×
मङ्गलबार, भदौ १०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

मन्त्री पाण्डेले पशुपतिनाथको दर्शनमा पुगेका भक्तजनहरुसँग भेटे

२३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी

तीज पर्वले महिलाको हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्छ :उपसभामुख राना

पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने रास्वपाको दाबी

धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न

४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद

मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण

सरकारले राख्यो ११ कम्पनीलाई कालोसूचीमा

लोकप्रिय समाचार

  • १. युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

  • २. कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

  • ३. कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

  • ४. महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

  • ५. पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

  • ६. सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

  • ७. साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

  • ८. सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

  • ९. संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

  • १०. जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

वाईवाईको ट्रेडमार्क नक्कल नगर्न यशोदा फुड्सलाई सर्वोच्च अदालतको आदेश !


  •   आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित
  • सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । साउन ३२ गते न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।करेन्ट चाउचाउले वाईवाईको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सीजी फुड्स नेपाल लिमिटेड अदालत गएको थियो । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाईको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो ।

    Advertisement

    उक्त आदेश विरुद्ध यशोदा फुड्स वाईवाईको जस्तै देखिने ट्रेडमार्क प्रयोग गर्न पाउनु पर्ने दाबीका साथ सर्वोच्च अदालत गएको थियो । सर्वोच्च अदालतले पनि उच्च अदालत पाटनको आदेशलाई सदर गर्दै करेन्ट चाउचाउलाई वाईवाईको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको हो ।

    यशोदा फुड्सद्वारा उत्पादित करेन्ट चाउचाउले विश्वभर ख्याति प्राप्त एवं नेपालको सर्वाधिक लोकप्रिय वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी वाइवाइ जस्तै देखिने र्‍यापर प्रयोग गरेर उपभोक्तालाई भ्रममा पार्ने काम गर्दै आएको कम्पनीले जनाएको छ ।चार दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातिलाई दुरुपयोग गर्न र उपभोक्तालाई झुक्क्याउने नियतले यशोदा फुड्सले वाइवाइको ट्रेडमार्क नक्कल गरेको दाबी सीजी फुड्सको छ ।

    यशोदा फुड्सले वाईवाईको नक्कल गरी उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रूपमा दर्ता गर्न समेत कोसिस गरेको थियो । उच्च अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रक्रियालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको थियो ।यस आदेशले वाइवाइको नक्कल गरी बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने हुन्छ । यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत् रूपमा बिक्री वितरण गरिएमा अदालतको मानहानि गरेको मानिने छ ।

    अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरी चौधरी ग्रुपद्वारा उत्पादित वाइवाइ नेपालका साथै विश्वभर छरिएका नेपालीको विगत चार दशकदेखिको पहिलो रोजाइमा रहँदै आएको छ ।यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याति कमाएको वाइवाइको लोकप्रियताको दुरुपयोग गर्ने नियतका साथ करेन्टले वाइवाइको ट्रेडमार्क नक्कल गरेको कम्पनीले जनाएको छ ।अदालतको यस आदेशले बौद्धिक सम्पत्ति चोरी गरी नाजायज फाइदा उठाउन खोज्ने प्रवृत्तिलाई निरुत्साहित गरेको छ ।

    आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मन्त्री पाण्डेले पशुपतिनाथको दर्शनमा पुगेका भक्तजनहरुसँग भेटे
    २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी
    तीज पर्वले महिलाको हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्छ :उपसभामुख राना
    पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट
    भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने रास्वपाको दाबी
    धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न

    Facebook Page

    लोकप्रिय

    • १.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • २.
      कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    • ३.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ४.
      महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

    • ५.
      पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

    • ६.
      सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

    भर्खरै

    • १.
      मन्त्री पाण्डेले पशुपतिनाथको दर्शनमा पुगेका भक्तजनहरुसँग भेटे

    • २.
      २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी

    • ३.
      तीज पर्वले महिलाको हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्छ :उपसभामुख राना

    • ४.
      पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

    • ५.
      भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने रास्वपाको दाबी

    • ६.
      धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न

    • ७.
      ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद

    • ८.
      मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.