क्यान्सर र मिर्गौला रोग लागेको स्वास्थ्य शाखा हुप्सेकोटले जनाएको छ । तीमध्ये १४ जना एउटै वडा (वडा नं. १ को जुगेपानी क्षेत्र) का रहेका हुप्सेकोट स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए । यसअघि गत वर्ष डडेलधुराको अमरगढी नगरपालिकामा पनि एकै गाउँका सात जनामा क्यान्सर लागेको र एक जनाको मृत्यु हुँदा त्यस्तै खोजी भएको थियो तर त्यसको गम्भीर अध्ययन भएन ।

    हुप्सेकोटको कहाली

    हुप्सेकोटमा विभिन्न उमेर समूहका र कार्यप्रकृतिका कृषक विषादीको जोखिममा काम गर्छन् । तीमध्ये जुगेपानीका दिनेश सोमै मगरलाई २६ वर्षमै दुई थरी क्यान्सर भइसकेको छ । उनी तीन वर्षभन्दा बढी वैदेशिक रोजगारीमा रहेर स्वदेश फर्केपछि तरकारी खेतीमा लागेका हुन् तर तरकारी खेती थालेको डेढ वर्षमै मलद्वारको र पछि ढाडको हड्डीमा क्यान्सर भयो । उनी आफैँ त्यसको कारण तरकारी खेतीको विषादी नै मान्छन् । विषादी प्रयोग गर्न नजानेरै क्यान्सर भएको अनुमान गर्दै त्यसको आधार धेरै जना त्यस्ता किसानलाई क्यान्सर र मिर्गौलाको रोग लागेको उनले बताए ।

    उनको आशङ्कालाई बल दिने गरी छिमेकी ६५ वर्षीय हरिमाया थापा र ६४ वर्षीय ताराबहादुर विक दुवै क्यान्सर पीडित छन् । विक १५ वर्षदेखि विषादीको प्रयोग गर्दै तरकारी खेतीमा लागेका हुन् । उनलाई तीन वर्षअघि पिसाब नलीमा क्यान्सर देखियो ।

    विकले पनि सोमेले जस्तै अर्का किसान प्रेमबहादुर रजाली पनि क्यान्सर लागेरै चार वर्षअघि बितेको स्मरण गरे । ६६ वर्षीय टेकबहादुर विकले चाहिँ मिर्गौलामा क्यान्सर भएपछि एउटा मिर्गौला फालेर जीवन धान्दै छन् । तरकारीमा प्रयोग गर्ने विषादीकै कारण यति ठुलो सङ्ख्यामा किसानलाई मिर्गौला र क्यान्सर रोग लागेको हुप्सेकोट स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । किसानले प्रयोग गरेका विषादी, प्रयोग गर्ने विधि, प्रयोग गर्दा अपनाइएको असावधानी र एउटै क्षेत्रका व्यावसायिक किसानलाई मात्र यो रोग लाग्नुले विषादीकै कारण क्यान्सर र मिर्गौलाको रोग लागेको निष्कर्षमा आफूहरू पुगेको उनको विचार छ ।

    शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी
    सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं
    बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो
    कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव
    भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो
    राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    Facebook Page

    लोकप्रिय

    • १.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ५.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ६.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    भर्खरै

    • १.
      जलविद्युत आयोजनाको सुरुङमा १२१ जना मात्रै फसेको सेनाको दाबी

    • २.
      ‘पार्वती’ को कमाइ डेढ करोडभन्दा बढी

    • ३.
      सेनाले भन्यो: सुरुङ पुरै ‘ब्रेक थ्रु’ नभएसम्म खोजी गर्छौं

    • ४.
      बिच भलिबलमा रजत जितेको टोली स्वदेश फर्कियो

    • ५.
      कृष्णभीर पहिरोको प्रभाव: चुलिँदै ग्यास अभाव

    • ६.
      भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५५ पुग्यो

    • ७.
      राष्ट्रपति पौडेल पुगे भोटेकोशी बाढी प्रभावित क्षेत्र अवलोकन गर्न

    • ८.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.