• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

पासाङ शेर्पाको उम्मेदवारी खारेज

निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’

सुरक्षा ब्रिफिङमा चेतावनी: चुनावका बेला दल–जेनजीबीच झडप हुने मुख्य खतरा

देउवा र शेखरबीच भेटवार्ता, क्रमसंख्या उल्लेख नभएको फारमबारे छलफल

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ४. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ७. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ८. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ९. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • १०. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

रास्वपाका गणेश कार्कीको असहमति प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णयप्रति !


  •   सोमबार, पुष ११, २०७९ मा प्रकाशित
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन वा सरकारमा जाने पार्टीको निर्णयमा असहमति जनाएका छन् । रास्वपा पनि सत्ता स्वार्थमा लागेको भन्दै उनले असहमति जनाएका हुन् । रास्वपाको समेत समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा पनि सहभागी हुने गरी दलहरुबीच छलफल चलिरहेको छ । तर केन्द्रीय सदस्य कार्कीले भने चुनावमा आफूहरुले ‘हामी अलग छौं, अलग रहनेछौं र अलग गर्नेछौं’ भनेर मत मागेको तर अहिले त्यसअनुसार नभएको भन्दै असन्तुष्टि जनाएका छन् । ‘आम नागरिकहरुको निराश मनस्थितिमा हामी अलग छौं, अलग रहनेछौं र अलग गर्नेछौं भनेर मत मागेका थियौं, चुनावको परणाम आउँदै गर्दा हतारमा हामी पनि उनीहरु जस्तै छौं भन्न आफ्नै कान आफैंले चिर्न थाल्यौं ?’ उनले प्रश्न गरेका छन्, ‘…हामी हुनु र नहुनुले सरकार निर्माणमा केही असर नपुग्ने अवस्थामा पनि प्रचण्डभन्दा पहिले बालकोट पुग्ने हतारो किन गर्यौं ?’

    Advertisement

    प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने विषयमा रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर आइतबार छलफल गरेका थिए । राष्ट्रपति गैरराजनीतिक व्यक्ति हुनुपर्ने भन्दै आफूहरुले वकालत गरेको स्मरण गर्दै कार्कीले प्रश्न गरेका छन्, ‘हामीले आफ्नो तर्फबाट राजनीतिक व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सकौंला ? खारेजै गर्नुपर्छ भनिएको संवैधानिक परिषदमा रहने पद हाम्रो भागमा पर्यो भने हामी नाइँ भनौंला ? हाम्रो पार्टीको चरित्र र हिजो हामीले आलोचना गरेका पार्टीहरु भन्दा भिन्न के भयो ?’ पार्टीको चुनावी बाचापत्रमा आफूहरुले उठाएका ललितानिवास काण्ड, वाइडबडी काण्ड, कोभिड भ्याक्सिन काण्ड लगायतको निष्पक्ष छानबिन होला भन्नेमा पनि उनले शंका गरेका छन् ।

    यो पनि पढनुहोस :
    काठमाडौं । सत्तारुढ गठबन्धनमा तीन शीर्ष नेता आलोपालोमा प्रधानमन्त्री हुने सहमति जुटेको छ । तर पहिलो चरणमा शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड भन्ने टुंगिएको छैन । नेताहरुका अनुसार आइतबार बिहान १० बजे बस्ने बैठकले समग्र शक्ति बाँडफाँटबारे सहमति जुटाउनेछ र राष्ट्रपतिले दिएको समयसीमाभित्रै नयाँ सरकार गठनका लागि दाबी गरिनेछ ।संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि दावी पेश गर्न राष्ट्रपतिले दिएको ७ दिनको समयसीमा आइतबार अपरान्ह ५ बजे सकिने छ । त्यसको अघिल्लो दिन प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुको बैठकमा शक्ति बाँडफाँटबारे खुलेर कुराकानी भएको छ ।

    बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनकै सरकार बनाउन तीनवटै दल सहमत देखिएका छन् ।प्रधानमन्त्रीमा २/२/१ वर्षको पालो गर्ने पनि सहमति जुटेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुनेछन् । ‘सुरुमा को प्रधानमन्त्री हुने भन्नेमा देउवा र प्रचण्डको दाबी कायमै छ’, एक नेता भन्छन्, ‘आ–आफ्नो पार्टीमा छलफल गरेर भोलि विहान बस्छौं र सहमति जुटाएर भोलि नै दाबी पेश गर्छौं ।’

    सोमबार, पुष ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’
    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा
    पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ : ईश्वर पोखरेल
    एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्‍यो
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ४.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    भर्खरै

    • १.
      नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

    • २.
      महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

    • ३.
      पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

    • ४.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ५.
      निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    • ७.
      भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’

    • ८.
      सुरक्षा ब्रिफिङमा चेतावनी: चुनावका बेला दल–जेनजीबीच झडप हुने मुख्य खतरा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.