• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, बैशाख ०८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

पशुपति क्षेत्रमा वनकाली माईको ऐतिहासिक जात्रा सम्पन्न

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

वर्षौँदेखि बन्द जनकपुर चुरोट कारखानाको यस्तो छ अवस्था

छन्द दिवस : पद्य कविता भन्दा छन्दका कविहरुको सहभागिता न्यून

मेनपावर सुधारको रोडम्याप सार्वजनिक

शार्दुलबिक्रीडीत छन्द

नेपालमा जनप्रतिनिधिको संख्या उल्लेख्य रूपमा घटाउन सुझाव

तराई र काठमाडौं उपत्यकाका धार्मिक पर्यटकका लागि नजिकको गन्तव्य खाँडादेवी

लोकप्रिय समाचार

  • १. ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २. कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

  • ३. शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

  • ४. सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

  • ५. संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

  • ६. आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

  • ७. सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय स्वागतयोग्य : नेपाल डेभलपमेन्ट वाच

  • ८. सामाजिक न्यायका लागि संघर्ष गरेका महिलाहरूको योगदान प्रेरणादायी : भण्डारी

  • ९. अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

  • १०. नेपाली कांग्रेस : कानूनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !

१० वर्षे युद्ध ‘ हिंसा कि जनयुद्ध ? संसदमा एमाले र माओवादीबीच चर्को विवाद


  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
  • काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रबीच प्रतिनिधिसभामा बैठकमा टकराव भएको छ । खास गरी माओवादी जनयुद्धको विषयलाइृ लिएर दुई दलका सांसद आमने–सामने भएका हुन् । एमाले सचिव योगेश भट्टराईले ‘माओवादी १० वर्षे हिंसा’ भनेपछि माओवादी सांसदहरुले आपत्ति जनाएका छन् ।

    Advertisement

    डेडिकेटेड र ट्रङ्क लाइनको विवादमा बोलेका भट्टराईले देशमा माओवादी हिंसा १० वर्ष नभएको भए नेपालको विद्युतमा यो भन्दा ठूलो क्रान्ति हुने बताएका थिए । उनले भने, ‘माओवादीले कतिवटा ट्रान्समिसन लाइन पड्कायो, कतिवटा सबस्टेशन पड्कायो । विद्युत उत्पादन गर्न गएका कति व्यवसायीहरुलाई चन्दा मागेर भगायो । भट्टराईले थपे, ‘१० वर्ष हिंसा नभएको भए २०७५ होइन, ०६५ मा लोडसेडिङ अन्त्य हुन्थ्यो ।

    त्यसपछि माओवादी सांसदहरु प्रतिवादमा उत्रिए । सांसद भट्टराईको अभिव्यक्तिप्रति माओवादीका सांसद माधव सापकोटाले नियमापत्ति जनाए । उनले सांसद भट्टराईले गैरसंसदीय र अमर्यादित शब्द प्रयोग गरेको दाबी गरे ।

    तर, सभामुख देवराज घिमिरेले सांसद सापकोटालाई रोकेर भट्टराईलाई नै बोल्न निरन्तरता दिएपछि माओवादीका सांसदहरुले विरोध जनाएका छन् । माओवादीका सांसदहरुले बोल्न नदिएपछि सांसद भट्टराईले आफूलाई बोल्न नदिनु पनि हिंसा नै भएको तर्क गरे ।

    सभामुखले समय दिएपछि बोलेका माओवादी सचिव देवेन्द्र पौडेलले यस्ता शब्द प्रयोग गरेर शान्ति प्रक्रिया तलमाथि गर्न नमिल्ने बताए । उनले आक्रोशित हुँदै भने, ‘उहाँले बोल्नुभएको शब्द रेकर्डबाट हटाउन माग गर्छु ।’

    पौडेलले बोलेपछि योगेशलाई सभामुखले समय दिए पनि माओवादीले विरोध कायमै राखेपछि दुवै पार्टीका सांसद आरोप प्रत्यारोपमा उत्रिए । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संविधानले हिंसा नभनेको भन्दै माओवादी जनयुद्धको अपमान गर्न नहुने बताए ।

    त्यसपछि भट्टराईले बोल्दा फेरि माओवादीका सांसदले हिंसा शब्द रेकर्डबाट हटाउन माग गरेपछि भट्टराईले निहत्था मान्छेको हत्या गर्ने र अपहरण गर्ने काम हिंसा नै थियो भनेर प्रतिवाद गरे । एमालेका रघुजी पन्तले जनयुद्धमा मान्छे मारिनु हिंसा थियो भन्दै हिंसा शब्द प्रयोग गर्नु असंसदीय नरहेको बताए ।

    सभामुखले माओवादीका सांसद रणेन्द्र बरालीलाई विशेष समयमा बोल्न दिए पनि माओवादीका अरु सांसदले भने हिंसा शब्द नै हटाउनुपर्ने भन्दै सदन चल्न अवरोध सिर्जना गरेन् । सभामुखले पौडेललाई बोल्न समय दिएपछि सत्तापक्षका सांसदहरु उठेर सदनमा होहल्ला गरे ।

    सांसद पौडेलले संविधान प्रतिकूल हुने शब्द प्रयोग गर्न नपाइने चेतावनी दिए । दुवै पक्षका सांसदहरु उठेर होहल्ला गरेपछि सभामुखले संसदको मर्यादालाई ख्याल गर्न आग्रह गरे ।

    उनले भने, ‘हिंसा भन्ने शब्द कसरी प्रयोग भएको छ, त्यो संवैधानिक छ कि असंवैधानिक भन्ने कुरामा बहस छलफल गर्न सकिन्छ । तर, संसदको मर्यादालाई ख्यालमा राखेर गतिविधि अगाडि बढाउनु हाम्रो कर्तव्य हो ।’त्यसपछि सभामुखले योगेश भट्टराइलाई बोल्न समय दिएपछि माओवादी सांसदहरुले उठेर विरोध जनाइरहे ।

    माओवादीका प्रमुख सचेतक हितराज पाण्डले भने, ‘यहाँ न त दिएको समयको पालना गरिएको छ । न भाषा त्यस्तो प्रयोग गरिएको छ । त्यसैले यहाँ प्रयोग भएको भाषा हाम्रो संविधान अनुसार प्रयोग भएको छैन । त्यसैले हिंसा शब्द रेकर्डबाट हटाउन अनुरोध गर्छु ।’ पौडेलले बोलेपछि योगेशलाई सभामुखले समय दिए पनि माओवादीले विरोध कायमै राखेपछि दुवै पार्टीका सांसद आरोप प्रत्यारोपमा उत्रिए । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संविधानले हिंसा नभनेको भन्दै माओवादी जनयुद्धको अपमान गर्न नहुने बताए ।

    त्यसपछि भट्टराईले बोल्दा फेरि माओवादीका सांसदले हिंसा शब्द रेकर्डबाट हटाउन माग गरेपछि भट्टराईले निहत्था मान्छेको हत्या गर्ने र अपहरण गर्ने काम हिंसा नै थियो भनेर प्रतिवाद गरे । एमालेका रघुजी पन्तले जनयुद्धमा मान्छे मारिनु हिंसा थियो भन्दै हिंसा शब्द प्रयोग गर्नु असंसदीय नरहेको बताए ।

    सभामुखले माओवादीका सांसद रणेन्द्र बरालीलाई विशेष समयमा बोल्न दिए पनि उक्त पार्टीका सांसदले भने हिंसा शब्द नै हटाउनुपर्ने भन्दै सदन चल्न अवरोध सिर्जना गरेका छन् । सभामुखले पौडेललाई बोल्न समय दिएपछि सत्तापक्षका सांसदहरु उठेर ससदनमा होहल्ला गरेका थिए ।

    सांसद पौडेलले संविधान प्रतिकूल हुने शब्द प्रयोग गर्न नपाइने चेतावनी दिए । दुवै पक्षका सांसदहरु उठेर होहल्ला गरेपछि सभामुखले संसदको मर्यादालाई ख्याल गर्न आग्रह गरे ।

    उनले भने, ‘हिंसा भन्ने शब्द कसरी प्रयोग भएको छ, त्यो संवैधानिक छ कि असंवैधानिक भन्ने कुरामा बहस छलफल गर्न सकिन्छ । तर, संसदको मर्यादालाई ख्यालमा राखेर गतिविधि अगाडि बढाउनु हाम्रो कर्तव्य हो ।’

    त्यसपछि सभामुखले योगेशलाई बोल्न समय दिएपछि माओवादी सांसदहरुले उठेर विरोध जनाइरहे ।माओवादीका प्रमुख सचेतक हितराज पाण्डले भने, ‘यहाँ न त दिएको समयको पालना गरिएको छ । न भाषा त्यस्तो प्रयोग गरिएको छ । त्यसैले यहाँ प्रयोग भएको भाषा हाम्रो संविधान अनुसार प्रयोग भएको छैन । त्यसैले हिंसा शब्द रेकर्डबाट हटाउन अनुरोध गर्छु ।’

    माओवादीको आपत्तिपछि हिंसा शब्द प्रयोग अवस्था हेरेर छानबिन गरेर हटाउन सभामुखले सचिवालयलाई निर्देशन दिए ।तर भट्टराईले प्रतिवाद गरे । उनले भने, ‘हाम्रो राजनीतिक प्रतिबद्धतामा केको छानबिन हुन्छ ।

    बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
    पशुपति क्षेत्रमा वनकाली माईको ऐतिहासिक जात्रा सम्पन्न
    नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात
    वर्षौँदेखि बन्द जनकपुर चुरोट कारखानाको यस्तो छ अवस्था
    छन्द दिवस : पद्य कविता भन्दा छन्दका कविहरुको सहभागिता न्यून
    मेनपावर सुधारको रोडम्याप सार्वजनिक

    Facebook Page

    लोकप्रिय

    • १.
      ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • २.
      कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

    • ३.
      शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

    • ४.
      सभापतिको निर्णय अटेर गर्दै पूर्णबहादुर खड्काले डाके बैठक

    • ५.
      संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ : मन्त्री डा.वाग्ले

    • ६.
      आशिका तामाङको आपत्ति : नागरिकता नियमावलीले प्रवासी नेपालीमाथि विभेद

    भर्खरै

    • १.
      अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

    • २.
      पशुपति क्षेत्रमा वनकाली माईको ऐतिहासिक जात्रा सम्पन्न

    • ३.
      नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

    • ४.
      वर्षौँदेखि बन्द जनकपुर चुरोट कारखानाको यस्तो छ अवस्था

    • ५.
      छन्द दिवस : पद्य कविता भन्दा छन्दका कविहरुको सहभागिता न्यून

    • ६.
      मेनपावर सुधारको रोडम्याप सार्वजनिक

    • ७.
      शार्दुलबिक्रीडीत छन्द

    • ८.
      नेपालमा जनप्रतिनिधिको संख्या उल्लेख्य रूपमा घटाउन सुझाव

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.