• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, मङि्सर २८, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्‍यो

चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पौष ४ गते देशब्यापी रिलिज हुँदै

महाधिवेशनको मञ्चमै पल्टियो निर्णय, एमालेमा पदाधिकारी १९, स्थायी कमिटी पुरानै

चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा

‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • ७. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ८. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ९. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

  • १०. अनेक धक्का चिरेर पनि एमाले धरहरा जस्तै उठ्छ : प्रदीप ज्ञवाली

आगामी चुनावमा गठबन्धन नगर्ने कांग्रेस-एमाले तयारी


  •   बिहिबार, भदौ २०, २०८१ मा प्रकाशित
  • काठमाडौं- सत्ता साझेदार दुई ठूला दल नेपाली कांग्रेस र एमालेले २०८४ को चुनावमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने संकेत गरेका छन्। कांग्रेस केन्द्रीय कार्य समितिले आफ्नै संगठनको तागतमा निर्वाचनमा भाग लिने प्रस्ताव पास गर्नु र एमाले पोलिट ब्युरो बैठकमा यस्तै विचार आउनुले यी दुई दलले आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने संकेत दिएका हुन्। यी दुई दल यतिबेला आन्तरिक बैठकमा छन् ।

    Advertisement

    यो समाचार नागरिक दैनिकमा छ, कांग्रेस केन्द्रीय कार्य समिति बैठकले पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगन थापाद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव र महामन्त्री शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव परिमार्जनसहित अनुमोदन गरेको छ। बैठकले कसैसँग गठबन्धन नगरी आफ्नै तागतमा एक्लै चुनाव लड्ने निर्णय पनि गरेको छ।

    एमालेले आफ्ना सांगठनिक बैठक मिसन ८४ अर्थात् निर्वाचनकेन्द्रित भएर अघि बढाएको देखिन्छ। उसले आगामी उपनिर्वाचनमा पनि कुनै दलसँग सहकार्य नगर्ने भएको छ। २०८४ को चुनावपछि एकल बहुमतको सरकार बनाउने लक्ष्यसहित एमाले संगठन निर्माणमा लागिरहेको छ।

    एमालेले जारी पोलिट ब्युरो बैठकमा मिसन २०८४ लाई बढी केन्द्रित गरेको छ। मिसन २०८४ का लागि एमालेले यसअघि दुई चरणका अभियान गरिसकेको छ। फेरि पनि यस्ता अभियानलाई निरन्तरता दिनेगरी एमालेले विभिन्न बैठक गरेको छ। सरकारमै रहेका बेला एमालेले तस्रो चरणको संगठन विस्तार अभियान अघि बढाउने तयारी गरेको छ।

    महासचिव शंकर पोखरेलले पोलिट ब्युरोको मंगलबारको बैठकमा पेस गरेको वार्षिक कार्ययोजनामा संगठन विस्तारका लागि तेस्रो चरणका कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ।उक्त कार्यायोजनामाथि बुधबार पोलिट ब्युरोका सदस्यले आआफ्ना धारणा राखेका छन्। पोखरेलले प्रस्तुत गरेको ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणस् वार्षिक कार्ययोजना’मा ‘मिसन ग्रासरुट’ र ‘मध्य पहाडी संकल्प यात्रा’ अनुभवका आधारमा तेस्रो चरणका कार्यक्रम पनि छिट्टै सञ्चालन गरिने उल्लेख छ।

    कार्यक्रमको उद्देश्य आगामी चुनावमा एमालेलाई पहिलो र बलियो शक्ति बनाउने छ। २०७४ सालमा एमाले र माओवादी तथा २०७९ मा कांग्रेस र माओवादी मिलेर चुनाव लडेका थिए। अहिले कांग्रेस नेता शेखर कोइराला र महामन्त्री थापाको जोडबलमा आगामी निर्वाचन एक्लै लडनुपर्ने निर्णयमा पुगेको हो।

    एमालेचाहिँ यसअघिबाटै मिसन ८४ तर्फ केन्द्रित थियो। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार एमाले संगठन चुस्त दुरुस्त राख्न क्रियाशील छ। एमालेले आगामी निर्वाचनमा १० लाख पार्टी सदस्य बनाउने घोषणा गरेको जानकारी पनि उनले दिए।

    पोलिट ब्युरोको मंगलबार बसेको बैठकको सुरुमै अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को तयारीमा लागिरहन सदस्यलाई निर्देशन दिएका थिए। ‘नेकपा एमालेले ८४ को निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन, एक्लै चुनाव लड्छ। बरु त्यसपछि नतिजाका आधारमा सरकार बनाउन तालमेल गर्न सकिन्छ’, बैठकमा ओलीले भनेका थिए।

    मिसन ८४ मा जित निकाल्न पार्टीको सांगठानिक कामलाई चुस्त, दुरुस्त बनाउन र कार्ययोजना बनाएर कार्यान्वयनमा लैजान सक्नुपर्ने ओलीले बताएका थिए। ‘संगठनहरू चुस्त, दुरुस्त हुनुपर्‍यो, प्रदेश कमिटीहरू राम्रोसँग चल्न सकेका छैनन्, माथिको आदेश कुरेर बसेर मात्रै हुँदैन, ग्राउण्डमा योजना बनाएर अघि बढ्नुप¥यो र बनेका योजनाहरू कार्यान्वयनमा लैजानुपर्‍यो,’ बैठकमा ओलीलाई उद्धृत गर्दै एक सदस्यले भने।

    पोलिट ब्युरोको बुधबार बसेको बैठकमा पनि एमालेले मिसन ८४ केन्द्रित भएर छलफल गरेको छ। बैठकपछि प्रचार विभाग प्रमुख गौतमले भने, ‘हामी आगामी निर्वाचनमा कसैको पनि वैशाखी टेक्दैनौं। नेपाली कांग्रेसले पनि एक्लै निर्वाचन लड्छु भनेको छ। हामी पनि कसैसँग नमिली एक्लै चुनाव लड्छौं। निर्वाचनमा वामपन्थीका नाममा कुनै मोर्चा बन्ने सम्भावना छैन।’

    बिहिबार, भदौ २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय
    ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन
    बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र
    एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने
    एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्‍यो
    चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पौष ४ गते देशब्यापी रिलिज हुँदै

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

    भर्खरै

    • १.
      श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

    • २.
      ट्रान्सपरेन्सी इन्टरनेशनलले गरायो सबिता भण्डारीको निलम्बन

    • ३.
      बजेट अभावले हुलाकी राजमार्गका १८ वटा पुलको ठेक्का प्रक्रिया अलपत्र

    • ४.
      एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

    • ५.
      एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्‍यो

    • ६.
      चलचित्र ‘झरिपछिको इन्द्रेणी’ पौष ४ गते देशब्यापी रिलिज हुँदै

    • ७.
      महाधिवेशनको मञ्चमै पल्टियो निर्णय, एमालेमा पदाधिकारी १९, स्थायी कमिटी पुरानै

    • ८.
      चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.