×
मङ्गलबार, बैशाख ३०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

सरकारले बिचौलियासँग कुरा नमिलेसम्म गभर्नर निुयक्त गर्दैन :उपमहासचिव पुन

शान्तिपूर्ण आन्दोलन भड्काउने काम नगर्नुहोला :कमल थापा

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भने कहाँ छन् संसदमा गगन र विश्वप्रकाश ?

चितवनमा दुई समूहबीच खुकुरी हानाहान

निर शाहले ओलीलाई भने तपाईंभित्र जिउँदो कलाकार छ

धुर्मुस-सुन्तलीलाई क्रिकेट स्टेडियममा हात नहाल्नू, दु:ख पाउँछौँ भनेको थिएँ: प्रधानमन्त्री ओली

सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

गुरुङको पदत्यागको कारण अर्कै बेलायत बस्ने भएकाले राजीनामा

वर्तमान सरकार कुशासनको अभ्यासकर्ता बनेको छ :उपाध्यक्ष श्रेष्ठ

लोकप्रिय समाचार

  • १. “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

  • २. रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

  • ३. भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

  • ४. पाकिस्तानी आक्रमणबाट भारतीय लेसनायक दिनेश कुमारको मृत्यु

  • ५. चीनले भन्यो पाकिस्तानमाथि भारतीय हमला आपत्तिजनक छ

  • ६. भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

  • ७. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • ८. मोदी सरकारले लगायो चर्चित प्रेस ‘द वायर’ माथि बन्देज

  • ९. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • १०. म सिटामोल

आज ‘गाईजात्रा’ देशै भर यसरि मनाईदै


  •   मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं – प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिंदैछ । १ वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरुलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

    Advertisement

    राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ-आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

    प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमान ढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायमै छ । देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

    विकृतिविरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा
    पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै वि.सं. २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । वि.सं. २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो । हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ ।

    जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना र काठमाडौंको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । हिजोआज गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना समेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ ।

    गाईजात्रा पर्व काठमाडौं उपत्यका लगायत बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरा लगायतमा नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेका सहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हास्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

    मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारले बिचौलियासँग कुरा नमिलेसम्म गभर्नर निुयक्त गर्दैन :उपमहासचिव पुन
    शान्तिपूर्ण आन्दोलन भड्काउने काम नगर्नुहोला :कमल थापा
    राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भने कहाँ छन् संसदमा गगन र विश्वप्रकाश ?
    चितवनमा दुई समूहबीच खुकुरी हानाहान
    निर शाहले ओलीलाई भने तपाईंभित्र जिउँदो कलाकार छ
    धुर्मुस-सुन्तलीलाई क्रिकेट स्टेडियममा हात नहाल्नू, दु:ख पाउँछौँ भनेको थिएँ: प्रधानमन्त्री ओली

    Facebook Page

    लोकप्रिय

    • १.
      “भारत–पाक युद्धको चपेटामा नेपाल: राजनीतिक, आर्थिक र सामाजिक अस्थिरता बढ्ने चिन्ता”

    • २.
      रवीन्द्र मिश्रमाथि थप अर्को मुद्दा,आपराधिक उपद्रवको आरोपमा मिश्रको आपत्ति

    • ३.
      भारत भर्सेस पाकिस्थान:दुई आणविक शक्तिबीच घर्षण

    • ४.
      पाकिस्तानी आक्रमणबाट भारतीय लेसनायक दिनेश कुमारको मृत्यु

    • ५.
      चीनले भन्यो पाकिस्तानमाथि भारतीय हमला आपत्तिजनक छ

    • ६.
      भारत–पाकिस्तानबीच सैन्य तनाव चुलियो,दुवै पक्षको आरोप–प्रत्यारोप

    भर्खरै

    • १.
      सरकारले बिचौलियासँग कुरा नमिलेसम्म गभर्नर निुयक्त गर्दैन :उपमहासचिव पुन

    • २.
      शान्तिपूर्ण आन्दोलन भड्काउने काम नगर्नुहोला :कमल थापा

    • ३.
      राप्रपा सांसद ज्ञानेन्द्र शाहीले भने कहाँ छन् संसदमा गगन र विश्वप्रकाश ?

    • ४.
      चितवनमा दुई समूहबीच खुकुरी हानाहान

    • ५.
      निर शाहले ओलीलाई भने तपाईंभित्र जिउँदो कलाकार छ

    • ६.
      धुर्मुस-सुन्तलीलाई क्रिकेट स्टेडियममा हात नहाल्नू, दु:ख पाउँछौँ भनेको थिएँ: प्रधानमन्त्री ओली

    • ७.
      सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

    • ८.
      गुरुङको पदत्यागको कारण अर्कै बेलायत बस्ने भएकाले राजीनामा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.