काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व बिथोल्नेहरुलाई कारवाही गर्न आग्रह गरेका छन् । सोमबार काठमाडौंमा आयोजित गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेताहरु गौरा पर्व मनाउन पुग्दा केही युवाहरुले नेताहरुको विरोधमा नारा जुलुस गरेका थिए । सोही विषयमा बोल्दै उनले काठमाडौंमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरुलाई काठमाडौंवासीले ठिक पार्नुपर्ने बताए ।
उनले विरोध गर्नेहरु पछाडि कसको हात छ र कुन तत्व त्यसको पहिचान गरी कारवाही गर्नुपर्ने बताए । उनले नेपाली समाजमा नैतिकता हराउँदै गएको बताए ।