• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

“एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

“एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

लोकप्रिय समाचार

  • १. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • २. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ३. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ४. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ५. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ६. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ९. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

  • १०. डीएसपी मधु नेपाल बहुविवाह मुद्दामा पक्राउ

तौल घटाउने सेमाग्लुटाइड औषधिले बुढो हुने प्रक्रियालाई सुस्त बनाउने अध्ययनको निष्कर्ष


  •   मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
  • काठमाण्डौं, (एजेन्सी) । मोटोपन कम गर्ने सेमाग्लुटाइड औषधिले मान्छे बुढो हुने प्रक्रियाको गतीलाई सुस्त बनाउने एक अध्ययनले देखाएको छ । हालै भएको नयाँ अध्ययनले तौल कम गर्न प्रयोग हुने सेमाग्लुटाइड नामक औषधिले मान्छेको बुढ्यौली प्रक्रिया सुस्त बनाउने देखाएको हो। यसका साथै मानिसलाई स्वस्थ बनाएर लामो समय बाँच्न सघाउने भएकाले सेमाग्लुटाइडले स्वास्थ्य सेवामा क्रान्ति ल्याउन लागेको द गार्डियनको समाचाारमामा उल्लेख छ ।

    Advertisement

    सेमाग्लुटाइडले धेरै तौलका कारण मुटुको समस्या भएका मान्छेको मृत्यु खतरा कम गर्छ भन्ने यसअघिका अध्ययनले देखाईसकेको छ । तर नयाँ अध्ययन यसले सबै कारणबाट हुने मृत्यु कम गर्ने देखाएको हो । येल स्कुल अफ मेडिसिनका प्रोफेसर हर्लान क्रमहोल्जका अनुसार सेमाग्लुटाइडले हृदयाघातबाट जोगाउनुका साथै स्वास्थ्य राम्रो पनि बनाउँछ।

    “मान्छेको स्वास्थ्य नै राम्रो बनाउने भएकाले यसले बुढ्यौली प्रक्रिया सुस्त बनाउँछ भन्ने सुन्दा मलाई अचम्म लाग्दैन”, क्रमहोल्जलाई उद्धृत गर्दै गार्डियनले समाचार लेखेको छ।

    नयाँ अध्ययनहरू र परीक्षण अमेरिकामा भएको थियो। सो परीक्षणमा मोटा, मुटुरोगी तर मधुमेह (सुगर) नभएका ४५ वर्षमाथिका १७ हजार ६०४ जना सहभागी थिए। सहभागीमध्ये आधाजसोलाई सेमाग्लुटाइड दिइयो, अरूलाई दिइएन।

    यसपछि तीन वर्षसम्म उनीहरूको निगरानी गरियो। त्यो अवधिमा ८३३ जनाको मृत्यु भयो। उनीहरूमध्ये ५८ प्रतिशतको मुटु रोगका कारण र बाँकी ४२ प्रतिशतको अन्य कारणले मृत्यु भएको थियो। अन्य कारणमध्ये संक्रमण भएर सबैभन्दा धेरैको मृत्यु भएको थियो। तर सेमाग्लुटाइड दिइएकाहरूको मुटु रोग र संक्रमणका कारण मृत्यु हुने दुवै दर कम पाइएको थियो।

    यसैबारे एक अध्ययनको नेतृत्व गरेका हार्वर्ड विश्वविद्यालयका प्रोफेसर बेन्जामिन सिरिसाले संक्रमणका कारण हुने मृत्युदर कम हुनु अचम्मलाग्दो भएको बताएका छन्। “यसले के देखाउँछ भने, मोटोपनले विभिन्न रोगका कारण हुने मृत्युको जोखिम झन् बढाउँछ। र, त्यसलाई सेमाग्लुटाइड प्रयोग गरेर सन्तुलनमा राख्न सकिन्छ” उनले भनेका छन्। उनले थपेका छन् “यसरी विभिन्न रोगका कारण हुने मृत्यु कम गर्ने सेमाग्लुटाइडले समग्रमा बुढ्यौली प्रक्रिया सुस्त पार्छ र मान्छेलाई लामो समय स्वस्थ जीवन बाँच्न सहयोग गर्छ भन्न सकिन्छ।”

    सेमाग्लुटाइडले वर्षमा १० देखि २० प्रतिशतसम्म वजन घटाउँछ। सेमाग्लुटाइड औषधिले मोटोपन कम गर्छ। यसलाई ‘जिएलपी–१ रिसेप्टर एगोनिस्ट्स’ वा ‘जिएलपी–१ एनालग्स’ पनि भनिन्छ। जिएलपीको पूरा रूप ग्लुकागन लाइक पेप्टाइड्स हो।

    मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की
    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन
    दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै
    गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • २.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ३.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ४.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ५.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ६.
      कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

    भर्खरै

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ३.
      राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

    • ४.
      “एमाले महाधिवेशन अपडेट : मतदानको समय सारियो”

    • ५.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ७.
      पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल

    • ८.
      एमाले महाधिवेशन तात्यो : नेतृत्व भिडन्तको संकेतसँगै उम्मेदवारी फारम वितरण सुरु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.