×
शुक्रबार, भदौ ०६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

आजको फलफूलको थोक मूल्य यस्तो छ ?

Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !

कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

मन्थलीको पाखाबारीमा लरी दुर्घटना,चालक घाइते

जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

भूमि विधेयकमा रास्वपाको ३ बुँदे फरक मत सार्वजनिक !

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

६ थान नक्कली हतियारसहित सुन्धाराको सिभिल मलबाट एकजना पक्राउ !

लोकप्रिय समाचार

  • १. कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

  • २. युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

  • ३. साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

  • ४. सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

  • ५. महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

  • ६. सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

  • ७. निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा प्रदर्शन !

  • ८. सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

  • ९. महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक :उपप्रधानमन्त्री सिंह

  • १०. प्रधानमन्त्रीको भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाउन विश्वप्रकाशको सुझाव !

अमेरिकामा नेपाली नर्स बेपत्ता भएको तीन सातापछि श्रीमान् पक्राउ,हत्या भएको आशंका


  •   शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
  • काठमाडौं – अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट तीन सातादेखि हराइरहेकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेका पति नरेश भट्ट पक्राउ परेका छन् । प्रहरीले भट्टलाई पक्राउ गरेपछि उनको साथमा रहेकी एक वर्षीया छोरीलाई हेरचाह गृह लगिएको छ । ममता गत साउन १६ (जुलाई ३१) देखि हराएकी हुन् ।

    Advertisement

    उनी अगस्ट २ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि सहकर्मीले अवस्था बुझिदिनका लागि स्थानीय प्रहरीलाई खबर गरेका थिए । उनी बारे बुझ्न प्रहरी दुई दिनपछि साउन १८ मा घरमै पुगेर पति भट्टसँग सोधपुछ गरेको थियो ।

    ममता यसअघि पनि दुई चार दिन सम्पर्कविहीन भएर पछि फर्कने गरेकाले यो सामान्य घटना भएको भन्दै भट्टले प्रहरीलाई फर्काइदिएको मनासस पार्कमै बसोबास गरिरहेका एक नेपालीले बताए । सुरुमा प्रहरीमा उजुरी दिन नचाहेका भट्ट अगस्ट ५ मा भने प्रहरी कार्यालय पुगेका थिए । उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

    एक वर्षीया छोरीकी आमा ममताको नेपाल घर काभ्रे रहेको खुलेको छ । उनी भर्जिनियामा रजिस्टर्ड नर्स हुन् । प्रहरीले ममताको खोजीमा सहयोग गर्न भर्जिनिया र अन्य अमेरिकी प्रहरी एजेन्सीलाई समेत सूचित गरेको थियो ।

    पछिल्लो समय परिवार, साथी, रोजगारदाता लगायतसँग उनको कम सम्पर्क रहेको तथा सामाजिक सञ्जाल प्रयोग पनि कम हुने गरेको प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रहरीले ममतालाई सार्वजनिक स्थानमा पछिल्लो पटक जुलाई २८ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखेको जनाएको छ । जुलाई २८ मै ममताले आफ्नो साथीसँग कुरा गरेको पाइएको छ भने जुलाई ३१ मा श्रीमतीलाई अन्तिम पटक देखेको भट्टले प्रहरीलाई बताएका छन् ।

    मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले स्थानीय समयअनुसार बुधबार स्थानीयको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै ममताका श्रीमान् भट्टले अनुसन्धानमा समन्वय नगरेको बताएका थिए । बुधबार बेलुकीदेखि नै भट्टको घरलाई घेराबन्दी गर्दै प्रहरीले १२ घण्टा खानतलासी गरेको थियो ।

    त्यस क्रममा घरलाई पहेंलो टेपले घेरिएको थियो भने मनासस पार्क र प्रिन्स विलियम काउन्टी प्रहरीका गाडी घर बाहिर राखिएका थिए । प्रहरीका अनुसार ममता हराएको घटनालाई लिएर १० स्थानमा खानतलासी गर्न वारेन्ट जारी गरिएको थियो । यस क्रममा सय जनाभन्दा बढीसँग सोधपुछ भइसकेको छ ।

    शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आजको फलफूलको थोक मूल्य यस्तो छ ?
    Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !
    कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !
    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
    मन्थलीको पाखाबारीमा लरी दुर्घटना,चालक घाइते
    जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

    Facebook Page

    लोकप्रिय

    • १.
      कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

    • २.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • ३.
      साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

    • ४.
      सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

    • ५.
      महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

    • ६.
      सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

    भर्खरै

    • १.
      आजको फलफूलको थोक मूल्य यस्तो छ ?

    • २.
      Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !

    • ३.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      मन्थलीको पाखाबारीमा लरी दुर्घटना,चालक घाइते

    • ६.
      जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

    • ७.
      भूमि विधेयकमा रास्वपाको ३ बुँदे फरक मत सार्वजनिक !

    • ८.
      सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.