काठमाडौं – श्रीलंकामा नेपाली समय अनुसार आजको खेल बिहान १०ः१५ बजे सुरु हुँदैछ । डेभलभमेन्टसँगको पहिलो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो । नेपालले सोही टोलीसँग शुक्रवार पनि अभ्यास खेल खेल्नेछ ।
क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो ।
नेपाली क्रिकेट टोली
रोहित पौडेल (कप्तान ), आसिफ सेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के सी, गुलशन झा, रिजन ढकाल, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने।