×
शुक्रबार, भदौ ०६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

आजको फलफूलको थोक मूल्य यस्तो छ ?

Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !

कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

मन्थलीको पाखाबारीमा लरी दुर्घटना,चालक घाइते

जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

भूमि विधेयकमा रास्वपाको ३ बुँदे फरक मत सार्वजनिक !

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

६ थान नक्कली हतियारसहित सुन्धाराको सिभिल मलबाट एकजना पक्राउ !

लोकप्रिय समाचार

  • १. कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

  • २. युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

  • ३. साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

  • ४. सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

  • ५. महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

  • ६. सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

  • ७. निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा प्रदर्शन !

  • ८. महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक :उपप्रधानमन्त्री सिंह

  • ९. प्रधानमन्त्रीको भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाउन विश्वप्रकाशको सुझाव !

  • १०. सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या योजना बनाएको आरोपमा पाकिस्तानी नागरिक पक्राउ ।


  •   बुधबार, साउन २३, २०८१ मा प्रकाशित
  • इरानसँग कथित सम्बन्ध भएको एक पाकिस्तानी नागरिकलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य धेरै सार्वजनिक अधिकारीहरूको हत्या गर्ने योजना बनाएको आरोपमा पक्राउ गरिएको ब्रुकलिन संघीय अदालतमा मंगलबार अनसिल गरिएको आपराधिक उजुरीमा जनाइएको छ । आपराधिक उजुरीमा ट्रम्पको नाम उल्लेख नगरिएपनि षड्यन्त्रको निशानाहरु मध्ये एक ट्रम्प रहेको जनाइएको छ । अन्य सम्भावित निशानाहरुमा सरकारी अधिकारीहरू समावेश थिए ।

    Advertisement

    इरानमा समय बिताएपछि आसिफ मर्चेन्ट नामका व्यक्ति आक्रमणकारीहरु भर्ती गर्न पाकिस्तानबाट अमेरिका आएको एक मेमोमा जनाइएको छ । आसिफ मर्चेन्टले सम्पर्क गरेको व्यक्ति एफबीआईका अण्डरकभर एजेण्ट भएकाले योजनाको खुलासा भएको आपराधिक उजुरीमा उल्लेख गरिएको छ । ४६ वर्षीय आसिफ मर्चेन्टलाई हत्याका लागि व्यक्ति भाडामा लिने अभियोग लगाइएको छ ।

    आसिफलाई जुलाई १२ मा पक्राउ गरिएको थियो । पेन्सिलभेनियाको बटलरमा ट्रम्पको हत्या प्रयासको एक दिन अघि आसिफ मर्चेन्ट गिरफ्तार गरिएको थियो । महान्यायाधिवक्ता मेरिक गारल्याण्डले एक विज्ञप्तिमा डिपार्टमेन्ट अफ जस्टिसले इरानी जनरल सुलेमानीको हत्याको लागि अमेरिकी सार्वजनिक अधिकारीहरू विरुद्ध बदला लिने इरानको निर्लज्ज र अथक प्रयासलाई रोक्न आक्रामक रूपमा काम गरिरहेको बताएका छन् ।

    अमेरिकी नागरिकहरू विरुद्ध इरानको घातक षड्यन्त्र गर्न खोज्नेहरूलाई बाधा पुर्‍याउन र जवाफदेही बनाउन डिपार्टमेन्ट अफ जस्टिसले कुनै स्रोत नछोड्ने उनले बताएका छन् । अमेरिकी सार्वजनिक अधिकारीहरूलाई लक्षित गर्ने र अमेरिकाको राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने इरानी तानाशाही शासनको प्रयासलाई नसहने उनको भनाई छ । न्यूयोर्कको ईष्ट डिस्ट्रिक्टका लागि अमेरिकी अधिवक्ता ब्रेओन पीसले विदेशीको तर्फबाट काम गर्दै आसिफ मर्चेन्टले अमेरिकी भूमिमा अमेरिकी सरकारी अधिकारीहरूको हत्याको योजना बनाएको बताएका छन् ।

    अप्रिलमा आसिफ मर्चेन्ट इरानबाट आइपुगेको र आफ्नो षड्यन्त्रमा मद्दत गर्न विभिन्न व्यक्तिलाई सम्पर्क गरेको अधिकारीहरूले बताएका छन् । त्यसपछि एक गोप्य स्रोतले यसबारे सरकारी अधिकारीहरुलाई जानकारी दिएपछि अधिकारीहरुले अनुसन्धान सुरु गरेका थिए । आसिफ मर्चेन्टले हत्या गर्न सक्ने पुरुषहरू, हत्या पछि प्रदर्शन गरेर ध्यान मोड्नसक्ने लगभग २५ जना र एक महिलालाई षड्यन्त्रमा सहभागी हुन अनुरोध गरेको उजुरीमा भनिएको छ।

    मध्य जुनमा आसिफ मर्चेन्टले हत्या षड्यन्त्रमा सहभागी हुनसक्ने भनेर सोंचेका मानिसहरूलाई भेटेको तर उनीहरु वास्तवमा सरकारका अण्डरकभर एजेन्टहरु रहेको जनाइएको छ । मर्चेन्टले हत्या भएको बेला देश छाड्ने योजना बनाउनु अघि हत्यामा संलग्नलाई अग्रिम रूपमा ५ हजार डलर तिरेको समेत अधिकारीहरूले बताएका छन् । आफूले अमेरिका छाड्ने योजना बनाएको जुलाई १२ को मितिमा नै मर्चेन्टलाई पक्राउ गरिएको थियो ।

    बुधबार, साउन २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आजको फलफूलको थोक मूल्य यस्तो छ ?
    Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !
    कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !
    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
    मन्थलीको पाखाबारीमा लरी दुर्घटना,चालक घाइते
    जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

    Facebook Page

    लोकप्रिय

    • १.
      कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

    • २.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • ३.
      साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

    • ४.
      सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

    • ५.
      महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

    • ६.
      सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

    भर्खरै

    • १.
      आजको फलफूलको थोक मूल्य यस्तो छ ?

    • २.
      Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !

    • ३.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      मन्थलीको पाखाबारीमा लरी दुर्घटना,चालक घाइते

    • ६.
      जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

    • ७.
      भूमि विधेयकमा रास्वपाको ३ बुँदे फरक मत सार्वजनिक !

    • ८.
      सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.