• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, चैत २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

उपसभामुख निर्वाचनमा एमालेको नो भोट

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ५. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ६. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ७. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • ८. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ९. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

  • १०. इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

पत्रकार दम्पतीले आफ्नी छोरी पहिलोपटक महिनावारी भएकोमा धूमधामसँग खुसीयाली मनाए !


  •   आइतबार, पुष १०, २०७९ मा प्रकाशित
  • एक पत्रकार दम्पतीले आफ्नी छोरी पहिलोपटक महिनावारी भएकोमा धूमधामसँग खुसीयाली मनाएका छन् । यो खबर अन्यत्र कतैको नभएर नेपालकै हो ।राससमा कार्यरत पत्रकार प्रकाश सिलवाल र रेडियो नेपालमा काम गर्ने उनकी पत्नी यशोदा सिलवालले ११ वर्षीया छोरीको महिनावारीलाई उत्सवका रूपमा मनाएका हुन् ।पत्रकार जोडीले हिजो निकट आफन्त र साथीभाइ सहितको जमघट आयोजना गरेका थिए । कार्यक्रममा बालिकालाई सयपत्री फुलको माला र शिरमा क्राउन पहिर्याइएको थियो ।बालिकालाई केक काट्न पनि लगाइयो । बालिका र बुवाआमाले एकअर्कालाई केक खुवाए । आगन्तुकहरूले बालिकालाई बधाई दिए ।

    Advertisement

    यशोदाले आफ्नो फेसबुकमा उक्त सेलिब्रेसनका तस्बिरहरू पोस्ट गरेकी छन् । महिनावारी पाप होइन उत्सव हो भनेर यो कार्यक्रम आयोजना गरेको उनको भनाइ छ ।कमेन्टमा अधिकांशले गज्जबको काम गरेको भन्दै प्रकाश र यशोदाको वाहवाही गरिरहेका छन् ।

    यो पनि पढ्नुहोस् :
    काठमाडौं । वर्तमान आधुनिक युगमा विश्वका महिलाहरु अगाडि बढिरहेका मात्र छैनन् पुरुषहरुसँग काँधमा काँध मिलाउन सक्षम भैसकेका छन् । तर सबै महिलाको अवस्था समान छैन ।
    अशिक्षा, गरिबी, अन्धविश्वास, दमन तथा विभेद र थिचोमिचो तथा कुप्रथाहरुका कारण धेरै महिलाहरु अहिले पनि नारकीय तथा दोस्रो दर्जाको जीवन जिउन बाध्य छन् ।छिमेकी मुलुक भारतमा पनि यस्तै एउटा दर्दनाक कुप्रथा छ जसले महिलाहरुलाई निकै सस्तो भाडाको वस्तु बनाइरहेको छ । भारतको मध्यप्रदेश र गुजरातका कतिपय गाउँहरुमा यो कुप्रथा कायम छ ।जसमा पुरुषहरुले अर्काकी पत्नीलाई निकै सस्तो मूल्यमा भाडामा लिन पाउँछन्, त्यो पनि वर्ष दिनको लागि । अर्काकी पत्नी भाडामा लिने त्यो कुप्रथाको नाम ‘धडीचा’ हो ।

    मध्यप्रदेशको शिवपुरी गाउँमा धडीचा कुप्रथा अहिले पनि कायमै छ । उक्त गाउँमा हरेक वर्ष एक हाट बजार लाग्दछ जसमा महिलाहरुको लिलामी हुन्छ । उक्त हाटबजारमा पुरुषहरुले आफूलाई मन परेको कुनै पनि महिला तथा युवतीलाई भाडामा लिन सक्दछन् । उक्त हाट बजारमा विवाहित महिला तथा अविवाहित युवतीहरुको लिलामी हुन्छ । त्यसबाट पुरुषहरुले अर्काकी छोरी वा पत्नीलाई केही दिन, महिना वा वर्षसम्म आफ्नै पत्नी बनाउनका लागि भाडामा लिन्छन् । ती महिला वा युवती कतिसम्म बेचिन्छन् भन्ने कुराको तय त्यो व्यक्तिले कति रुपैयाँ दिनसक्छ भन्ने कुरामा निर्भर रहन्छ ।

    उक्त गाउँमा महिला भाडामा लिने हाटबजार लागेको बेला टाढा टाढाबाट समेत पुरुषहरु आउने गर्दछन् । हाटबजारबाट महिला भाडामा लिँदा १० भारुदेखि १ सय भारुको एक टिकट टाँसिएको सम्झौता पत्रमा सहीछाप गर्नुपर्दछ ।उक्त सम्झौता अनुसार एक वर्ष वा त्योभन्दा लामो समयसम्म महिलालाई आफूसँग राख्नका लागि तय गरिएको रकम पनि भुक्तान गर्नुपर्दछ ।
    सम्झौता अवधिभर महिलालाई भाडामा लिएर आफूसँग राख्ने पुरुषले समय सकिएपछि महिलालाई त्यहीँ ल्याएर फिर्ता दिनुपर्दछ वा थप रकम तिरेर सम्झौता नवीकरण गर्न सक्छ ।

    यसरी भाडामा लिनका लागि महिलाको उमेर, सुन्दरता लगायतका शारीरिक अवस्था हेरेर ५ सय भारुदेखि ५० हजार भारुसम्मको रकम तोकिएको हुन्छ ।
    उक्त रकम सम्बन्धित महिला तथा युवतीको घरपरिवारलाई भुक्तान गर्नु पर्दछ । सम्झौता पश्चात् भाडामा लिने पुरुषले महिलासँग विवाहको औपचारिकता पूरा गर्दछ ।
    सम्झौता अवधिभर उनीहरुबीच लोग्ने–स्वास्नीको सम्बन्ध रहन्छ । यदि पुरुषलाई सम्झौता अवधि थप गर्ने इच्छा जाग्यो भने उसले थप रकम दिएर सम्झौता नवीकरण गर्न सक्दछ ।
    हुनत महिलाले चाहेको खण्डमा भाडा सम्झौता तोड्न पनि सक्दछन् तर त्यसबापत उनीहरुले तय रकम उक्त पुरुषलाई बुझाउनु पर्दछ । यो कुप्रथा गुजरातका विभिन्न गाउँमा पनि कायमै छ ।अर्काकी छोरी तथा पत्नीको लिलामी गरेर भाडामा लिने यो कुप्रथा अभिसाप नै हो र यसलाई रोक्नका लागि प्रशासनले पनि सख्त कदम उठाउने गरेको छ । तर अन्धविश्वास तथा अशिक्षा व्याप्त गाउँहरुमा लुकिछिपी पनि यस्तो प्रथा चलिरहेको छ ।

    • पत्रकार दम्पतीले आफ्नी छोरी पहिलोपटक महिनावारी भएकोमा धूमधामसँग खुसीयाली मनाए !
    आइतबार, पुष १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग
    उपसभामुख निर्वाचनमा एमालेको नो भोट
    कांग्रेसदवारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
    ग्लोबल क्रसर उद्योग सिल, अवैध गतिविधि पुष्टि भएपछि कडा कदम
    अहिलेकै संरचनाबाट एमाले अघि बढ्न सक्दैन : माधव ढुङ्गेल
    रुबीकुमारी ठाकुरको उम्मेदवारी प्रस्तुत, मधेसको आवाजहरूको प्रतिनिधित्व गर्ने विश्वास

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    • ५.
      डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

    • ६.
      महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

    भर्खरै

    • १.
      सुनचाँदीको मूल्य बढ्यो

    • २.
      काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    • ३.
      संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

    • ४.
      कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

    • ५.
      मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

    • ६.
      अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

    • ७.
      नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

    • ८.
      रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.