×
मङ्गलबार, भदौ १०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

मन्त्री पाण्डेले पशुपतिनाथको दर्शनमा पुगेका भक्तजनहरुसँग भेटे

२३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी

तीज पर्वले महिलाको हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्छ :उपसभामुख राना

पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने रास्वपाको दाबी

धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न

४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद

मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण

सरकारले राख्यो ११ कम्पनीलाई कालोसूचीमा

लोकप्रिय समाचार

  • १. युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

  • २. कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

  • ३. कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

  • ४. महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

  • ५. पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

  • ६. सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

  • ७. साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

  • ८. सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

  • ९. संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

  • १०. जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

लागुऔषध प्रयोगकर्ता बृदी हुँदै


  •   सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
  • शुक्लाफाँटा नगरपालिका क्षेत्रमा पछिल्लो समय आत्महत्याका घटना बढ्दो छ । आत्महत्या गर्नेमा अधिकांस लागुऔषध सेवनकर्ता रहेका छन् । यहाँ पछिल्ला १० दिनमा ६ जनाले आत्महत्या गरेका छन्। जसमध्ये ३ जना लागुऔषध प्रयोगकर्ता भएको पाइएको छ। डिप्रेसन, सामाजिक तिरस्कार, आर्थिक समस्यालगायतका कारणले आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेशप्रसाद जोशीले बताए।

    Advertisement

    मनोवैज्ञानिक, सामाजिक, पारिवारिक वातावरण तथा अन्य जोखिमका कारणले आत्महत्या गरेको पाइन्छ,’ उनले भने, ‘सबै भन्दा बढी आत्महत्या मानसिक स्वास्थ्य समस्याका कारण हुने गर्छन्।’ आत्महत्या गर्नेमा केही व्यक्ति आगुऔषध प्रयोगकर्ता भएपनि लागुऔषधकै कारणले मृत्यु भएको पुष्टि नभएको प्रहरीले जनाएको छ। बढ्दो लागुऔषध प्रयोगकर्ता कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाबाट प्रहरीले एक वर्षमा ३५ जनालाई लागुऔषध मुद्दामा पक्राउ गरेको छ। गत आर्थिक वर्षमा शुक्लाफाँटाका १० र कृष्णपुर नगरपालिकाका १३ गरि २३ वटा लागूऔषधका मुद्दामा ३५ जनालाई पक्राउ गरिएको हो।

    लागूऔषध सेवन गर्नेहरूमा अधिकांस युवाहरू रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बिरबहादुर बुढाऐरले बताए। उनका अनुसार गत आर्थिक वर्षमा खैरो हिरोइन १७ ग्राम ६३१ मिलिग्राम, चरेस ४२० ग्राम ६८३ मिलिग्राम, गाँजा ७७ ग्राम २१ मिलिग्राम र प्यारागसफ्ट ट्याब्लेट ४ सहित ३५ जनालाई पक्राउ गरिएको छ। जसमा ३ जना नाबालक छन्। चालु आर्थिक वर्षको साउन महिना मात्रै ५६ मिलिग्राम खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरिएको छ।

    ईलाका प्रहरी कार्यालय झलारीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९÷ ८० मा लागूऔषधका १६ वटा मुद्दा, गत आर्थिक वर्ष २०८०÷८१ मा २३ वटा मुद्दा दर्ता भएका छन्। लागूऔषध प्रयोगकर्ताहरू दैनिक रुपमा बढिरहेको र उनीहरू समाजका विभिन्न अपराधका घटनामा संलग्न हुने गरेको प्रहरी निरीक्षक बुढाऐरले बताए। अनुसन्धानका क्रममा अधिकांश घटेका घटनाहरूमा लागूपदार्थ सेवनकर्ताहरू संलग्न देखिन्छन्। लागूऔषध सेवन गर्नेहरू समाजमा आत्महत्यासँगै डाँकाचोरी, संगठित अपराध जस्ता विभिन्न आपराधिक क्रियाकलापहरूमा जोडिने गरेको प्रहरीको जनाएको छ।

    ईलाका प्रहरी कार्यालय झलारीले अपराध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। गत आर्थिक वर्षमा २ सय १ बढी कक्षा सञ्चालन गरिएका छन्। लागूऔषध विरुद्धको महाअभियान अन्तर्गत प्रहरीले साइबर अपराध लगायतका अन्य विषयमा समेत विद्यालय, क्याम्पस, युवायुवतीका समूह तथा क्लबहरूसँग मिलेर कक्षाहरु सञ्चालन गरेको प्रहरी निरीक्षक बुढाऐरले बताए। स्थानीय तहलगायतका सरोकारवाला निकायहरूले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाई छ। भारतसँगको खुला सिमानाको फाइदा लिँदै प्रयोगकर्ता तथा ओसारपोसारकर्ताहरूले लागुऔषधको प्रयोग तथा व्यापार गरिरहेका छन् ।

    लागूऔषध नियन्त्रण ऐन २०३३ मा गाँजा सेवन गर्नेलाई १ महिनासम्म कैद वा २ हजारसम्म जरिवाना, न्यूनतम लागूपदार्थ सेवनकर्तालाई ३ महिना कैद र ३ हजार सम्मको जरिवाना तथा बेचबिखनमा संलग्नलाई १ वर्षदेखि २० वर्षसम्म कैदको व्यवस्था छ। लागुऔषध, आत्महत्या लगातका घटनाहरू बढ्नुले चिन्तित बनाएको कृष्णपुर–२ का अध्यक्ष अर्जुन साँउदले बताए। उनका अनुसार केही समयअघि बजार क्षेत्रमा मात्रै लागूऔषध सेवन गर्ने गरेको भएपनि अहिले ग्रामीण क्षेत्रमा समेत यसको प्रयोग बढेको छ।

    सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मन्त्री पाण्डेले पशुपतिनाथको दर्शनमा पुगेका भक्तजनहरुसँग भेटे
    २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी
    तीज पर्वले महिलाको हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्छ :उपसभामुख राना
    पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट
    भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने रास्वपाको दाबी
    धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न

    Facebook Page

    लोकप्रिय

    • १.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • २.
      कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    • ३.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ४.
      महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

    • ५.
      पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

    • ६.
      सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

    भर्खरै

    • १.
      मन्त्री पाण्डेले पशुपतिनाथको दर्शनमा पुगेका भक्तजनहरुसँग भेटे

    • २.
      २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी

    • ३.
      तीज पर्वले महिलाको हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्छ :उपसभामुख राना

    • ४.
      पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

    • ५.
      भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने रास्वपाको दाबी

    • ६.
      धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न

    • ७.
      ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद

    • ८.
      मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.