काठमान्डौ – बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका ७ बस्ने २५ वर्षीया प्रियङ्का श्रेष्ठ पक्राउ परेकी हुन् ।
आइतबार बिहान प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका १ आधाभार जंगलमा पिठ्यूँमा कालो झोला बोकी सडक छेउमा श्रेष्ठलाई उभिरहेको अवस्थामा फेला पारेको थियो ।
शङ्कास्पद लागि उनले बोकेको झोला चेक जाँच गर्दा लुकाएर राखेको गाँजा फेला परेको प्रहरीको भनाई छ । श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पछिल्लो समय नेपालमा यस्ता प्रकृतिको घटनाहरु धेरै नै घटी रहेको देखिन्छ ।